सामाजिक अभियन्ता अन्जु

सामाजिक अभियन्ताहरु मध्येकी एक चर्चित समाजसेवी महिला हुन् अन्जु केसी । प्रवासी भूमीमा दिनरात काममा खट्दै सामाजिक क्रियाकलापमा सक्रिय भएर लाग्नु त्यति सजिलो अवस्य छैन । तर जहाँ इच्छा त्यहाँ उपाय भने झैं सहयोगी मन र सिर्जनसिल तन भए जस्तोसुकै व्यस्तता र जटिल परिस्थितिलाई चिर्दै सामाजिक सेवाका लागि समय निकाल्न त्यति गाह्रो हुन्न ।
दक्षिण कोरियामा रहेका हजारौं नेपालीहरुको सुख दुःखमा साथ दिदै आएका केही सामाजिक अभियन्ताहरु मध्येकी एक चर्चित समाजसेवी महिला हुन् अन्जु केसी । २०५७ सालमा कामको सिलसिलामा दक्षिण कोरिया आएकी अन्जुलाई सुरुमा कोरियाको जीवनशैलीसँग भिज्न धेरै गाह्रो भयो । फरक भाषा, फरक संस्कृति र रहनसहन भएको मुलुकमा पहिलो पटक आउदा अप्ठ्यारा परिस्थितिसँग सामना गर्न धेरै गाह्रो भएको थियो ।
नेपालको राजनीतिक अवस्था र देशमा अशान्तिको वातावरण छाएपछि नेपाली युवाजमातमा उब्जिएको बेरोजगारी नै उनको मुख्य कारण बन्यो कोरिया छिर्ने । घर परिवारको सुखद भविष्यका लागि पैसा कमाउने सपना बोकेर कोरिया छिरेकी अन्जुलाई प्रवासमा धेरै दुख र चुनौतीसँग जुध्नु पर्यो । तैपनि अलिकति पनि विचलित नभई अदम्य साहस लिएर अघि बढिरहिन् ।कर्ममा विश्वास गर्ने अन्जुको मुख्य चुनौती थियो, कोरियाली भाषा, संस्कृति, खानपान र रहनसहन । फरक वातावरणमा भिज्न मुख्य त आत्मबल दरो हुनुपर्छ भन्ने बुझेकी उनले काममा लगनसिलता र मेहेनत नै सफलताको कसी देख्छिन् ।
पुख्र्यौली घर बाग्लुंग भएपनि २०३२ सालमा भारतको देहरादूनमा पिता पूर्णबहादुर खत्री र माता मनकुमारी खत्रीको सुपुत्री अन्जु केसीले २०४७ सालमा बुटवलका ओमबहादुर क्षेत्रीसँग बिबाह गरिन् । दुई जना छोरा र श्रीमानलाई नेपालमा छाडेर कोरिया आएकी अन्जु हाल नेपाली सम्पर्क समिति दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष छिन् । सरल भाषा, स्पष्ट बक्ता र खुला बिचारकी धनी अन्जु नेपाली सम्पर्क समिति दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष भएपछि कोरियामा औपचारिक रुपमा सामाजिक जिम्मेवारी र जीवनसँग जोडिन पुगिन् ।
बिगत १५ वर्षदेखि दक्षिण कोरियामा अनौपचारिक रुपमा महिलालाई परेका समस्या र समाधानका उपायहरुको सहजिकरण गर्दै आएकी अन्जु कोरियाको व्यस्त समयमा पनि कोही बिरामी भएको थाहा पाउनसाथ अस्पतालमै भेट्न पुग्छिन् । त्यस्तै विभिन्न सामाजिक क्रियाकलापमा समेत आफुलाई सक्रिय बनाउदै आएकी अन्जुलाई कसैलाई आपत विपत पर्दा तत्काल सहयोगको लागि अग्रसर हुन्छिन् । उनलाई सामाजिक कार्यमा संलग्न हुन कोरियाको व्यस्तता अनि भौगोलिक दूरीले कहिल्यै रोकेन । राजधानी सउलमा कार्यक्षेत्र भएपनि कोरियाका विभिन्न ठाउमा पुगेर नेपालीहरुको सेवा गर्न पाउदा आफैलाई आनन्द लाग्ने बताउछिन् । उनले आवश्यकता अनुसार बुसानदेखि इन्छनसम्मका सामाजिक समस्या र कार्यक्रमलाई सहजिकरणको भूमिका निभाउने गर्छिन् । सामाजिक सेवा, मानव धर्म, सहयोगी भावना, समतामूलक समाज, लैंगिक समानता, धार्मिक असहिष्णुता र सादगी जीवन नै उनका आदर्श हुन् ।
कोरियामा रहेर नेपाली समुदाय बिच सामाजिक सेवा गरेवापत विभिन्न संघसंस्थाबाट सम्मानित समेत भइसकेकी छिन् । नेपाली राजदूताबास, राजदूत, श्रम सहचारी तथा सक्रिय सामाजिक संस्थाका पदाधिकारीहरुसँग दैनिक जीवनमा नेपालीलाई परेका समस्याबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा छलफल र परामर्श गर्दै आएकी छिन् । प्रवासी भूमिमा भाषागत समस्यादेखि विभिन्न समस्यामा परेका महिला, विकट क्षेत्रमा कार्यरत नेपालीको समस्या, प्रशासनिक र अन्य समस्यामा परेका नेपालीको उद्धारमा लाग्दै आएकी अन्जु अन्य नेपाली महिलाहरुको लागि पनि प्रेरणादायि बन्न पुगेकी छिन् ।
ब्यवस्थित सोचले नै व्यवस्थीत समाजको निर्माण गर्छ र त्यहि समाजको सदस्य नै एक असल मानव कहलाउँछ भन्ने बिचारसँगै अघि बढेकी अन्जु भविष्यको सपना बोकेर रोजगारीको लागि प्रवासमा पुगेका युवाहरु बिचमै आत्तिने, कामको बोझबाट थाकेर वा सोचे जस्तो नभएपछि डिप्रेसन हुने अनि आत्महत्या जस्तो कायरतालाई रोज्ने गर्दा दुखी हुन्छिन् । कोरियामा इपिएस मार्फत रोजगारी गर्न दक्षिण कोरिया आएका ओखलढुङ्गाका प्रकाश राई ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भइ सुवनको क्याथोलिक अस्पतालमा उपचारार्थ थिए ।नेपालीहरुको साझा संस्था नेपाली सम्पर्क समितिले ब्लड क्यान्सरबाट ग्रसित प्रकास राईको उपचारमा सहयोग पुर्याउने उदेश्य ले “प्रकास राई सहयोग अभियान” संचालन गरेर २०१६ को अप्रिलमा उनलाई ४७ लाख ५० हजार वन सहयोग संकलन गरि सहयोग गरिएको थियो । क्यान्सर पिडित बक्सर खेलाडी इन्द्र रानामगर ,गोर्खाका जिबन दवाडी ,दोलखाका बोन म्यारो बिरामी डोल्मा शेर्पा,सुर्खेतका ब्रेन ट्युमरका बिरामी बिलिन बि सी लगायतका बिरामीलाई अस्पतालमा भेटघाट गरि सानो सानो सहयोग आफुले पनि र संकलन गरेर पनि सहयोग गरेका थिए अन्जु के सीले । काभ्रेका श्याम लामा २०१६ मे को पहिलो हप्तामा मोटरसाईकल दुर्घटामा परेका लामाको उपचारमा आर्थिक अभाव नहोस् भन्ने उदेश्यका साथ कोरिया स्थित विभिन्न संघसंस्थाले सहयोग अभियान संञ्चालन गरिएकोमा अन्जु के सी ले पनि अस्पतालमा गएर भेटघाट गरि ४ लाख बढी वोन संकलन गरि सहयोग गरेका थिए। यी त प्रतिनिधि काम मात्र हुन्। उनले दर्जनौ बिरामीहरुलाई अस्पतालमा गएर प्रत्यक्ष भेटेका छन् बिरामीलाई निको हुन्छ भनि हौसला दिएका छन् ।के सी भन्छन, ‘यसरि भेटघाट गर्दा बिरामीहरु धेरै खुसि हुन्छन। जसले मलाई आत्मा सन्तुस्ति दिन्छ। धर्म गर्न मन्दिर जानु पर्दैन।’
के सी ले गरेका सामाजिक कार्यहरु धेरै छन्। बिसेष गरेर मजदुरहरुले धेरै सरसल्लाह लिने गरेका छन् कोहि साथीहरुले कम्पनि परिबर्तन गर्दा कसरि गर्नु पर्छ? भनि सोध्छन,कसैले साहुले कामबाट निकालीदियो अब के गर्ने ?कहाँ गएर बस्ने ?साहुले तलब दिएन कसरि लिने ? कार्य अबधि सकेर घर जाँदा थेजिकम कसरि लिने ?जस्ता प्रश्नहरुको जवाफ तथा परामर्श आफुले सक्दो दिने गरेको बताउछिन । कुनै सहयोग परामर्श लिनु परे प्रबाशी मजदुर संघका अध्यक्ष उदय राई, श्रम काउन्सेलर देबराज ढकाल लगायतका सम्बन्धित क्षेत्रका व्यक्तित्वहरुसंग सम्पर्क गराईदिन्छन। समयको महत्वलाई बुझेकी के सीले कम्पनिमा काम गर्दा पनि समाजसेवा प्रति चिन्तन गरिरहेकी बताउछिन । उनि हरेक क्षेत्रमा पुगेको देखिन्छिन ।कहिले रातिको समय नभनी मृत्यु भएका मान्छे भेट्न पुग्छिन त कहिले अस्पतालमा बिरामी भेट्न पुगेकी हुन्छिन, कहिले काम गर्दै गर्दा इन्छन एरपोर्टमा अतिथि व्यक्तित्व डाक्टर ,कलाकार, नेताहरुलाई स्वागत सत्कार गर्न पुगेकी हुन्छिन । हरेक कार्यक्रममा संस्थागत निमन्त्रणा बाहेक व्यक्तिगत निमन्त्रणा पनि उनलाई गरिएको हुन्छ, त्यहाँ पुगेकै हुन्छन सक्दो आर्थिक सहयोग पनि गरेकै हुन्छिन । केहि महिना अघि सुर्खेतकि भगवती सलामी मगर ढाडको बिरामी परिन उनलाई मगर संघ कोरियाको पहलमा सहयोग गर्न अन्जु केसीले बिसेष भूमिका खेलिन् ।
‘पोखराकि कल्पना अधिकारी छल्लादोको एक बंगुर फार्ममा काम गरेकी थिईन। काम गर्ने क्रममा एक दिन बंगुरले खुट्टामा हानेछ र खुट्टाको अपरेसन गर्नु परेछ।अपरेसन गर्दा हेल्थ इन्सुरेन्स नभएको कारण हस्पिटलको बिल धेरै आएछ। हेल्थ इन्सुरेन्स कम्पनिले बनाइदिनु पर्ने तर त्यो फार्मको साहुले उपचार पनि गर्दिन्न, त अब काम गर्न सक्दिनस नेपाल जा, तेरो सत्ता अर्को कामदार लिन्छु. बोनस भिजा पनि हान्दिन्न भन्दै तनाब दिदो रहेछ साहुले । कतैबाट मेरो फोन नम्बर पाएछन् र फोन गरिन्, सबै कुरा बुझे एम टि युका अध्यक्ष उदय राई लाई सम्पर्क गरेर साहुसंग कुरा गरियो। अहिले उनको हेल्थ इन्सुरेन्स पनि बनाइदियो फार्मले र बोनस भिजा पनि दिन्छु भनेको छ। अझै पनि ख्वंग्जुको एक हस्पिटलमा ३ महिना देखि कल्पनाले उपचार गरि राखेकी छिन् ‘,अन्जु के सीले भनिन् |
केहि महिना अगाडी छल्लादो ख्वांगजुको एक सिसा कम्पनिमा कार्यरत कैलालीका गोपाल न्यौपानेलाई कम्पनीले दुर्व्यवहार गर्यो,अनाहकमा गालि गर्ने ,इलिगल बनाइदिन्छु भनि धम्कि दिने ,आफ्नो कम्पनिमा लिएर अर्को कम्पनिको गार्हो काममा लगाउने गर्दा उनि सारै तनाबमा परे र अन्जु के सी लाई सम्पर्क गरे पश्चात एम टि युको सहयोगमा त्यस् कम्पनिबाट अर्को कम्पनिमा परिबर्तन गराउन सफल भए । यस्ता कम्पनिको दुर्व्यवहारमा परेका केहि व्यक्तिहरुलाई कम्पनिसंग कुरा गर्न लगाई त्यहाँबाट छुटकारा गराउन सफल भएकी छिन् । सल्यानका होमराज के सी, पोखराका साजन गुरुङलाई कम्पनिबाट लेटर दिलाउन सफल भएका थिए ।
त्यसो त फुर्सदको समयमा हस्पिटलमै बसेर बिरामीलाई प्रत्यक्ष स्याहारसुसार पनि गरेकी छन् ।३ महिना अघि वुमन फर वुमनकि तत्कालिन अध्यक्ष मल्लिका थकालीले खुट्टाको अपरेसन गरिन् उनलाई हस्पिटलमै बसेर अन्जु केसीले सहयोग गरिन् । यति ब्यस्त समयको बाबजुद पनि थकालीलाई सहयोग गरेको भनि अठार मगरात कोरियाका अध्यक्ष अशोक बुढा मगरले अन्जु के सीलाई सम्मान समेत गरे । विभिन्न संघ संस्था व्यक्तिहरुलाई सहयोग गरेको भन्दै वुमन फर वुमन ,अटिजम बालबालिका सहयोग अभियान ,रुपन्देही सम्पर्क समिति ,नेपाल आदिबासी जनजाती महासंघ कोरिया ,नेपाल हाउस व्यवस्थापन समिति,लगायतका संस्था तथा व्यक्तिहरुले समेत सम्मान गरिसकेका छन्।
त्यसो त अन्जु के सी कम्पनिमा समेत नियमित लगनशील भएर काम गर्ने भएकाले कम्पनिको नजरमा समेत राम्रो मान्छेको रुपमा गनिन्छन। लामो समय सम्म जिन्स पैन्ट बनाउने कम्पनिमा काम गरेका अन्जु केसीले एम्बो (जिन्स पेन्टको लाइन सम्बन्धि विभिन्न डिजाईन ) को स्याम्पल बनाउछन् , उनि यो डीपार्टको ग्रुप लीडर समेत हुन्। कोरियामा नयाँ व्यक्तिहरुलाई काम गर्न कठिन छ। मुख्य त भाषाको समस्या, यहाँको संस्कृति, खाना ,मौसम, फरक कामको प्रकृतिले गर्दा धेरै मानिसहरु डिप्रेसनमा पर्ने गरेका छन् । धैर्य गर्नु पर्छ बिस्तारै सबै ठिक हुदै जान्छ आफु समेत यी समस्या संग जुधेर यो अबस्था सम्म आएको बताउछिन उनी ।
काम गर्ने बेलामा २०११मा कपाल दुख्ने रिंगटा लाग्ने रोगले गर्दा ३ महिना सम्म अस्पताल धाइन । २/२ पटक अप्रेसन गर्नु पर्यो आफुनै यसरि बिरामी परेको हुदा बिरामी लाई भेट्नु मन लाग्ने सान्त्वना दिनु मन लाग्ने सानो भए पनि सहयोग गर्नु मन लाग्ने गर्छ, उनी सुनाउछिन् । कोरियामा संघर्ष निकै गरियो २००४/ २००५ तिर कम्पनि मा काम नै नभएर कम्पनिको ढोका ढोका गएर यहाँ काम छ? भन्दै त्यो चिसो हिउँको बेलामा काम खोज्दै हिड्दा कम्ति दुख लागेन ,काम नै नपाएर ३/३ महिना सम्म यत्तिकै बसियो। कम्पनिको साहु कोरियन कामदारले समेत हेप्दा सारै दुख लाग्छ । समयमा तलब नदिने, नियम अनुसारको सेवा सुबिधा नदिने, काम बाट निस्के पछी थेजिकम(काम छोडे पछी १ वर्ष काम गरे बापत १ महिना बराबर को तलब दिने सुबिधा ) नदिने । धकचंगको एक जिन्स कम्पनिमा ६ वर्ष सम्म काम गरेर बल्ल ३ वर्ष बराबरको थेजिकम तेही पनि मुद्दामामिला गरेर पाएको थिए उनी सम्झिन्छिन् ।
अब आउने नेपाली सम्पर्क समिति कोरियाको १६ औ अधिबेसनमा निर्बिरोध रुपमा अध्यक्षमा आउनु पर्छ र नेपाली सम्पर्क समिति कोरियाको इतिहासमा एक महिलालाई नेतृत्व प्रदान गर्नु पर्छ भनि धेरै शुभचिन्तकहरुले भन्ने गरेको उनि बताउछिन । ‘समयको माग र मेरो योगदानको सम्मान स्वरूप यो प्रस्ताब आएमा एक कार्यकाल नेपाली सम्पर्क समिति कोरियाको अध्यक्ष भै कार्य गर्नेछु,’ केसी थप्छिन् । बिसेष गरेर कोरियामा रहेका सबै नेपाली संस्थाहरुलाई गोलबन्द गराउदैं कोरियामा रहेका श्रमिकहरुको सुखदुखमा साथ दिनुको लागि आपतकालीन राहतकोषलाई स्थापना गर्नु जरुरि ठान्छन उनि ।