कोरियामा मर्स भाइरस उग्र बन्दैं,५सय बढी विधालय बन्द
ऐश्वर्य श्रेष्ठ,सोल –
श्वासप्रश्वास संबन्धीको रोग मर्स भाइरसले दक्षिण कोरियामा महामारीको रुप लिन सक्ने आशंकामा कोरियाको ५ सय ४४ विधालय बन्द गरिएको छ ।
ज्यानमारा रोगको रुपमा पछिल्लो समय कोरियामा मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम भाइरसको कारण २ जनाको ज्यान गएपछि कोरिया सरकार सर्तक बनेको हो । शिक्षा मन्त्रालयले बुधबार अपरान्ह ५ बजे कोरियाका सब भन्दा बढी प्रभावित क्षेत्र ख्यंगिदाका ४ सय ३९ विधालय रहेका छन् भने बांकी अन्य छुंगछंग प्रान्त लगायत उत्तरी क्षेत्रका विधालय बन्द गराएको हो ।विशेष गरी मर्सबाट प्रभावित क्षेत्र अस्पताल वरिपरिका विधालयहरु शुक्रबारसम्मका लागि बन्द गरिएको हो ।
त्यसैैगरी मर्सबाट संक्रमित बुधबार थप ५ जनाको पुष्टि भएसंगैं बिरामीको संख्या ३० जना पुगेको छ ।उता हंगकंगको स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरियाले मर्सको बिरामीलाई के कस्तो सुविधा दिएर उपचार गराएको सो बारेमा सम्पुर्ण जानकारी उपलब्ध गराउन बारम्बार भनेको छ ।सोलले भने आफुहरुले सो जानकारी गराउन आवश्यक नठानेको जवाफ दिएको छ ।१० जना मर्सका बिरामी मे २६ मा हंगकंग हुदैं चीन प्रस्थान गरेपछि हंगकंगले सोलसंग सो जानकारी मागेको हो ।
स्वास्थ्य मन्त्रालयले मर्सबाट संक्रमित मध्येका २ जना पुर्ण निको भएर फर्किएको बताएको छ ।एमईआरएस भाईरस विश्व भरको २३ राष्ट्रमा फैंलिएको छ भने यो रोगबाट ११ सय ४२ जना संक्रमित भएको तथ्यांक छ । यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ । मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी विल्कुलैं नयां रोग हो ।
श्वासप्रश्वासबाट सर्ने यो रोग जो कोही बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ । यो रोगको लक्षण भने उच्च ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ । त्यसैगरी खोकी लाग्ने वा दम बढने, श्वास फेर्न गाह्रो समेत हुने गर्दछ । हालसम्म यो रोगको कुनैं औंषधी पत्ता लागेको छैंन् भने यो रोग लागेपछि बिरामीको मृत्यु हुने सम्भावना ४० प्रतिशत भन्दा बढी रहेको छ ।