आत्महत्या समाधान होइन बरु ब्यबधान हो


निश्चल काउचा
आगामी असोज २ र ३ गते हुन् गईरहेका छैठौ कोरियन परीक्षाका लागि ५१ हजार ३ सय परीक्षार्थी तयारीमा जुटेका छन् | उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय र कृषि तथा पशुपालन क्षेत्रका लागि २ हजार २ सय गरि जम्मा ७ हजार १ सय जनाको कोटा छुट्टाईएको छ | निर्धारित कोटा भन्दा ७ गुणा बढीले आवेदन फारम भरेर परिक्षाको तयारीमा लागि रहदा यता कोरिया भने दिनानुदिन ज्यान गुमाउने नेपालीको संख्या बढदो छ |

पछिल्लो महिना मात्र ताप्लेजुङका मोतिलाल आङबुहाङ लिम्बु राति सुतेका उनि सुतेका सुत्यै भए | उनको मृत्यु हृदयघातवाट भएको प्रहरीले जनाएको छ | बाग्लुङ -बिहुका तेजराज कडेल (२९) र कास्की – लेखानाथ -४ का रामहरि बरालले आफै पासो लागएर आत्महत्या गरे | संखुवासभाका सन्तवीर राईले हस्पिटलको सैयामा नै मृत्युवरण गरे | उनि फोक्सोका बिरामी थिए | काम गर्ने क्रममा आल्मुनियमको ट्याङकी बिष्फोट हुदा दाङ – रामपुरका अतिउल्लाह खानको घटनास्थलमै र बारा – हरैया नयाबस्तीका हरि सुवेदीको उपचारको क्रममा हस्पिटलमा मृत्यु भयो |

माथिका पात्रहरु उदाहरण मात्र हुन् | २०१५ मा मात्र ९ जनाले ज्यान गुमाईसकेका छन् | सन् २००७ मा कोरियामा नेपाली दुतावास खुलेपछि ८० जनाको हाराहारीमा नेपालीले ज्यान गुमाएको तथ्यांक भेटिन्छ |

पछिल्लो समयमा नेपाली युवा माझ निकै आकर्षक गन्तव्यको रुपमा परिचित कोरियामा हाल २८ हजार नेपाली कार्यरत छन् |

मासिक एक लाख भन्दा बदि कमाई हुने ठाँउमा किन नेपालीले आत्महत्या गर्दै छन् त ? समस्या समाधानको उपायहरु के-के हुन् त सम्वन्धित निकायको यतातिर ध्यान जान जरुरी छ | २०१२ को सेप्टेम्वरमा नेपाली दुतावासले नेपालीको मृत्युको कारण बारे अध्ययन गर्न कोरियन नागरिक पार्किसोनको अध्यक्षता ५ सदस्यीय अध्ययन समिति गठन समेत गरेको थियो | सो समितिले २०१३ को डिसेम्वरमा आफ्नो प्रतिवेदन दुतावासलाई बुझाएको थियो |

सोहि समिति सदस्य कृष्ण राईले सम्बन्धित निकायले उक्त प्रतिवेदनको सुझाव कार्यन्यन नगरेको बताउदै कोरियामा हुने मृत्युका कारण खोल्दै नेपालमा भाषा परिक्षा अनिबार्य पास गर्नुपर्ने भए पनि नेपालमा सिकाईने भाषा यहाँको लोकल टङसंग नमिल्ने र बिदेशी कामदार ल्याउने साना तथा मझौला कम्पनिका मालिकहरु त्यति शिक्षित नहुने हुदा पनि समस्या उत्पन्न हुने गरेको बताए |

त्यस्तै गरि अध्ययन समितिका अर्का सदस्य डा. देवी बस्नेतले पनि कोरियाका कम्पनि मालिकहरुलाई मजदुरलाइ कसरी काममा लगाउने भन्ने ज्ञान नै नभएकोले कम्पनि मालिकलाई कसरी मजदुरहरुलाई काम लगाउनु पर्छ भनेर तालिम दिनु पर्ने  र तालिम गरेको सर्टिफिकेट नहुदासम्म सरकारले कामदार नदिने हो भने ५० प्रतिशत समस्या समाधान हुने ठोकुवा गर्दै प्राय नेपालीले कोरिया प्रवेश गरेको पहिलो वर्षमा नै मृत्यवरण गरिरहेको घटना धेरै भएको सुनाए | नेपालवाट कोरिया आईसके पछि भाषा , खानाका समस्या लगायत कम्पनीमा सुरुका दिनहरुमा  |

छिटो – छिटो काम गर्नु पर्ने र कोरियनहरु कडा मिजासका हुने हुदा डिप्रेसनको बिरामी  हुन् पुग्ने र विभिन्न रोगका सिकार हुन् पुग्ने हुदा कतिले आत्महत्या बाटो रोजेको बताउदै समस्या समाधानको लागि नेपाल सरकारले नेपालमा उचित तालिमको ब्यबस्था गर्नु पर्ने सुझाव दिए |

प्रवासी मजदुर संघका अध्यक्ष उदय राईले अहिलेको ईपिएस प्रणाली हटाएर वर्क परमिट सिस्टम लागु पर्ने जोड दिदैं अहिलेको प्रणालीमा सबै हक , अधिकार कम्पनीको मालिकमा निहित भएको हुदा पनि प्रवासी मजदुरहरुले अनेक समस्या झेल्नु परेको बताउदै कोरियाको काम भनेको डर्टी , डिफिकल्ट , डेन्जर नै भएको हुदा नेपालवाट आउदा नै त्यस्तै खालको मनस्थिति बनाएर आउन आग्रह गर्दै नेपाल सरकारले मनोबैज्ञानिक र शारीरिक तालिमको व्यवस्था गरेमा आउदा दिनहरुमा नेपालीको मृत्यु क्रम घटेर जाने आकलन गरे |

आत्महत्या समस्याको समाधान नभएर व्यवधान मात्र हो | कोरियामा रहेका सदस्यप्रति परिवारले ठुलो आशा र भरोशा गरेका हुन्छन | कोरियामा कमाएर पढाएको छोराछोरी भाइबहिनी नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति हुनसक्छन | अझ कोरियामा सिकेको प्राबिधिक,ब्यबसायिक,सामाजिक ज्ञानहरुको धेरै आवश्यकता  नेपालमा रहेको छ | त्यसैले क्षणिक मानसिक आवेगमा आएर जिबनलीला समाप्त गर्ने सोच गर्नु हुदैन | तनाबको सहि ब्यबस्थापन गर्दै कलात्मक जिबनशैली अपनाउनु उत्तम हुन्छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने
  • कोरियाबाट राम शर्माको “किन रुन हुन्न मर्दले” सार्वजनिक [भिडियो सहित]
  • सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...