इनर्जी ड्रिक्स पिउनेहरु होसियार
फोनिज कोरिया संवाददाता
सोल – तत्कालका लागि शक्ति प्रदान गर्ने इनर्जी ड्रिंक्सको सेवनले स्वास्थ्यलाई कमजोर बनाउने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार मध्यम साइज कप कफीमा करिब एक सय ५० मिलिग्राम क्याफिन हुने गर्छ, जबकी इनर्जी ड्रिंक्समा भने यसको मात्रा पाँच सय ग्रामसम्म हुने गरेको पाइएको छ ।
यी दुई मध्ये कुनै एक ठीक भन्ने नभएपनि इनर्जी ड्रिंक्समा पाइने असाधारण क्याफिनको मात्राले स्वाथ्यलाई कमजोर बनाउन मद्दत गर्ने भएकाले यसमा व्यापक बहसको आवश्यकता रहेको डाक्टरहरुको भनाई छ ।
यसको नियमित सेवनले मानिसलाई लत बसाउने अध्ययनमा उल्लेख गरिएको छ । अध्ययन रिपोर्टमा भनिएको छ, ‘जसरी, धुम्रपान मध्यपानको सेवनले मानिसमा लत बसाल्छ त्यस्तै यसमा पाइने तत्वले पनि मानिसलाई सेवनको लत बसाल्छ ।
यस्ता पदार्थले गहिरो मानसिक समस्या उत्पन्न गराउने विज्ञहरुको दाबी छ ।