Advertisement
SKIP THIS

सगुन डटकमको मिनी आइपिओमा कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने



दक्षिण कोरिया
अमेरिकामा मुख्यालय रहेको सामाजिक संजाल सगुन डटकमको मिनी आइपिओमा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने भएका छन । कम्पनीले मिनी आइपिओको लागि आशय पत्र खुला गरेको छ भने केहि समय पश्चात शेयर बिक्रि खुला गरिने जनाईएको छ । लगानी कर्ताले न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ ।
अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसनमा सुचिकृत सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता शेयर बिक्रि गर्न लागेको हो । प्रति शेयर २३ डलर पर्ने सगुनको मिनी आइपिओमा लगानीकर्ताले चाहे जति कित्ता खरिद गर्न सक्नेछन । न्युनतम १३ कित्ता खरिद गर्दा आवेदकले २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । कम्पनीले शेयर बिक्रि खुला हुनु पुर्व ५० करोड रुपैयाँभन्दा बढी लगानीको आशय प्राप्त गरेको छ । सगुनले मिनी आईपीओमा २ करोड अमेरिकी डलरभन्दा बढी लगानी जुटाउने तयारी गरेको छ ।


लगानीकर्ताले www.sagoon.com/invest मा गई प्राप्त निर्देशन अनुसार अनलाइन आवेदन दिन सक्नेछन । अनलाइन मार्फत भरिएको आवेदन अनुसार आवेदकको लगानी रकम बैंक मार्फत स्वत कम्पनीको खातामा स्थानान्तरण हुनेछ । सगुन नेपालका सञ्चार तथा जनसम्पर्क प्रमुख अजयबाबु शिवाकोटीले भने ‘अमेरिकामा रहेका नेपालीले सुरु गरेको परियोजना हो । सिलिकन भ्यालीसहित संसारभरिका विभिन्न लगानीकर्ताबाट लगानीप्रति चासो आइरहेको बेला नेपालीले नै सेयर हाले सगुन फाइदामा जाँदा त्यसको मालिक नेपाली हुन्छ । त्यसको प्रतिफल अन्ततोगत्वा नेपाल र नेपालीले पाउने हुँदा विदेशमा रहेका भए पनि नेपालीलाई लक्षित गरिएको हो ।’


२००९ बाट शुरु गरिएको सगुन डट कमलाई २०१४ बाट परिमार्जित रुपमा शुरु गरिएको थियो । सगुनका अमेरिका, क्यानाडा ,भारत ,नेपाल लगायतका देशमा लाखौ प्रयोगकर्ता छन । सगुनको संस्थापक नेपाली युवा गोबिन्द गिरि हुन् । सगुन डट कमको आइडी संचालन गर्नासाथ प्रयोगकर्ताको लागि ५ डलर कम्पनीले जम्मा गरिदिने गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...