हिउँ


 

कोरियामा हिउँ नदेख्ने को छ र ? जाडो महिना सुरु भए पछि तुसारो पर्छ । झन जाडो भए पछि हिउँ पर्छ । फुस फुस परि रहन्छ । सुरुमा हिउँ झर्दा भुँईमा जम्दैन । बिलाउँछ पानी बन्छ । धेरै झरे पछि हिउँको चाला आफ्नै छ । अलि अलि जम्न खोज्छ । जम्छ । झन जम्छ । तह तह बन्छ ।
सबैले पढेकै हो पानी माइनस तापक्रम तिर झरे पछि जम्छ । हिउँ बन्छ । त्यसैले हिउँ परेको बेला तापक्रम चिसो हुन्छ । यता हिउँ फुस्फुसाएको पनि २४ घन्टा पुग्नै लाग्यो । यसो कम्पनीको थर्मोमिटर तिर आँखा लाउँछु माइनस १४ डिग्री सेल्सियसमा पुगेछ । यस्तै बेला हावा चल्छ । अनि मुटु छेडेर जान्छ चिसोको झोक्काले ।
रातको काम छ । साधरण समयमा पनि चिसो हुन्छ । झन हिउँ झरेको झरेकै छ । हुन त टिनको छानाको कम्पनी छ । हिउँ भित्रै त परेको छैन । बाहिर हिउँ सबै कुरा कक्रिएका छन् । जमेका छन् । म टिनको छाना भित्र जमेको झै छु । मेसिन तताउने सानो हिटर छ । मान्छे तिर फर्काएको भए मलाई पनि न्यानो हुँदो हो । चिसोले चलि रहेको मेसिन बन्द हुन्छ । हिटर बालि राखे चलि रहन्छ । त्यसैले मेसिनलाई हिटर छ मान्छेलाई बाल भो । म त्यही हिटरमा समय मिलाएर हात तेर्साउँछु । हात तातेको काम चाङ हुन्छ ।
………………….
पौष लागेपछि जाडो हुन्थ्यो । जाडो हुनु भनेको बिहान अबेरसम्म उठ्न अल्छि लाग्ने समय भैगयो । भएका न्याना लुगा लगाएरै सुतिन्थ्यो । जस्ताको तस्तै उठ्यो । पानीमा हात हाल्न नसकिने चिसो हुन्थ्यो । त्यस्तो चिसोमा कसले हातमुख धुनु । सिधै गयो खाजा मस्कायो । खाजा प्रायः मकै हुन्थ्यो । जाडोको समय जति चपायो त्यति नै रसिलो लाग्ने । झन पिरो गुन्द्रुकको अचार खान पाए दिन बनि हाल्थ्यो । स्कुल नभएको दिन मकै चपाउँदै पतकर ल्याउनु अनिवार्य हुन्थ्यो ।
जाडोमा गाईभैसीका लागि पनि विशेष गोठ तयार हुन्थ्यो । बारीका छेउ छेउमा तितेपाते हुन्थे । बाख्राले अलि अलि खाने भए पनि खासै मन नपराउने घाँस । बर्षाको बेला घाँस काट्दा तितेपाते शीत बोकेर बस्थ्यो । कोही नजिक भए  भिजाउँथ्यो । त्यसैले मलाई तितेपाते मन पर्दैनथ्यो । अल्छि लागेको बेला बाख्रा कराए त्यही तितेपाते काटेर बाख्रोलाई हाल्दिन्थे । मेरो ताल देखेर बाख्रा मिठो घाँस खान नपाए पनि चुप लागेरै बस्थ्यो । बाले देखे कराउँथे । ‘एक नम्बरको अल्छि के गरेर पाल्छस् हो स्वास्नी । तितेपाते भनेको जाडोमा फरिको बनाउनु पर्दैन ?’ म बोल्दिनथेँ । ‘जोहो गर्न पनि जान्नु पर्छ ।’ उनि थप्थे । हो त्यही तितेपातेको फरिको बनाइन्थ्यो । अनि गोठलाई वरिपरि बारिन्थ्यो । कतै सानो प्वाल भए पनि पातपतिङ्गर राखेर टालिन्थ्यो । गाईभैसीका डसना पतकर हुन्थ्यो । अझ गोठलाई न्यानो बनाउन ठूलाठूला मुडा जोडर आगो बालिन्थ्यो । त्यसरी बालेको आगो कतै केही नहोस भनेर हेर्न एक जना रातमा पनि गोठमै सुत्थे । मलाई गोठमा सुत्न मन भए पनि दाइ सुत्थ्यो ।
कुनै कुनै बर्ष हिउँ पथ्र्यो । गोठमा धुवाँ धुवाँ गरेर आगो बालिन्थ्यो । गाउँ भरिका गोठमा त्यसै गर्थे । पुरै गाउँको गोठबाट धुँवाको मुस्लो निस्कन्थ्यो । हिउँको चिसो कटाउने सजिलो उपाय थियो ।
मलाई फुसफुस पर्ने हिउँमा कुद्न खुब रमाइलो लाग्थ्यो । पानीले जस्तो हिउँले भिजाउँदैनथ्यो । जता कुदे पनि हुने । हिउँ जम्दै गए पछि दाइहरु भन्थे । ‘खरायो मार्न जाऔ ।’ म दाजुभाइमध्ये सबै भन्दा लिखुरे थिएँ । त्यसैले मलाई लैजानका लागि तिनिहरु त्यति मन गर्दैनथे । म गैदिन्थे । नआइजा भन्दा भन्दै ।
हिउँ बाक्लो परेपछि जे हिड्दा पनि पाइला देखिन्थ्यो । त्यही पाइला पछ्याउँदै गए पछि कतै न कतै लुकेर बसेको खरायो देखिन्थ्यो । जाडोले कक्रिएको खरायो खासै दौडिन सक्दैनथ्यो । त्यसैले समाउँथे । यस्तो चलान गाउँ भरि नै थियो । त्यही भएर खरायो मार्न जाने चलन नै थियो ।
दाजुभाइको डफ्फामा म अलि पछि नै थिएँ । मेरो पछि पछि काले कुकुर थियो । उसले स्वाँक स्वाँक भुँइतिर सुध्यो । अनि म तिर हेरेर कुई कुई गर्यो । हामी डाँडैडाँडा धेरै हिउँ भएको उकालो चढ्दै थियौ । कुकुर गहिरो खोँचको बाटो लाग्यो । म त्यसै पनि दाजुभाइको डफ्फा भन्दा पछि थिएँ । मलाई त्यति भाउ दिएका पनि थिएनन् । त्यसैले दाजुभाइ भन्दा कुकुरको पछि लागेँ । जे त पर्ला ।
अलि माथि पुगेको सानो सानो पाइला देखियो । कुकुर सुध्दै अघि हिडिरेको थियो । पक्का खरायो होला । मलाई लाग्यौ । आज म देखाउँछु दाजुभाइलाई खरायो समाएर । जोस चल्यो । म कुकुरसँगै दौडिएँ । अलि पर एउटा ठूलो उन्युघारी थियो । कुकुर त्यही पुगेर रोकियो । एक फन्का लगायो । मलाई लाग्यो शिकार हात पर्यो ।
मैले हेरेँ हिउँमा परेको सानो सानो पाइला त्यही भित्र छिरेकोथ्यो । त्यसैले मैले उन्युघारी भित्र छिर्ने खोजेँ । कुकुर कुइँकुइँ गरेको गरेकै थियो । घारी भित्र केही देखिदैन । छिरौ बाटो छैन । दाजुभाइलाई बोलाउँ भने मलाई बाल नदिनेहरुलाई के बोलाउनु ? उन्युघारी भन्दा मास्तिर अलि अग्लो ठाउँथ्यो । त्यसैमा चढेँ । सानो ढुंगाले उन्युमा हानेँ । चाइचुइ भएन । अब त्यही ठाउँबाट उन्युमा उफ्रने जुक्ति आयो ।
भएभरको बल लगाएर उन्युको घारीमा उफ्रिएँ । ध्वार्र । पछाडी ढाडमा चिसो भो । म उन्युको बिचमा पुगेँ । यसो ढाड छाम्छु बाले दशैमा ल्याइदिएको नयाँ जाकेटको घाँटीको भाग मात्रै बाँकी छ । ढाड तिर दुई भाग भएर च्यातिएको छ । हात दुखेको छ । काँडाले घोचेर रगतै निस्केछ । जिउमा पनि कोतरेको छ । मैले उन्यु मात्रै होला भनेर उफ्रेको ठाउँमा घँघरु काँडाको रुख परेछ । काँडाको रुखमा भर भरको बल लाएर उफ्रे पछि के हुनु ? अब जे हुनु भयो । न रुनु न हास्नु । बल्ल बल्ल बाहिर निस्किएँ । घरमा के भनेर जानु ? कुकुर जोड जोडले भुक्दैथ्यो । डाँडामा पुगेका दाजुभाइका डफ्फा कुकुर भुकेको सुनेर खरायो हो ? भन्दै कराउँदै छन् । म जित्न हिडेको मान्छेको ताल यस्तो छ ।
……………….
बाले बनाएको गोठमा अहिले पनि गाइभैसी न्यानो गरेर सुति रहेका होलान् । पतकर पनि न्यानै होला । बाले भनेको जोहो गर्न म यता चिसोमा कठ्याङ्ग्रीदै ड्युटीमा छु । कहिलेसम्म चल्छ कुन्नी यसरी ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...