थप २ जनामा भेटियो MERS
ऐश्वर्य श्रेष्ठ,सोल-
दक्षिण कोरियामा श्वासप्रवश्वास संबन्धी रोग मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम थप २ जनामा भएको पाइएको छ ।बिहिबार थप दुईजनामा यो रोग भेटिएसंगैं संत्रमितको संख्या ७ पुगेको छ ।
पुर्वी एसियाबाट फैंलिएको यो रोग दक्षिण कोरियामा समेत भित्रिएको छ ।दुई नयां बिरामी अन्य ५ जनाको सम्पर्कमा पुग्दा सरेको पाइएको छ ।६८ एक कोरियनमा एम ई आर एस भाइरसबाट मध्य अप्रिलमा पुर्वी एसियाको भ्रमणमा क्रममा भएको हो ।कोरिया रोग नियन्त्रण विभागका अनुसार एक जना ७१ बर्षीय वृद्ध र २८ बर्षीय महिलामा सो रोग संक्रमण पाइएको छ ।ती दुई बिरामीलाई छुटट्ैं ठाउंमा राखेर उपचार गरीरहेको अस्पताल स्रोतले बताएको छ ।
यसैंबीच कोरियाको स्वास्थ्य मन्त्रालयले यो रोग महामारीको रुपमा फैंलिदैं गएकोले तत्काल रोग नियन्त्रण गर्न थप कदम चाल्ने भएको छ ।रोगलाई तत्काल रोकथाम गर्न बिरामीको अध्ययन गरी ती क्षेत्रमा सम्पुर्ण शक्ति खर्च गर्ने मन्त्रालयले बताएको छ ।सो रोगबाट संत्रमित व्यक्तिलाई देश नछाडन अनुरोध गदैं मन्त्रालयले संत्रमित व्यक्तिको नजिक नजान आग्रह समेत गरेको छ ।
हालसम्म विश्वको २३ राष्ट्रमा फैैलिएको यो रोगीको संख्या ११ सय ४२ जना पुगेको छ ।
श्वासप्रश्वासबाट सर्ने यो रोग जोकोही बिरामीको नजिक आउदा संसर्गबाट सर्छ । सार्र्स जतिको भने खतरा नभएको डाक्टरहरु बताउंछन् ।ती बिरामी पुर्वी एसियाको भ्रमण गरेर गत अप्रिलमा कोरिया फर्किएको थिए । सोल नेशनल अस्पतालका डाक्टर ओ म्योंगदोन भन्छन् ,” यो रोग ३ बर्षअघि देखा परेको थियो ।सिधा सम्पर्कबाट मात्र यो रोग सर्ने भएकोले एम ईआर एस संत्रमित बिरामीबाट टाढैं रहनु वेश हुन्छ ।” यो रोगको लक्षण भने उच्च ज्वरो आउने मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ ।त्यसैगरी खोकी लाग्ने,श्वास फेर्न गाह्रो हुने गर्दछ ।
मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी नयां रोग हो ।यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ ।समयमा उपचार नगरे यो रोगबाट संत्रमित बिरामीको मृत्यु हुने डाक्टरहरु बताउंछन् ।