Advertisement
SKIP THIS

छल्लानाम्दो ख्वाङ्जुमा न्यु इयर फ्री डान्स पार्टी हुने


फोनिज कोरिया सम्बाददाता

कोरियाको चिसोमा शरीर तातो बनाउन नेपाली सामुदायिक समिति ख्वाङ्जुले फ्रि डान्स पार्टीको आयोजना गर्ने भएको छ । छल्लानाम्दोको ख्वाङ्जुमा यहि शनिबार जनवरी ७ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म न्यु इयर फ्री डान्स पार्टी हुने भएको छ । नेपाली सामुदायिक समिती ख्वाङ्जुले नयाँ वर्षको अवसर पारेर समितिद्वारा संचालित सेल्टर सहयोगार्थ उक्त डान्स पार्टी आयोजनामा गर्न लागेको हो ।

झन्डै २ हजार नेपालीहरुको घनत्व रहेको ख्वाङ्जुमा समिती ख्वाङ्जुले बिगत ५ बर्षदेखि आफ्नै सेल्टर सन्चालन गर्दै आइरहेको छ । सेल्टर सहयोगार्थ स्वरुप समितिले गर्न लागेको यो तेस्रो डान्स पार्टी हो । उक्त डान्स पार्टीमा उपस्थित सबैलाइ चर्चित डिजे सि म्यान ले आफ्नो म्युजिकल प्रस्तुती सहित भरपुर  मनोरन्जन दिने छन् । साथै कार्यक्रमको शुरुवातमा गायक जोन मगरले पनि आफ्नो प्रस्तुती पस्कने आयोजकले बताएका छन ।

ख्वाङ्जुमा आयोजना गरिने कार्यक्रमहरुमा छल्लानाम्दो ख्वाङ्जु सहित नाजु, मोक्पो, छिन्जु ,छन्जु, थाम्याङ सहितका नेपालीहरुको उल्लेख्य उपस्थित रहने गर्दछ ।

यसपटक पनि डान्स पार्टीमा उपस्थितको लागि अनुरोध गर्दै नेपाली सामुदायिक समितिका अध्यक्ष सन्तोष पराजुलीले भने, ‘प्रवासको थकानलाई बिर्सनको लागि र दुख पर्दा ओत लाग्ने छहारिलाइ जोगाउनको लागि बेलाबेलामा गरिदै आएको यस मनोरन्जनात्मक कार्यक्रमलाई बिगतका दिनहरुमा जस्तै यस पटक पनि उपस्थित भएर सफल बनाइदिन अनुरोध गर्दछु ।’

मिति : जनवरी ७ शनिबार
स्थान : 57 पार्टी टाउन club volum
समय : बेलुका ८ देखि बिहान ५ सम्म
सम्पर्क : सन्तोष पराजुली, श्री खनाल, टेकेन्द्र बिस्ट, पेम्बा शेर्पा, सिता लामा

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...