पुर्व मन्त्री लाल बाबू पण्डित कोरिया आउदै


फोनिज कोरिया सम्वाददाता
सौल, प्रवासी नेपाली मन्च ( ONF ) दक्षिण कोरियाले सल्नालको अवसरमा यहि आउदो जनवरी 29 मा आयोजना गर्न लागेको ” राष्ट्रिय एकता , समृद्धि र स्वाभिमान : सविधान कार्यान्वयन हाम्रो अभियान ” नामक बृहत अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्न पुर्व सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य लाल बाबू पण्डित कोरिया आउन लागेका हुन।
नेपालमा संविधान संसोधन कि कार्यान्वयन भन्नेमा बहस तीब्र भैरहेको बेला ONF ले यो कार्यक्रम आयोजना गर्नु र नेता पण्डित कोरिया आउनुलाई अर्थपूर्ण रुपमा यहाका नेपाली समुदायले लिएका छन । मन्त्री पदमा रहदा राष्ट्रियताको पक्षमा लिएको अडान र आफ्नो स्वच्छ छवि एवं सादा जीवनको लागि उनी सम्पुर्ण नेपाली माझ लोकप्रिय नेताका रुपमा चिनिन्छन।
कार्यक्रम राजधानी सौलदेखि नजिकै रहेको हेवामा गर्न लागिएको र आवस्यक सम्पुर्ण त्यारी पूरा भएको महासचिव शिवलाल पन्थीले जानकारी दिए। त्यस्तै यहाँ रहेका सम्पुर्ण श्रमिक वर्ग , समाजसेवी , बुद्धिजीवी , विद्यार्थी , व्यवसायी सबैलाइ कार्यक्रममा उपस्थित हुनको लागि कावा अध्यक्ष मीना थापाले अनुरोध गरेकी छन।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • नेपाली जन प्रगतिशील मञ्चले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...