Advertisement
SKIP THIS

कोरियन एयरका पाइलटहरुले तलब बृद्धीको माग राख्दै हडताल शुरु गरे


फोनिज कोरिया संवाददाता
सउल

कोरियन एयरका पाइलटहरुले २९ प्रतिशत तलब बृद्धीको माग राखी विहीबारदेखि १० दिने हड्ताल शुरु गरेको कोरियन संचारमाध्यले जनाएको छ । शुक्रबार पनि हड्ताल जारी छ । इन्छन अन्तराष्ट्रिय विमान स्थलमा कोरियन एयर पार्कीइ० गरिएका छन भने उडान रद्धका सूचना जारी गरिएको छ ।

पाइलटहरुको हड्तालका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानमा प्रभाव परेको छ । विषेश गरी हइ०कइ०, दुवाई र टोकियोका रुटमा यात्रु र कारगो गरी १ सय ५० विमानहरु प्रभावित बनेको समाचारमा जनाइएको छ । १० दिन भित्र माग पुरा नभए हड्ताल पुनह १० दिन थप्ने युनियनका नेताले जनाएका छन् । व्यवस्थापनसंग ज्याला बृद्धीको लागि एक वर्षदेखि वार्ता गर्दा पनि सुनुवाई नभएपछि हड्तालमा उत्रनुपरेको उनको भनाइ छ ।

यात्रुलाई उनीहरुको गन्तव्यमा पुराउन अन्य मार्गहरु प्रयोग गरीने कम्पनीका प्रबक्ताले बताएका छन् । साथै पाइलटहरुको माग अस्विकार्य रहेको उनले थपेका छन् ।

सन २००५ मा चार दिने पाइलट हड्तालमा उडान रद्ध र अन्य सेवा अवरोध हुदा ६७ अर्ब वन (५६ लाख डलर) को घाटा खेप्नु परेको थियो । कोरियाको राष्ट्रिय तथा अन्तराष्र्टिय उडानमा कोरियन एयरले ४० प्रतिशत ओगटदै आएका छन् । २०१५ मा १ सय २० पाइलटले कम्पनी छाडेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...