कोरियामा रहेका अबैधानिक बिदेशीलाई स्वदेश फर्कने अवसर


लीलु डुम्रे
सोल-कोरियामा अबैधानिक रुपमा बसोबास गरिरहेका बिदेशी कामदारहरुलाई स्वेच्छिक रुपमा  स्वदेश फर्कन यहाँको सरकारले  अवसरको  घोषणा गरेको छ । कोरियाली अध्यागनम विभागले मंगलबार जारी गरेको सूचना अनुसार भिसा अवधि समाप्त भएर पनि कोरियामै रहेका अबैधानिक बिदेशी नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरिएको हो ।

जारी सूचना अनुसार स्वेच्छिक रुपमा स्वदेश फर्कने विदेशीले जरिवाना तिर्नु नपर्ने, जेलमा बस्नु नपर्ने र कोरियाबाट फर्केको २ बर्षमै पुन कोरिया प्रवेश गर्नसक्ने उल्लेख छ । पक्राउ परेर स्वदेश फिर्ता हुने बिदेशी नागरिकले १० बर्षसम्म  कोरिया प्रवेशमा रोक लगाइने जनाइएको छ ।

 

स्वदेश फर्कन चाहने बिदेशी नागरिकलाई झन्झट नदिई फर्काइने सुचनामा जनाइएको छ । यसका लागि  अध्याबाधिक राहदानी वा ट्राभल डकुमेन्ट लिएर कोरियाको जुनसुकै क्षेत्रमा रहेको अध्यागमन विभागमा सम्पर्क गर्न सकिने जनाइएको छ ।  त्यस्तै नक्कली राहदानी र प्रचलित नियम बिपरित प्रक्रियाबाट कोरिया प्रवेश गरेका बिदेशी नागरिकको हकमा थप ३ दिन अनुसन्धान गर्न समय लाग्ने जनाइएको छ ।

 

सूचना  अनुसार स्वेच्छिक फर्कनेहरु पुनः दुइ बर्षमा कोरिया प्रवेश गर्न इच्छुक भए भिषा प्रक्रियामा प्राथमिकता दिईने जनाइएको छ ।  कहिलेसम्म लागु हुने मिति उल्लेख नगरिएको सूचनामा ईन्च्छन,किम्हे,र गिम्पो विमानस्थलहरुमा रहेको अध्यागमन बिभागहरुबाट बिस्तृत जानकारी लिन सकिने जनाइएको छ ।

 

सुरक्षा निकायले पक्रिएपछि फिर्ता भएको अवस्थामा अवैधानिक बसेको बर्ष अवधि अनुसार दण्ड जरिवाना गरिने व्यवस्था छ  । दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले  कोरिया प्रवेश पुनः निश्चित भएको अवस्थालाइ ख्याल गर्दै स्वदेश फिर्ता हुन अवेधनिक नेपालीहरुलाई आग्रह गरे । बर्तौलाले जारी सूचनाले अवसरको सदुपयोग साथै नेपाली कामदारको कोटा बढ्न सक्ने आशा राखे ।

 

कोरियामा नेपालीहरु अबैधानिक हुनुको   मुख्य कारण उमेरको हदबन्दि रहेको छ । ४० बर्ष पछि पुनः कामको लागि प्रवेश रोकिएको छ ।  कोरियामा करिब २ लाख अबैधानिक बिदेशी कामदार रहेका छन् । यी मध्ये सबैभन्दा कम संख्यामा नेपाली नेपाली रहेको कोरियाली अद्यागमन बिभागको तथ्यांकमा रहेको छ । तथ्यांक अनुसार करिब १ हजार नेपाली अबैधानिक रहेका छन् ।

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्यङ
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट कार्यक्रम सम्पन्न
  • कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...