Advertisement
SKIP THIS

कोरियामा फेशबुकबाट ठगीदैछन नेपालीहरु


दक्षिण कोरिया फेसबुकमा विज्ञापन देखेकै भरमा उनलाई आइफोन सिक्स किन्न मन लाग्यो । समयको अभाव, बजार जाने झन्झट र सस्तो मुल्यमा महँगो आइफोन पाइन्छ भने किन नकिन्ने ? यस्तै लाग्यो । फेसबुक इनबक्समा उनले म्यासेज पठाए, “मैले आइफोन सिक्सको नयाँ फुल प्याक किन्न चाहन्छु ।”

कोरियन नागरिककै नाम गरेको फेसबुकमार्फत केही छिनमै बैंकको खाता नम्बरसहित अंग्रेजीमा जवाफ आयो, ‘आइफोन सिक्स नयाँ प्याकका लागि चार लाख वन (नेपाली रुपैयाँ करिब ३६ हजार) यो खातामा डिपोजिट गर्नुहोस् र तपाईंको ठेगाना पठाइदिनुहोस् । हामी केही दिनमै तपाईंले डिमाण्ड गरेको सामान पठाइदिन्छौं ।’

उनले ‘हुन्छ’ भने र भोलिपल्टै उक्त बैंक खातामा पूरै पैसा पठाइदिए । आइफोन कहिले आइपुग्ला भनेर प्रतीक्षा गरी बसे । तर, पैसा पठाएको भोलिपल्टै उक्त फेसबुक होल्डरले फेसबुक डिएक्टिभ ग¥यो र सम्पर्कविहिन भयो ।

करिब डेढ वर्षअगाडि कोरिया आएका एक नेपाली युवाले फोनमा गुनासो गरे, “मसँग पैसा पठाएको स्लिपबाहेक अरु प्रमाण केही पनि छैन । अब मैले कहाँ उजुरी दिने र गुमेको पैसा कसरी फिर्ता ल्याउने ?” नचिनेको मान्छेको विश्वासमा पर्दा उनी यसरी ठगिए ।

स्थानीय प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दिँदा उनले भने, “बिहानदेखि बेलुका नौ–दश बजेसम्म ड्युटी हुन्छ । कतिबेला गएर उजुरी दिने र के भन्ने म त अक्क न बक्कमा छु ।”

उजुरी गर्नका लागि कोरियन भाषा नजान्दा र समयको अभावका कारण उनले कतै समस्या सुनाउन सकेनन् । बरु उक्त फेसबुकको इनबक्समा पैसा फिर्ता पठाइदिन पटक–पटक अनुनय विनय गरे । अन्ततः पैसा पठाएको एक महिनासम्म पनि उताबाट कुनै प्रतिक्रिया नआएपछि पैसाको माया मारेको उनले सुनाए ।

गत महिना फेसबुकमार्फत डीएसएलआर क्यामरा किन्न लागेका एक नेपाली पनि अञ्जान व्यक्तिमार्फत ठगिएका छन् । उनले सेकेण्ड ह्याण्ड क्यामराको लागि पाँच लाख वन बैंकमा जम्मा गरिदिएका थिए ।

कोरियन केटीको फोटो र फिलिपिन्स नागरिकको नाम रहेको उक्त फेसबुकमा सेकेण्ड ह्याण्ड क्यामरा बिक्रीमा राखिएको थियो । कोरियामा रहेका नेपालीहरूको फेसबुक गु्रपमा उक्त पोष्ट सेयर गरेर ठगी गरेको पीडित नेपालीले गुनासो गरे ।

“पैसा पठाएको रसिद र फेसबुकको स्कृन सटमार्फत कोरियन प्रहरीमा उजुरी दिएको छु,” उनले भने, “तर फलोअप गर्न भ्याएको छैन । कोरियामा रातदिन खटिएर पसिना बगाई कमाएको पैसा लुट्न खोज्नेहरूको व्यापकता रहेछ । बल्ल आज आफूलाई परेपछि थाहा पाएँ ।” फेसबुकमा देखेकै भरमा अञ्जान व्यक्तिमार्फत कारोबार नगर्न कोरियामा रहेका नेपालीहरूलाई उनले सुझाव दिए ।

कोरियामा नक्कली फेसबुक आइडि बनाई महँगो सामानलाई सस्तो मूल्यमा घरमै पठाइदिने प्रलोभन देखाई ठग्नेहरूको बिगबिगी नै छ । यसमा धेरै पैसा पर्ने मोबाइल, ल्यापटप, क्यामरा, ब्लाङ्केटदेखि लिएर थोरै पैसा पर्ने मोबाइल चार्जर, लाइट, हेडफोन, पछ्यौरालगायत सामग्री सुपथ मूल्यमा पाइने र घरमै पठाइदिने विज्ञापन गरिन्छन् ।

तर, त्यस्ता नाम र फोटो नखुलेका फेसबुक आइडी होल्डरले पैसा प्राप्त गरेपछि सामान नपठाइदिने र फेसबुकको ठेगाना परिवर्तन गर्ने गरेका छन् ।

यी त उदाहरणमात्र हुन् । दक्षिण कोरियामा पछिल्लो समय नेपाली कामदारको संख्या वृद्धिसँगै ठगिने क्रम बढ्दो छ । इन्टरनेटबाट किनेको सामान नपठाइदिने, अरुको पासपोर्टबाट बैंक खाता खोल्ने, परिचयपत्र (एलिएन कार्ड)बाट फोन नम्बर निकाल्नेलगायत साइबर अपराध बढ्दो छ । कतिपय आफूलाई परेको समस्याको बारेमा सुनाउने निकाय नै नभएको बताउँछन् भने कतिपयले समयको अभाव र भाषा समस्याका कारण घटनाहरू प्रहरीसमक्ष नपुग्दै सेलाउने गरेको बताउँछन् ।

त्यसैगरी, सस्तो मूल्यमा नेपाल पैसा पठाइदिने भन्दै अवैधानिक हुण्डी व्यापारीले पनि नेपालीहरूबाट ठूलो रकम उठाई बेपत्ता हुने गरेका छन् । यस्ता काम पनि पटकपटक दोहोरिँदै आएका छन् ।

यस्ता किसिमका ठग बढ्दो क्रममा रहेका र त्यस्ता व्यवसायीबाट कारोबार नगर्न र गर्नै परेमा आधिकारिक रूपमा बुझेर मात्र कारोबार गर्न सल्लाह दिन्छन् कोरियामा लामो समयदेखि भाषा अनुवादको रूपमा काम गर्दै आएका मुक्त गुरुङ ।

कोरियामा नेपालीहरूको बढ्दो संख्यासँगै आपराधिक कृयाकलाप पनि बढ्दै गएका छन् भने नेपालीहरू नेपालीबाटै पीडित हुने गरेका पनि छन् । पछिल्लो समय सहकर्मीकै कारण सहकर्मीले कार्यस्थान छोड्ने, डिप्रेसन र कुलतमा फस्ने क्रम बढ्दो छ । त्यसो त गत वर्ष एक नेपालीले सहकर्मीकै कारण झुण्डिएर आत्महत्या समेतगरेका थिए ।

यस्ता किसिममा समस्याहरू परेमा कोरियन प्रहरीको साइबर अपराध शाखाको परामर्श केन्द्र (एआएर्स) मा सम्पर्क गर्नुपर्छ ।स्रोत- कारोबार दैनिक ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...