Advertisement
SKIP THIS

कृषि तालीम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता लिइने, इच्छुक नेपालीहरुमा नाम टिपाउन आग्रह


किम्हे, किम्हे ग्लोबल सेन्टर र किम्हे माइग्रेन्ट हाउसको संयुक्त आयोजनामा आगामि मार्च महिनाबाट संचालित कृषि तालिम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता सम्वन्धि सूचना प्रकाशित भएको छ । भोलीको दिनमा नेपालमा सामूहिक कृषि प्रविधि भित्र्याउने उदेश्य सहित संचालन हुन लागेको कृषि तालिम केन्द्रमा कृषि सम्वन्धि तालिमहरुमा पहिलो चरणमा आधुनिक प्रविधिको तरकारी खेती, ग्रीन हाउस प्रविधि समवन्धि तालिम, कृषि औचार प्रयोग तथा मर्मत सम्वन्धि तालिम दिइने भएकोले इच्छुक नेपालीहरुमा उपस्थितिको लागि पनि हार्दिक अनुरोध गरेको छ ।
उक्त कृषि तालिमको लागि कोरिया प्रवेश गरेको कम्तिमा दुईवर्ष कटेको हुनेपर्ने तथा कोरियन भाषाको राम्रो ज्ञान भएको र टोपिक २ लेभलसम्म पास गरेको हुनुपर्ने छ । यहि डिसेम्बर २५ वा जनवरी १ तारिखका दिन किम्हे माइग्रेन्ट हाउसमा दिनको २ बजेदेखि अन्तर्वार्ता लिइने भएकोले इच्छुक तथा योग्यता प्राप्त व्यक्तिहरुले जतिसक्दो नाम टिपाउन पनि आयोजकले आग्रह गरेको छ ।

अन्तर्बाताको लागि योग्यता:-
*कोरिया प्रबेश गरेको कम्तिमा २बर्ष कटेको हुनुपर्नेछ अन्येथा कोरियन भाषा टोपिक् २लेभल पास गरेको हुनुपर्नेछ अर्थात कोरियन भाषा जानेको हुनुपर्नेछ।

मिति:-डिसेम्बर २५ वा जनवरि १तारिक
स्थान:-किम्हे माइग्रेंट हाउस
समय:-दिनको ठीक २बजे देखि
सम्पर्क नं:०१०-६३००-०९०२(यज्ञराज सुबेदी)
०१०-६५१०-८६४३(हरी थपालिया)
०१०-९५०६-३२०७(रमेश उप्रेती)
ठेगाना:-김해시 서상동 10-1번지

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...