Advertisement
SKIP THIS

सलनालमा आँधीखोला सांगीतिक धमाका हुने


सौल, कोरियाको नयाँ वर्ष अर्थात् महान चाड सलनालमा आँधीखोला सांगीतिक धमाका हुने भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले अगामि जनवरी २८ तारिकका दिन कोरियाको राजधानी सौलमा उक्त सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो । ‘हाम्रो स्याङ्जा, हाम्रो शान स्वास्थ्य क्षेत्रमा गरौं पुण्य काम’ भन्ने मूल नारासहित स्याङ्जा परिवारले आयोजना गर्न लागेको ‘आँधीखोला सांगीतिक सौगात – ५’ कार्यक्रममा नेपालबाट आधुनिक तथा पप गायिका आस्था राउत, लोकदोहोरी गायक शिव परिवार, कृष्ण गुरुङ्, शिव हमाल, आइटम डान्सर एलिसा राई र हाँस्य कलाकार निर आले मगर आउने भएका छन् । कोरियामा रहेका स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने उक्त सांगीतिक कार्यक्रम स्याङ्जा जिल्लाको स्वास्थ्य क्षेत्र अन्तर्गत सहयोगार्थ नितान्त सामाजिक सेवाभावको उदेश्यले गर्न लागेको आयोजकले जनाएको छ ।
성북 여성 구민 회관 स्थित हलमा हुने उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न कमिटिको समेत गठन गरिएको छ । जसमा हल व्यवस्थापनमा झक थापा मगर, धर्म गुरुङ् , संस्कृति विभागतर्फ सिपि मगर संयोजक, गुप्त गुरुङ्  र प्रकाश भट्टराई, प्रचारप्रसार विभागतर्फ पत्रकार लिलु डुम्रे, नेत्र पौडेल र कृष्ण बस्याल, आर्थिक व्यवस्थापनमा विजय थापा संयोजक, रोशनी मल्ल र जीवन कुमारी गुरुङ् , यातायात व्यवस्थापनमा झक थापा, होबिर थापा र टेक राना, स्वयमसेवक परिचालनमा अमित राजा संयोजक, अंकित थापा रहेका छन् ।
यसैगरी आयोजकले थप आन्तरिक व्यवस्थापनको लागि यहि २५ तारिख आइतबारका दिन सौलस्थित नेपाल हाउसमा जिल्लावासीको वृहत् भेलाको आयोजना गरिएको छ । कार्यक्रमलाई सभ्य एवं भब्य बनाउनको लागि सम्पूर्ण कोरियावासी स्याङ् जाली दाजुभाई दिदीबहिनीलगायत समस्त बृद्धिजिबि, मिडियाकर्मी, तथा कोरियामा क्रियाशिल सम्पूर्ण संघसंस्थाहरुमा आआफ्नो स्थानबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगको लागि आयोजकले आग्रह गरेको छ ।
उक्त सांगीतिक कार्यक्रमका लागि गत नोभेम्बर ४ तारिकका दिन नेपाली सम्पर्क समिति एनसिसिले गरेको सलनाल कार्यक्रम बाँडफाड अन्तर्गत निकै पुरानो तथा कोरियामा क्रियाशिल संस्था स्याङ् जा परिवार मात्र एकल रुपमा दाबेदार रहि यसपटकको कार्यक्रमलाई आफनो पोल्टामा पार्न सफल भएको थियो ।
‘लानु त केही छैन है साथी धेरै नै कमाएर,

पुण्य आर्जन गरौं गीतसंगीतमा रमाएर’ जस्ता नाराहरुले दर्शकलाई कार्यक्रमसम्म ल्याउन थप आकर्षित गर्नेमा विश्वस्त रहेको आयोजक संस्था स्याङ् जा परिवारले यसअघि सन् २०१३ मा पनि वृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरी आएको मुनाफाबाट स्याङ् जा जिल्ला अस्पतालको लागि एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...