मिल्तिको जगेड़ा शेयर बिक्रीका लागि आवेदन खुला, सुवन र थेगुबाट आवेदन दिन सकिने


सौल,सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी १८ र २५ मा सुवन र थेगुमा आवेदन भर्न सकिने जनाएको छ ।
सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए ।
जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लागनीकर्ताहरुलाई आग्रह गरेको छ। दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा आयोजनाको निर्माण कार्य भईरहेको छ । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ । हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटर बाटो लागि ट्रयाक खोल्ने कार्य सकिएको छ । तीव्र गतिमा निर्माण कार्य भइरहेको जानकारी दिदै न्यौपानेले भने – सडक सुधारसंगै ड्याम क्यानल र पावर हाउस एकैपटक सुरु गरि आगामी २२ महिनामा सम्पन्न गरिने छ ।
विद्युत खरिद बिक्री सम्झौता (पिपिए ) र उत्पादन अनुमतिपत्र (पिडीए) जारी भइसकेको छ । कागजी कानुनी प्रक्रिया सबै सकेर राष्ट्रिय योजना आयोगबाट प्राथमिकताको आयोजनाको मान्यता प्राप्त गरेको न्यौपानेले जानकारी दिए । २०७५ मंसिरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्रगति र भावी योजना बारे लगानीकर्ताहरुसंग भेटघाट थेगु र सुवनमा राखिएको थियो ।
२०७५ मंसिरसम्म राष्ट्रिय प्रसारणमा जोडिने उक्त आयोजनाको जगेड़ा शेयरमा आवेदन भर्नका लागि सम्पर्क ब्यक्तिहरु :-
सौल र् सुवन क्षेत्रका लागि -बालकृष्ण त्रिपाठी (०१०५९२७९५४३)
थेगु -नेत्र दुलाल (०१०७२६७६६२१)
किमे-रामचन्द्र ठकुरी (०१०४७६२०३९६)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...