कोरियको छिन्छनमा जनवरी ८ मा चलचित्र जात्रा प्रर्दशन गरिने


लिलु डुम्रे

सउल

यस बर्षको सफल चलचित्र जात्रा छिन्छनमा पनि प्रदर्शन गर्न लागिएको छ । २०१६ मा सर्वाधिक कमाउने चलचित्रहरुको श्रेणीमा पर्न सफल सिनेमा जात्रालाई छंग्जु क्षेत्रको छिन्छन शहरमा प्रदर्शन गर्न लागिएको हो । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले चलचित्र जात्रालाई जनवरी आठमा छिन्छनमा प्रदर्शन गर्न लागेको हो ।

छंग्जु क्षेत्रमा नेपालीहरुको बढी घनत्व रहेको छिन्छन शहरमा उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ । महासंघ शाखाले जात्रालाई सुबिधा सम्पन्न हलमा प्रदर्शनको प्रबन्ध गरेको छ । दर्शकहरुलाई सुबिधा सम्पन्न फिल्म हलको शो मार्फत थप मनोरञ्जन प्रदान गरिने महासंघ शाखाले जनाएको छ ।

छिन्छन बस टर्मिनलसंगै जोडिएको भवनमा रहेको मेघा बक्स सिनेमा हलमा जात्राको शो हुनेछ । अपरान्ह १२ बजे देखि चलचित्र प्रदर्शन शुरु हुनेछ । सोहि दिन स्थानीय कलाकारहरु मार्फत बिबिध सास्कृतिक प्रस्तुति पनि राखिएको व्यवस्थापक गुरुदेवले जानकारी गराए ।
नेपालमा बिगत एक महिना देखि हाउसफुल भइ चलिरहेको जात्रा दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रदर्शन हुदैछ ।

छिन्छनमा जात्रा चलचित्र प्रदर्शनको बारेमा सम्पर्क

गुरुदेव डुम्रे ०१० २१६५५२३१
सुनिल हमाललाई ०१० ५७०९६२२८

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...