Advertisement
SKIP THIS

कोरियामा एमएनयुको प्रथम भेला सम्पन्न, संयोजकमा किराती


‘आप्रवासी नेपाली एकता, शान्ति र समुन्नत नेपाल निर्माणको लागि–एमएनयु !’ मूलनाराका साथ माइग्रेन्ट नेपाली युनियन केन्द्रीय समितिको प्रथम भेला सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सौलस्थित सम्पन्न उक्त भेलाले मिलनकान्छा किरातीको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । भेला सम्पन्न पश्चात बसेको नयाँ कार्यसमितिको पहिलो वैठकले विभिन्न विभागको कार्य विभाजनसमेत गरेको छ ।
अलिक फरक तरिका अपनाएर खादा र व्याच प्रयोग नगरिएको सो भेलाको सभापति माइग्रेन्ट नेपाली युनियनका केन्द्रीय संयोजक मिलनकान्छा किराती र सबैलाई अतिथिको रुपमा आमन्त्रण गरिएको हो । भेलामा एनसीसी पूर्व अध्यक्ष तथा एमएनयु सल्लाहकार लोचन चाम्लिङ, उद्योगी, समाजसेवी ध्यान बहादुर राई, एनआरएन उपाध्याक्ष लक्ष्मी गुरुङ, आदिवासी जनजाति महासङ्घ अध्यक्ष चित्र मोक्तान, किरात राई यायोक्खा अध्यक्ष बालकृष्ण वान्तावा, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष काजी नेपाल, नेपाल पत्रकार महासङ्घ कोरियाका पूर्व अध्यक्ष अशोक मैनाली, सङ्घीय समाज कोरियाका अध्यक्ष महेन्द्र राई, नेपाल पत्रकार महासङ्घ कोरियाका वर्तमान वरिष्ठ उपाध्यक्ष रञ्जन कुँवर, खोटाङ सेवा समाजका अध्यक्ष अमृत राई, सञ्चारकर्मी पत्रकारहरु, ठकुरी समाजका अध्यक्ष, तामाङ सङ्घका अध्यक्ष, मगर सङ्घका अध्यक्षलगायत थुप्रै सामाजिक सङ्घ संस्थाका अध्यक्ष प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

आप्रवासी नेपालीहरुले विदेशमा सिकेको शीप र कमाएको पूँजीलाई सङ्गठित भएर नेपालमा लगानी गर्ने उद्देश्यले एमएनयु संस्था स्थापना भएको कुरा थाहा पाउदा आफुलाई निकै खुशी लागेको र यसको ठोस योजनामा सबैले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्दै छोटो शुभकामना मन्तव्य दिनुभएका पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष काजी नेपालले सबै सङ्ठित भएर नेपालमा लगानीको वातावरण बनाईदिन राज्यलाई आग्रह गर्नुपर्ने औल्याए । पूर्व एनसीसी अध्यक्ष तथा एमएनयु सल्लाकार लोचन चाम्लिङले आप्रवासी नेपाली एकजुट हुनसके प्रत्येक हप्ता नेपालमा साना, मझौला, ठूला उद्योगहरु सजिलै खुल्नसक्ने तर त्यसको लागि हरेक पार्टीको झण्डा त्यागेर सबैले नेपालको झण्डा उठाउनुपर्ने बताए ।
आदिवासी जनजाति महासङ्घ कोरियाका अध्यक्ष चित्र मोक्तानले शुभकामना मन्तव्य व्यक्त गर्दै राज्य अझै एकाङ्की ढङ्गले चल्न खोजेको कारण देश पछि परेकोले सबैको सहअस्तित्वलाई स्वीकार गरेर सबै हातेमालो गर्दै समृद्ध नेपाल निर्माणमा ढिला गर्न नहुने बताए । सो अवसरमा उद्योगी, समाजसेवी ध्यान बहादुर राई, किराया अध्यक्ष बालकृष्ण वान्तावा, सङ्घीय समाज कोरिया अध्यक्ष महेन्द्र राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले केन्द्रीय कार्यसमितिको संयोजकमा चयन गरेपछि मिलनकान्छा किरातीले तीन स, तीन तह र तीन आधारमा सङ्गठन व्यापक रुपमा अघि बढाउदै नेपालमा जिटीआईएस सिस्टमबाट लगानीको सुरुआत गर्ने फेजमा जाने बताए । उनले भने, हाम्रो संस्थासँग सिम्पल थेउरी र क्लिएर भिजन छ, न्युनतम अपेक्षा राज्यले हाम्रो केही समस्याहरुको एड्रेस गरिदिनु पर्छ भन्ने हो । बाँकी कार्य कसरी समृद्ध नेपाल निर्माणको दिशामा अघि जान सकिन्छ ? नेताले जस्तै यसरी र उसरी भन्दै भाषण गर्नु लज्जाको विषय भएको बताए । यस अभियानमा जोडिएर आफु रहेको देशका सबै नेपालीलाई सकेसम्म सङ्गठित गरेर समुन्नत नेपाल निर्माण अभियानमा जुट्न सम्बन्धित सबैलाई अपील समेत गरे ।

एमएनयु नव कार्यसमिति
संयोजकः मिलनकान्छा किराती
सहसंयोजकः देव क्षेत्री अमेरिका संयोजक
सहसंयोजकः दीपक पाठक
सचिव मानबहादुर विष्ट

सदस्यः टीका लिम्बु, सरदीप श्रेष्ठ, अमर अछामी, लोकेन्द्र बहादुर रोकाय, शिव मरहट्ठा, रोज लामा, राज राई, सीपी ओली, राज दोङ, भीम रोकाय, दील राई, प्रवेश रायमाझी, छिरिङ लामा, भीमप्रसाद काफ्ले, भोजराज चौधरी,लोकराज न्यौपाने, हेमन्त पुन, नुहाङ राई, लोकेन्द्र गरुङ, राजन जि.सी., मुकुन्दकृष्ण थापा, अमृत गिरी, कृष्ण लिम्बु हङकङ संयोजक, अमर लिम्बु, चन्द्र शेर्मा, रमेश दाहाल, रेशम लामा जापान संयोजक

सल्लाहकार
लोचन चाम्लिङ
ध्यान बहादुर राई

आर्थिक योजना तथा मानव संसाधन विभाग प्रमूखः टीका लिम्बु
अनशासन विभाग प्रमूखः भोजराज चौधरी
कृषि तथा पशुपालन विभाग प्रमूखः लोकेन्द्र बहादुर रोकाय, उपप्रमूखः रमेश दाहाल
उद्योग कलकारखाना विभाग प्रमूखः सरदीप श्रेष्ठ
प्रेस, प्रकाशन तथा प्रचार–प्रसार प्रमूखः अमर अछामी
कृषि, उद्योग इन्नोभेट्स, इन्भेष्ट विभाग प्रमूखः राजन जि.सी.
प्राविधिक तथा प्रविधि समन्वय एवं व्यवस्थापन विभाग प्रमूखः लोकेन्द्र गुरुङ

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...