कोरियामा दास्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


फोनिज कोरिया सम्बाददाता

सउल,

दक्षिण कोरिया स्थित नेपाली ब्याडमिन्टन खेल प्रेमीहरूको साझा संस्था नेपाल ब्याडमिन्टन संघ, दक्षिण कोरियाद्वारा यहि नोभेम्बर २७ का दिन आयोजित दास्रो ब्याडमिन्टन प्रतियोगिता भब्य रूपमा सम्पन्न भएको छ ।

राजधानी सउलको दोङदेमुन स्थित सङदोङ हाइ स्कुलको कभर्ड हल भित्र आयोजित उक्त प्रतियोगितामा ए ग्रेड सिंगल, डबल र बी ग्रेड सिंगल, डबल गरी कुल ४ इभेन्टमा खेलाइएको थियो । सबै इभेन्ट गरी लगभग ५० जनाले भाग लिएको उक्त प्रतियोगितामा ग्रेड ए को सिंगलमा अनील कुमार श्रेष्ठले प्रथम स्थान हासिल गरे भने नरेन नेम्वाङले दा्ेस्रो स्थान हासिल गरे ।

त्यसैगरि डबल तर्फ बिपिन गुरूङ र रूप गुरूङको टीम तमुधिँले पहिलो स्थान हासिल गरे भने दोस्रो टेक आले र नरेन नेम्वाङको इन्छन् ए टीमले दोस्रो स्थान हासिल गरेका थिए ।

त्यसैगरि ग्रेड बीको सिंगलमा प्रकाश मगरले प्रथम स्थान हासिल गरे भने नारायण श्रेष्ठले दोस्रो स्थान हासिल गरे । ग्रेड बी को डबल तर्फ ख्वाङ्जुबाट सहभागिता जनाउनु भएका जिन्ह्वा टीमले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रोमा इन्छन् बी भएका थिए ।

निक्कै नै सौहार्दपूर्ण रूपमा खेलाइएको उक्त प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडीहरूलार्इ संघका सल्लाहकार दिनेश हिराचन, रबिन तामाङ, नेपाल फुटबल संघ कोरियाका अध्यक्ष कृष्ण गुरूङ ब्रो, मोना कोरियाका अध्यक्ष लोक बानियाँ र ख्वाङ्जु नेपाली कम्युनिटीका अध्यक्ष सन्तोष पराजुलीले मेडल, ट्रफीका साथ प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...