Advertisement
SKIP THIS

कोरियामा नेपाल ब्याटमिन्टन संघ गठन, अध्यक्षमा विपिन गुरुइ०


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा रहेका नेपाली समुदायको बृद्धीसंगै खेलकुदको गतिविधी पनि बढ्दो छ । कोरियामा खेलकुदका विभिन्न क्षेत्रका राष्ट्रिय खेलाडीको संख्या बढ्न थालेपछि गत आइतबार नेपाल ब्याटमिन्टन संघ दक्षिण कोरियाको गठन भएको छ ।

सउलका व्यवसायी विपिन गुरुइ०को अध्यक्षमा गठित नेपाल ब्याटमिन्ट संघ दक्षिण कोरियाले गत आइतबार नेपाल हाउसमा चियापान कार्यक्रम गरी संगठनको परिचय गराएका छन् । नव गठित १७ सदसिय कार्यसमितिमा पाँच जना व्यवासायीहरु सल्लाहकार रहेका छन् । सल्लाहकारहरुमा ध्यान राई , भिम गुरुइ०, गिरीराज कुंवर, दिनेश हिराचन र खगेन्द्र गुरुइ० रहेका छन् ।

संघका अध्यक्ष गुरुइ० नेपालमा राष्ट्रिय भलिबल खेलाडी रहेका थिए भने कोरियामा पनि बाग्लुइ० भलिबलमा आवद्ध भएर एक दशकसम्म निरन्तरता दिनुभयो । हाल विगत ३ वर्षदेखि उनी कोरियाकै एक क्लबमा आवद्ध रहेर ब्याटमिन्टन खेलाडीको रुपमा सक्रिय छन् । कोरियामा हालसम्म ५ सय जति ब्याटमिन्टन खेलाडी रहेको अध्यक्ष गुरुइ०ले जानकारी गराउनुभयो । कोरियामा कामदारको रुपमा आएका युवाहरुलाई विदाको सदुपयोग गर्दै शारिरीक तथा मानसिक तनाब घटाउने र स्वच्छ मनोरञ्जन दिलाउने उद्देश्यले संघ स्थापना गरेको अध्यक्ष गुरुइ०ले थप्नु भयो ।

संघका महासचिव पुरु जोशीको पहलमा कोरियामा हालसम्म तेस्रोपटक ब्याटमिन्टन टुर्नामेन्ट गरिएको र यही नेभेम्बर २७ तारिख चौथो ब्याटमिन्टन प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुइ०ले जानकारी गराउनुभयो । खेलको स्तर अनुसार ए र वि समूह छुट्टाएर खेल खेलिने तयारी भइरहेको पनि उहाँले थप्नु भयो ।

नेपाल कोरिया ब्याटमिन्टन संघका पदाधिकारीहरुको नामावली निम्न अनुसार रहेको छ ।

अध्यक्ष  – विपिन गुरुइ०
उपाध्यक्ष – रुप गुरुइ०
उपाध्यक्ष – तेज आले
उपाध्यक्ष – भुपाल राई
सचिव   – पुरु जोशी
सह सचिव – मनोज चौधरी
कोषाध्यक्ष – रोहन सुब्बा
सह कोषाध्यक्ष – नरेन नेम्बाइ०
सदस्य – हुसन सुनुवार
”       – राम बहादुर उचाई
”     – शाही कुमार राई
”      – धमन काउचा
”     – लोक बानिया
”    – दिनेश राई
”    – मदन थापा मगर
”   – मोहन लिम्बु
”   – राजु लामा

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...