Advertisement
SKIP THIS

जनजाति महासंघको महाधिवेशन मंसिरमा


 

काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । महासंघ संघीय परिषदको बैठकले आउँदो मंसिर ११ देखि १३ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । महासंघको विधानअनुसार महाधिवेशन गत चैतमा सम्पन्न भइसक्नुपथ्र्यो । ‘आन्तरिक कारणले महाधिवेशन केही ढिलो भएको छ,’ महासंघका अध्यक्ष नगेन्द्र कुमालले  भने, ‘मिति तय भएको छ । केही दिनभित्र महाधिवेशनस्थल टुंगो लाग्छ ।

महासंघमा ५६ जातीय संस्था संलग्न छन् । हरेक तीन वर्षमा महाधिवेशनबाट जातीय संगठन प्रतिनिधिमध्येबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत कार्यसमिति चयन गर्ने गरिएको छ । यसअघि २०७० चैतमा चितवनको सौराहमा आठौं महाधिवेशन भएको थियो ।

महासंघले सरकारसित संघीय प्रदेश, स्थानीय तह, विशेष संरक्षित र स्वायत्त क्षेत्रको नामांकन आदिवासी जनजातिहरूको ऐतिहासिक, भाषिक, सांस्कृतिक पहिचानको आधारमा हुनुपर्ने माग राख्दै आएको छ । संविधानको धारा ८८ र १५६ अनुरूप समानुपातिक उम्मेदवारको बन्दसूचीमा निर्वाचित प्रतिनिधि छान्दा पहिलो हुने निर्वाचित हुने पद्धतिबाट जनसंख्याको अनुपातमा प्रतिनिधित्व भइसकेको जातजातिबाट नभई त्यसमा निर्वाचित नभएकाहरूलाई न्यूनतम एक जाति एक प्रतिनिधित्व सुनिश्चित गर्न पहिलो प्राथमिकता र निर्वाचित भए पनि जनसंख्याको अनुपातमा कम निर्वाचित भएको समुदायलाई दोस्रो प्राथमिकतामा राख्ने थप व्यवस्था गर्न भनेको छ ।

साथै, आदिवासी जनजातिलाई हरेक तहको निर्वाचित संस्थाको अतिरिक्त राज्यका सबै अंग र तहमा जातीय जनसंख्याको अनुपातमा समानुपातिक र समावेशी प्रतिनिधित्वको हक हुनुपर्ने माग राख्दै आएको छ । महाधिवेशनले यही विषयलाई जोडदार रूपमा उठाउने अध्यक्ष कुमालले बताए । -कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...