Advertisement
SKIP THIS

अनेसास कोरिया च्याप्टरको पदमा कृसबाबु गुल्मेली


फोनिज कोरिया सम्वाददाता
सउल,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) कोरिया च्याप्टरको अध्यक्ष पदमा कृसबाबु गुल्मेलीलाई चयन गरिएको छ । यसअघि अनेसासको अध्यक्ष पदमा कमलप्रसाद अर्याल र स्व. मनोजकुमार डाँगी रहेका थिए । तर अचानक मनोजकुमार डाँगीको असमायिक निधनपछि रिक्त रहेको अध्यक्ष पदमा अनेसास कार्यसमितिले कृषबाबु गुल्मेलीलाई चयन गरेको हो । खाली रहेको अध्यक्ष पदका लागि अनेसासले गत २७ तारिखसम्म खुला उमेदवारीको लागि आब्हान गरेको थियो ।

लामोसमयदेखि दक्षिण कोरियामा रहदै आएका गुल्मेली साहित्य लेखनमा सक्रिय रहदै आएका छन् । गीतकार, कवि तथा मोडेल गुल्मेली नेपाल कोरिया ट्राभल्स एण्ड टुरमा कार्यरत छन् ।
अनेसास कोरिया च्याप्टर भाषा- साहित्य, कला र संस्कृतीको उत्थान र विकास गर्ने अभिप्रायले नेपाली डायस्पोरामा रहेर सेवा गर्न इच्छुक सबै व्यक्तित्वहरु सम्मिलित अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो | सन २०१४ फेब्रुअरिमा अनेसास कोरियाको स्थापना भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को स्थापना सन् १९९१ मा संयुक्त राज्य अमेरिकाको कोलोम्बिया डिस्ट्रिकमा भएको थियो | यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टरको रूपमा सन् २००४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको स्थापना भएको हो |हालसम्म संसारका ३० देशमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ६५  वटाभन्दा बढी च्याप्टरहरु स्थापना भै क्रियाशील रहेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...