कास्की परिवार कोरियाको साधारणसभा स्थगित


सुरज गुरुइ०
सउल

कास्की परिवार दक्षिण कोरियाको अक्टोबर ३० तारिख आइतबार हुने भनिएको साधारणसभा विशेष कारणवश स्थगित गर्नुपरेको छ।

अक्टोबर ३० आइतबारको दिन नेपाल हाउसमा साधारणसभा गरिने भनेर विभिन्न संचार माध्यमहरुमा प्रचारप्रसार गर्दै तयारी गरिरहेको अवस्थामा सोही दिन नेपाल हाउसमै नेवा पुचस् द्वारा राष्ट्रिय पर्वको रूपमा प्रत्येक वर्ष मनाउदै आइरहेको ‘नेपाल सम्बत’ पर्व मनाउने भए पछि आपसी समझदारीमा कास्की परिवारले आफ्नो साधारणसभाको कार्यक्रम अर्को मिति तय नहुँदासम्म स्थगित गरिएको अध्यक्ष खोम गुरुङ्गले बताउनुभयो।

बिदेशी भूमिमा पनि हामी नेपालीहरुको संस्कार, संस्कृति, रीतिरिवाज र पर्वहरुको संरक्षण र सम्बर्द्धन गर्दै राष्ट्रको पहिचानको निमित्त नेवा पुचस्द्वारा आयोजना गरिएको नेपाल सम्बत सम्पूर्ण नेपालीहरुको राष्ट्रिय पर्व भएकोले यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य हो । त्यसैले आपसी सद्भाव, सहयोग र समझदारीको भावानाले उक्त दिन नेवा पुचस्को कार्यक्रमलाई सफल बनाउनको लागि कास्की परिवारको साधारणसभा नगरिने कुरा अध्यक्ष गुरुङ्गले जानकारी गराउनुभयो ।

यसबाट कस्केली दाज्युभार्इ तथा दिदीबहिनीहरु लगायत कास्की परिवारका शुभचिन्तकहरुमा पर्न गएको असर र असुविधा प्रती कास्की परिवार क्षमा याचना गर्दै छिट्टै नै कार्यसमितिको बैठकबाट अर्को मिति, स्थान र समय तय गरि  सूचना जारी गर्ने प्रतिबद्धता पनि यसै समाचार मार्फत अध्यक्ष गुरुइ०ले जाहेर गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...