कोरियामा आत्माहत्या गरेका डांगीका पत्नी र छोराले न्याय माग्दै दुतावासमा निवेदन दिए


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख आत्माहत्या गरेका व्यवसायी स्व. डांगीकी पत्नि रिता गुरुइ० डांगी र ठूलो छोरा आकाश डांगीले न्याय माग्दै कोरिया स्थित नेपाली राजदुतावासमा निवेदन दिएका छन् । स्व. डांगीको हत्याको आरोप लगाई आफूहरुलाई ज्यानमार्ने धम्की र विभिन्न मानसिक तनाब दिइरहेकोले सम्बन्धीत विषयलाई छानविन गरी न्याय पाउ भनी निवेदन हालेको पत्नि रिताले बताउनुभयो ।

कोरियन प्रहरी र अस्पतालको पोष्टमार्टम रिपोर्टले आत्माहत्या प्रमाणित गर्दागर्दै पनि निजकी आमा भिमकुमारी डांगी, दाजु सुमन डांडी र भाई सरोज डांगीले निजको श्रीमती रिता गुरुइ० डांगी र दुई छोराहरु मध्ये जेठा छोरा आकाश डांगीलाई विना प्रमाण बारम्बार हत्याको आरोप लगाई विभिन्न किसिमको यातना र ज्यान मार्ने धम्की दिइरहेको हुदाँ सम्बन्धीत विषयलाई छानविन गरी पीडितलाई न्याय दिन अनुरोध गरिएको निवेदनमा उल्लेख छ ।

मंगलबार दूताबासमा दर्ता भएको निवेदन बुधबार प्रक्रियाको लागि नेपाल परराष्ट्र मन्त्रालयमा पठाएको दूताबासका कार्यवाहक राजदुत किरण शाक्यले जानकारी दिनुभयो ।
स्व. डांगीका दाई सुमन डांगीले फोन वा म्यासेजमार्फत विभिन्न आरोप प्रत्यारोप लगाउदै गाली गलौज गरी मानसिक तनाब दिइरहेको दुखेसो पत्नि रिताले पोखे ।

डांगीको मृत्यु भएको भोलिपल्ट नै पत्नि रिता र ठूलो छोरा आकाशले हत्या गरेको किटानी जाहेरी सहित दूताबासलाई सम्बोधन गरी लेखिएको निवदेन दाई सुमनको फेशबुकबाट सार्वजनिक भएको थियो । तर दूताबासमा सो पत्र नआएको दुतावासले जनाएको छ ।

कोरियाको सामाजिक संजालहरुमा स्वा. डांगीको मृत्यु बारे भ्रम फैलाएको भन्दै पत्नि र छोराहरुबाट गम्भीर आपत्ती जनाएका छन् । कोरियामा मृतक डांगीको शबको फोटो विना अनुमति सार्वजनिक गरी गलत सूचना सम्प्रेशन भएकोले नेपालको परिवारबाट हामीलाई लगातार धम्की र मानसिक तनाब दिइदै आएको भन्दै निष्पक्ष छानविन गर्न अन्तराष्ट्रिय कानुनी उपचारमा जाने पत्नि रिताले बताउनुभयो ।

पति डांगी र आफू गुरुइ० जाती भएकाले अन्तरजातिय विवाहको कारण पनि नेपालको परिवारबाट बढी नै मानसिक दवावद दिने गरेको भन्दै २१ औ शताब्दीमा पनि जातिय विभेदको शिकार हुनु परेकोमा दुखी हुदै पत्नि रिताले घटना स्थल बुझन पुगेका केही व्यक्तिहरुबाट नै घटनाबारे सत्य तथ्य नबुझी गलत सूचना सार्वजनिक गरिएको आरोप लगाउनुभयो ।

यसरी मानव संवेदनाका विषयलाई विना अनुमति सार्वजनिक गरी विभिन्न टिक्का टिप्पनी गरेर आफुहरुको मानवअधिकार समेत हनन भएको पत्नि रिताको भनाइ रहेको छ । साथै आत्माहत्या नै भएको पोष्र्टमार्ट रिपोर्ट, सिसीटिभीको फुटेज र प्रहरीको प्रमाणपत्रहरु आफूसंग सुरक्षित रहेको भन्दै हत्याको आरोप निराधार रहेको दावी समेत उहाँले गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...