Advertisement
SKIP THIS

सकियो माम्फ


फोनिजकोरिया सम्वाददाता
छाङवन,
बुद्ध वाज बर्न इन नेपाल लेखिएको शब्दसँगै नेपालको प्राकृतिक सम्पदा झल्किने ब्यानरसहित नेपाली झण्डा फहराउदै लामबद्ध भएर आइतबार दुईसय भन्दा बढी नेपालीहरु परेडमा सहभागी भए । हरेक वर्ष दक्षिण कोरियाको ध्यङसाङनाम्दोको छाङवन शहरस्थित योङजी पार्कमा आयोजना हुदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला (माम्फ)को अन्तिम दिन विभिन्न मुलुकका संस्कृति झल्कने झाँकीसहितको बहुसाँस्कृतिक(धामुन्ह्वा) परेडमा सहभागी नेपालीहरुले नेपाली कला संस्कृति र पहिचान झल्कने गरी नेपाली भेषभूषामा सजिएर सहभागीता जनाएका थिए ।
नेपाल, मंगोल, बंगलादेश, भियतनाम, श्रीलंका, उजबेकिस्तान, इन्डोनेसिया, चीन, कम्बोडिया, थाइल्याण्ड, पाकिस्तान र फिलिपिन गरी १२ मुलुकको सहभागिता रहेको माम्फ महोत्सवको धामुन्ह्वा परेडमा फिलिपिनले ३० लाख वन सहितको प्रथम पुरस्कार पाउन सफल भएको थियो ।
त्यसैगरी कम्बोडिया दोस्रो तथा इन्डोनेसिया तेस्रो भएको थियो । दोस्रो र तेस्रो भएको मुलुकलाई क्रमशः २० लाख वन र १० लाख वन प्रदान गरिएको थियो । नेपाल सहित अन्य सहभागी मुलुकलाई सान्त्वना सहित ५ लाख वन नगद प्रदान गरिएको थियो ।
तीन दिनसम्म चलेको महोत्सवमा विभिन्न मुलुकको परिचय र चिनारी दिने किसिमका पहिरन, भेषभूषा, कला, संस्कृति झल्कने बस्तुहरुको प्रदर्शनीका साथै आआफ्नो मुलुकको खानाको परिकारहरु राखिएको थियो । त्यस्तै तीनदिनसम्म विभिन्न खेलका साथै स्थानीय तथा विदेशी कलाकारहरुले गीतसंगीत पस्केका थिए ।
कार्यक्रममा सहभागी हरेक मुलुकबाट आएका ख्यातीप्राप्त गायकगायिकाहरुले आइतबार साँझ हलमा आआफ्नो प्रस्तुति पस्केका थिए । यहि कार्यक्रमकै लागि नेपालबाट आएका लोकदोहोरी गायक बद्रंी पंगेनीले पनि आफ्ना दुई लोक गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।  नेपाली दुतावासबाट समेत सहभागिता रहेको कार्यक्रम स्थलमा सहभागी हुनको लागि टाढाबाट आउनेहरुलाई विभिन्न स्थानमा निशुल्क बसको व्यवस्था समेत गरिएको थियो ।

14536894_10207414909160012_378599895_o14573048_1368071283210825_9096638551738451536_n14495520_1368070476544239_3377160595098825030_n14555619_10209089120719155_1385595268_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...