कोरियामा रहेका नेपालीहरुलाई डा. बाबुराम भट्टराईको आग्रह


फोनिज कोरिया संवाददाता
सउल

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले कोरियामा रहेका नेपालीहरुलाई विकासको चेतना र स्रोतको पुञ्जी लिएर नेपाल र्फकन आग्रह गरेका छन् । अन्र्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले शुक्रबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै यस्तो भनेका हुन् ।

डा. भट्टराईले कोरियामा रहेका नेपाली कामदारहरु श्रमिक हैन विकासदूत भएकोले धन र शिप मात्रै हैन चेतनाको विकास गर्न आग्रह गरे । ४० वर्ष अघि हाम्रै हाराहारीमा रहेको कोरिया अहिले यस्तो विकास मूलक देश बनेकोमा तुलनात्मक अध्यन गर्दै कोरियको विकास र समृद्धीको प्रत्याक्ष पाठ सिक्ने अवसरको सदुपयोग गर्न आग्रह गरे । देश समृद्ध बनाउन धन मात्र हैन दिमागमा परिवर्तन आउन आवश्यक छ भन्दै भोली नेपाललाई समृद्ध बनाउन कोरियाबाट धन संगै चेतना लिएर आए त्यो नै ठूलो पुञ्जी , क्षमता र लगानी हुने बताए ।

डा. भटट्राईले नयाँ शक्ति सत्तामा पुगेपछि शासन व्यवस्थामा आमुल परिवतर्न गरी देशमा २ अंकको आर्थिक विद्धी दर गर्ने योजना रहेको स्पष्ट पार्दै हाल विदेशबाट भित्रिने लगानीलाई सानो पुञ्जीबाट निजी उद्योग खोल्दै आर्थिक विकास गर्न सकिने बताए ।  कोरियाबाट नगर र गाउँ स्थरमा विकासका काम गर्न सकिने सम्भावना देखाउदै केन्द्र स्तरमा १० मेघावडको विद्युत परियोजना र  गाउँ स्तरमा आ आफ्नो प्रदेशमा साना साना परियोजनाहरु बनाएर  आर्थिक विकासको शुरुवात गर्न सकिने सुझाव दिए ।

डा. भट्टराईले कोरियामा पनि राष्ट्रपति पार्क चुइ०ले १८ वर्ष लगातार शाशन गरेको बारे अन्य टिप्पणी यहाँ नगरौ तर देश विकास गर्न सहयोग पुगेको उदाहरण दिदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अपनाएर राजनीतिक स्थिरता गर्न सके मात्र देशको आर्थिक विकास हुन सक्ने बताए । कोरियाको विकास मोडललाई हुबहु उतार्न नसकेपनि सम्भावनालाई लिन सकिन्छ ।

कोरियामा पनि कहिले चिन त कहिले जापानबाट उपनिवेश बनेकोबेला , उतर र दक्षिण कोरियावीचको द्धान्द , मे १८ जस्ता अधिकारका आन्दोलनमा सबैभन्दा बढी मान्छेको मृत्यु भएको इतिहास छ ।
देशलाई स्वतन्त्र बनाउन र व्यवसथापन परिवर्तन गर्न लाखौले ज्यान दिएका छन त्यसैको जगमा देश विकास भएको छ भन्दै डां भट्टराईले हाम्रो पनि पटक पटकको आन्दोलनका शहिदहरुकै कारण देश विकासको लागि व्यवस्थापन परिवर्तन भइसकेको छ अब आर्थिक विकास गरी अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नयाँ शक्तिका प्रवास प्रदेश प्रमुख नवराज सुवेदीले राजनीतिक स्वतन्त्रता प्रारम्भ भइसकेको छ त्यसैले मरेको बाघको जुंगा समाएर हुदैन भन्दै पार्टी भनेको साधक र हतियार हो अन्त हैन भन्ने धारण रखे । कार्यक्रममा कोरियाका कार्यवाहक राजदूत किरण शाक्य र अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संयोजकले पनि आप्mनो धारणा राखेका थिए ।

कार्यक्रममा १ सय १८ जनाले पार्टी प्रवेश गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...