Advertisement
SKIP THIS

कतारमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु


होम कार्की
दोहा (कतार)-कामदार बोकेको माइक्रो दुर्घटना हुँदा चार जना कामदारको बुधबार बिहान कतारमा मृत्यु भएको छ । जसमा दुई जना नेपाली र दुई जना फिलिपिनो रहेका छन् । त्यसबाहेक अर्को छुट्टै घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिजा खनालको मृत्यु भएको छ । दुई जना नेपाली कामदारको हमाद अस्पतालमा उपचार भइरहेको छ । त्यसमा दुबै जनाको अवस्था गम्भीर छ ।

उनीहरु इम्को इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । डिउटीमा जानेक्रम ट्रकसँग ठोकिदा कतारको खररा क्षेत्रमा दुर्घटना भएको हो । मृत्यु भएका सब वक्रा अस्पतालमा राखिएको छ ।

नेपाली दूतावासका श्रम सहचारी लिलानाथ दाहाल र जनसम्र्पक अधिकृत ताजले गम्भीर भएका घाइतेहरुको अबस्था बुझ्न हमाद अस्पताल पुगेका थिए । सामान्य घाइते भएकाहरुलाई भने वक्रा अस्पतालमा राखिएको छ ।

मृत्यु भइसकेका सबैको पुरा विवरण खुलिनसकेको श्रम सहचारी दाहालले बताए । ‘हामीले थप विवरण बुझ्ने काम भइरहेको छ’, उनले भने,’कम्पनीलाई सबै विवरण पेश गर्न अनुरोध गरेका छौं ।’

अर्को फरक फरक दुर्घटनामा भक्ते कामी र सनी चमारको मृत्यु भएको छ । त्यस्तै भीमप्रसाद पोखरेल र रेवता नेपालीले आत्महत्या गरेका छन् । रहमान गुर्मा, रामबाबु लामा, मनोज राय हरिनी हृदयघात भएर मृत्यु भएको छ भने शिवहादुर तामाङ अल्लो स्थानबाट खसेर मृत्यु भएको छ । ‘उनीहरुको शव छिटो पठाउने ब्यबस्था गर्न कम्पनीलाई अनुरोध गरिएको छ,’ दाहालले भने । ती शव हमाद अस्पतालमा राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...