Advertisement
SKIP THIS

कतारमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु


होम कार्की
दोहा (कतार)-कामदार बोकेको माइक्रो दुर्घटना हुँदा चार जना कामदारको बुधबार बिहान कतारमा मृत्यु भएको छ । जसमा दुई जना नेपाली र दुई जना फिलिपिनो रहेका छन् । त्यसबाहेक अर्को छुट्टै घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिजा खनालको मृत्यु भएको छ । दुई जना नेपाली कामदारको हमाद अस्पतालमा उपचार भइरहेको छ । त्यसमा दुबै जनाको अवस्था गम्भीर छ ।

उनीहरु इम्को इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । डिउटीमा जानेक्रम ट्रकसँग ठोकिदा कतारको खररा क्षेत्रमा दुर्घटना भएको हो । मृत्यु भएका सब वक्रा अस्पतालमा राखिएको छ ।

नेपाली दूतावासका श्रम सहचारी लिलानाथ दाहाल र जनसम्र्पक अधिकृत ताजले गम्भीर भएका घाइतेहरुको अबस्था बुझ्न हमाद अस्पताल पुगेका थिए । सामान्य घाइते भएकाहरुलाई भने वक्रा अस्पतालमा राखिएको छ ।

मृत्यु भइसकेका सबैको पुरा विवरण खुलिनसकेको श्रम सहचारी दाहालले बताए । ‘हामीले थप विवरण बुझ्ने काम भइरहेको छ’, उनले भने,’कम्पनीलाई सबै विवरण पेश गर्न अनुरोध गरेका छौं ।’

अर्को फरक फरक दुर्घटनामा भक्ते कामी र सनी चमारको मृत्यु भएको छ । त्यस्तै भीमप्रसाद पोखरेल र रेवता नेपालीले आत्महत्या गरेका छन् । रहमान गुर्मा, रामबाबु लामा, मनोज राय हरिनी हृदयघात भएर मृत्यु भएको छ भने शिवहादुर तामाङ अल्लो स्थानबाट खसेर मृत्यु भएको छ । ‘उनीहरुको शव छिटो पठाउने ब्यबस्था गर्न कम्पनीलाई अनुरोध गरिएको छ,’ दाहालले भने । ती शव हमाद अस्पतालमा राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...