Advertisement
SKIP THIS

कोरिया–नेपालमैत्री अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता


रासस
भक्तपुर । मध्यपुरथिमी नगरपालिकाद्वारा मध्यपुरथिमीमा सञ्चालित कोरिया–नेपालमैत्री अस्पतालमा आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता लिएका छन् ।

स्वतन्त्र कर्मचारी युनियनले चारबुँदे माग राखेर बुधबारदेखि आन्दोलनमा उत्रिएपछि अस्पताल व्यवस्थापन एवम् प्रशासनले कर्मचारीका माग पूरा गर्ने सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो ।

युनियनका अध्यक्ष बच्चुराम थापाले भने, ‘अस्पतालको कार्यकारी समिति र कर्मचारी युनियनका प्रतिनिधिबीच आज भएको वार्ताको सहमतिबमोजिम अस्पताल प्रशासनले अस्थायी कर्मचारीलाई स्थायी गर्न प्रक्रिया अगाडि बढाउने, पदपूर्ति समिति तत्काल गठन गर्न, सञ्चालक समिति पुनर्गठन गर्ने र यही भदौ २० गतेदेखि अस्पताल कार्यसमितिले बिरामीको सेवा शुल्कमा वृद्धि गर्ने निर्णयमा पुनर्विचार गर्ने सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लियौँ ।’

चारसूत्रीय माग राख्दै दुई वर्षदेखि कर्मचारी एवम् अस्पतालको हकहितको पक्षमा माग राखे पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै युनियनले मध्यपुर थिमी नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीलाई बुधबार मागपत्र बुझाएर आन्दोलन सुरु गरेको थियो ।

मध्यपुर थिमि नगरपालिकाका वरिष्ठ कानुन अधिकृत केशव सिलवालले कर्मचारीका सबै मागलाई क्रमशः सम्बोधन गर्दै जाने सहमति भएको जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...