बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाको गतिविधि


एक थुकी सुकी सय थुकी नदी भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै प्रवासमा रहेर पनि आफ्नो देश र समाजको लागि केही गर्ने सपना लिएर स्थापना भएका सामाजिक संघसंस्थाहरु कोरियामा प्रसस्तै छन् । जसमध्ये सामाजिक कार्यमा सक्रिय बाग्लुङ् सम्पर्क समिति पनि एक हो । आपत विपतमा परेका बालुङ्बासी तथा नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले सन् २००१ मा स्थापित बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाले हालसम्म थुपैं सामाजिक कार्यहरु गरिसकेको छ । कोरियामा कार्यरत लक्ष्मण पुन र श्याम छन्त्यालको पहलमा इन्छनमा ४० जना बाग्लुङ्बासीहरुको भेलाबाट स्थापित संस्थाले प्रवासी भूमिमा प्रवाशी नेपाली बिच सुमधुर सम्बन्ध स्थापना गर्दै बिभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

त्यसैगरी खेलकुदको विकासका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको समितिले नेपाली संस्कृतिको प्रचार प्रशार गरि कोरियन पर्यटकहरुलाई नेपालमा आकर्षण गराउन पहल गर्ने र गृह जिल्ला बाग्लुङ्ग तथा नेपालकै बिभिन्न क्षेत्रमा दैबि प्रकोप,बाढी पहिरो तथा शिक्षा,स्थास्थ्य र पर्यटन जस्ता क्षेत्रहरुमा सक्दो सहयोग प्रदान गर्दै आएको छ । त्यस्तै दक्षिण कोरियामा बिभिन्न पेशा र ब्यवसाय र रोजगारमा आएका नेपालीहरुमा पर्ने दुखद दुर्घटना, मृत्यु, बिरामी तथा नेपालमा हुने दुखद दुर्घटना बाढी पहिरो तथा ठुला बिरामीहरुलाई समेत सहयोग गर्दै आएको छ । साथै यहाँ दक्षिण कोरियामा हुने सुखद कार्यहरुमा पनि सहयोग सहभागि र सहकार्य गर्दै आएको छ । सहयोग गर्ने क्रममा केहि बर्ष पहिले बाग्लुङ्ग निवासी होम छन्त्यालको हात मेसिनमा परि एउटा हात गुमाएका थिए । उनको उपचारको लागि समितिको सक्रियतामा करिब ४० लाख कोरियन वन संकलन गरि सहयोग प्रदान गरेको भने सन २००८ मा बाग्लुङ्गको पाण्डबखानी रमुवामा गएको पहिरो पिडित लाई रु ५० हजार सहयोग संकलन गरि पठाएको थियो ।

बाग्लुङ्ग सम्पर्क समिति स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकोले आपत बिपतमा परेका नेपालीहरुलाई संस्थाले सकेको साना ठुला सहयोग नियमित रुपमा गर्दै आएको छ । संस्थालाई आर्थिक रुपमा बलियो बनाउनको लागि केहि आर्थिक नीतिहरु लिई कार्यान्वयन गरियो । जस्तै, कोरियामा कार्यरत बाग्लुङ्गबासीहरुबाट मासिक लेबिको सट्टा एकमुष्ठ १लाख कोरियन वन (नेपाल जाने बेलामा फिर्ता हुने)संकलन गरि आन्तरिक रुपमा परिचालन गरिएको छ । जसमा १३० जना भन्दा बढि सदस्यहरु सहभागि छन् । यसबाट प्राप्त ब्याजले संस्था संचालन गर्न आर्थिकरुपमा धेरै सहज भएको छ । त्यस्तै अन्य आयमुलक कार्यमा भलिबल प्रतियोगिताको आयोजना ५ पटक गरियो । सन २००८ फेब्रुरीको सलनालमा धौलागिरी सांगितिक सौगात भाग १ सफलता पूर्बक सम्पन्न गरि ३० लाख वन बचत गरेको थियो । सोही रकममा बाग्लुङ्गवासी लगायत अन्य नेपालीहरुबाट समेत रकम संकलन गरि २०१२ को जनवरिमा धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा रु ५ लाख ५० हजार  को विशेष स्वास्थ्य सेवा अक्षयकोष स्थापना गरिएको छ । बाग्लुङ्ग बुर्तिबाङका बिरामी हिरामति घर्ति मगरलाई जाल पुन र बाग्लुङ्ग सम्पर्क समितिको पहलमा रु १ लाख संकलन गरि सहयोग प्रदान गरिएको छ भने २ जनालाई जहाज टिकट काटेर नेपाल पठाइएको छ ।

त्यस्तै सन् २०११ को अक्टुबरमा बाग्लुङ्गको रेशमा गएको पहिरोबाट ५जनाको मृत्यु भएको र दर्जनौ महिला गम्भिर घाईते भएकाले घटना भएको ४ दिनमै  पहिरो पिडितलाई रु १ लाख ६७ हजार सहयोग प्रदान गरेको थियो । २०१२ अप्रिलमा बाग्लुङ्ग शिशाखानीका मृगौलाका बिरामी रेवति पौडेल लाई रु २८००० संकलन गरि पठाउनुका साथै  बाग्लुङ्ग जैदिका मृगौलाका बिरामी हेम राना लाई रु ५०,००० संकलन गरि सहयोग गरिएको छ । २०१२मा कास्कीको सेती नदिमा आएको भिषण बाढीबाट करोडौंको जन धनको क्षति भएकोले कास्की परिवार कोरियाले राहत स्वरुप सहयोग संकलन अभियान चालेकोले बाग्लुङ्ग सम्पर्क समितिद्वारा पनि ३ लाख ६० हजार वन प्रदान गरिएको छ । सन २०११ को फेब्रुरी २ सलनालमा तत्कालीन बिश्वको सबै भन्दा होचो ब्यक्ति श्री खगेन्द्र थापा मगरलाई रात्रीभोजको साथमा सम्मान सहित ५ लाख वन र जिन्सी उपहार प्रदान गरिएको थियो । २०१२ को सेप्टेम्बर ३० मा धौलागिरी सांगितिक सौगात भाग २ कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ र यस कार्यक्रमबाट १ करोड ८० लाख कोरियन वन झण्डै १४ लाख रुपयाँ बचत भएको छ । यस कार्यक्रमको उद्देश्य अनुसार नै बाग्लुङ्ग जिल्लाको दुर्गम क्षेत्रमा शैक्षिक बिकाश गर्न विद्यालयको भवन निर्माण गर्नको लागि रु ५ लाख रुपयाँ बिनियोजन गरिएको छ भने कोरियाको लागि आपतकालिन राहतकोष निर्माण गर्नको लागि ५० लाख कोरियन वन (करिब ४ लाख रुपयाँ) बिनियोजन गरिएको छ ।

त्यसैगरी बाग्लुङ्गको बोगादोभानमा रहेको जनजागृति उच्च माविमा कोरियाबाट १५ लाख रुपैया र बाकी रकम विद्यालयले व्यहोर्ने गरी १८ लाख रुपैयाको लागतमा ३ कोठे पक्की भवन निमार्ण हालै सम्पन्न भइसकेको छ । त्यस्तै गतवर्ष गलकोट समाज जापान र बाग्लुङ्ग सम्पर्क समिति दक्षिण कोरियाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई करिव २० लाख रुपैयाँ सहयोग गरि एम्बुलेन्स संचालन गरिरहेको छ । जसलाई दिगो रुपमा संचालन गर्नको लागि १० लाख रुपैयाँको अक्षय कोषको समेत स्थापना गरिएको छ ।

यसरी बाग्लुङ्ग सम्पर्क समिति दक्षिण कोरियाले कोरियामा रहेर आपतविपतमा परेका प्रवासी नेपालीमात्र नभइ नेपालको ग्रामिण भेगमा रहेका स्वास्थ्य, शिक्षा र दैविप्रकोप जस्ता आपतविपतमा साथ र सहयोग दिदै आएको छ । आगामि दिनहरुमा पनि विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुका साथै प्रभावकारी कार्यमा सदैव अगाडि बढिरहने छ ।
(लेखक बाग्लुङ् सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हुन् ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...