नेपाली महिलाको एकताको प्रतिकको रुपमा तिजलार्इ लिएकी छु : मल्लिका थकाली


राप्तीको तुल्सिपुर दाङमा बुबा स्व. ओम बहादुर श्रेष्ठ र आमा स्व.बाल कुमारी श्रेष्ठको कोखबाट बि.सं.२०२४ मा उहाँको जन्म भएको हो । मुस्ताङ मार्फा निवाशी स्व.वसन्त कुमार हिराचन संग बि.सं. २०३८ मा बिबाह बन्धनमा बाधिंनुभएकी थकालीको दुई छोरा र दुई छोरी छन् ।

सात बर्ष अघि कोरिया आउनुभएकी थकाली नेपालमा रहंदा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।कोरिया आगमनसंगै आदिबासी जनजाती महा संघ कोरिया शाखाको सदस्य भएर सुरुवात भएको सामजिक जीवन थकाली सेवा समाज, नेवा पुच, राप्ती सम्पर्क समिती, वुमन फर वुमन आदि आधा दर्जन संघसंस्थामा रही थकाली सेवा समाज,नेपाल जनजाती महासंघको उपाध्यक्ष रहनुभएकी थकाली एन आर एन र एन सिसिको सल्लाहकार पनि हुनुहुन्छ । 

प्रवाशमा महिलाहरुको हक अधिकार र समस्या समाधानसंग प्रत्यक्ष सरोकार र सहयोग गर्ने मात्र नभई नेपाली समुदायको संघ संस्थासंग हातेमालो र सहकार्य गर्न हरपल तत्पर रहेकी छिन् ।

कोरियामा सबैको साझा दिदी भनेर परिचित महिलाहरुको साझा संस्था वुमन फर वुमेन कि अध्यक्ष थकालीसंग तिज बिशेष अन्तरङग भलाकुसारी  ‘ऐश्वर्य श्रेष्ठ’ले गर्नुभएको अन्तरवार्ता ।

१.तिज र यसको महत्व बारेमा तपाईंको धारणा ?

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज नेपाली महिलाहरूको महत्वपूर्ण चाड हो । यो चाड नेपालका प्रायस् सबै समुदाय, जातजातिले हर्ष एवं उमङ्गका साथ मनाउँदै आएका छन् । तीजको पर्खाइमा विशेषगरी विवाहित महिला हुन्छन् भने यो अवसरमा बालबालिकादेखि वृद्ध तथा पुरुषहरूसमेत खुसी हुन्छन् ।

२. तिजमा व्रत किन बस्ने गरिन्छ ?

महिला दिदीबहिनीहरुले–आफ्नो श्रीमानको सु स्वास्थ्य र दीर्घायुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् ।यो रितिरिवाज परम्परादेखि चल्दै आएको एक धार्मिक आस्था र बिश्वाश पनि हो ।

३.तिजको महत्वपुर्ण पक्ष र बिशेषता के होला ?

यो हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व हो ।यस पर्व बिशेष गरेर नारी९महिला० हरुको एक बिशेष चाड भएकोले यस पर्वले नारिहरुलार्इ एकजुट भएर आफ्नो बर्ष भरिको पिर ब्यथा भुलेर साथीसंगीहरुसंग रमाउने अवसर मिल्छ।दर खान टाढा टाढाबाट माईत जाने गरिन्छ ।

४. नेपालमा हुँदा तिज कसरी मनाउनु हुन्थ्यो ?
तिजमा हामी बिबाहित महिलाहरु प्राय आफ्नो माइत जाने दर खाने र व्रत बसेर मन्दिरमा सबैजना जम्मा भएर सबैले आ आफ्नो बेदना र पिडा गित मार्फत ब्यक्त गरी नाचगान गरि हर्सोलाषपुर्वक मनाउने गर्दथियौं ।

५.तपाईं बिदेशी भुमिमा हुनुहुन्छरु यहाँ चाहिँ कसरी मनाउनु हुन्छ अथवा मनाउने तयारिमा हुनुहुन्छ ?
बिदेशमा रहे पनि हामिले आफ्नो परम्परा र संस्कृति जोगाउन हाम्रो महिलाहरुको साझा संस्था वुमन फर वुमेनले प्रत्येक बर्ष कोरियामा रहनु हुने महिला दिदिबहिनिहरु र कोरियाको सम्पुर्ण नेपाली समुदायको संघ संस्थाको उपस्थितिमा नेपाली परिकार खाने , नाचगान गर्ने र औपचारिक कार्यक्रम गर्दै मनाउदै आइरहेका छौ ।पहिले होटल रेष्टुरेण्टमा गर्दै आएको थियौं यो पटक भने नेपाल हाउसमा सेप्टेम्बर ४ मा हामी तीज मनाउने तयारीमा जुटेका छौं ।

६.आजकाल संस्कृतिको नाममा बिकृती पनि बढ्दै गइरहेको छ ।यसको बारेमा केही बताइदिनु हुन्छ कि?

अवश्य पनि हाम्रो देशमा अहिले पश्चिमा संस्कृतिको बढ्दो प्रभाब छ १आफ्नो चल्दै आइरहेको मौलिक संस्कार र संस्कृतिलाई हाउभाउ मोर्डन तरिकाले मनाउने, तिजको गित र भिडियोहरु पनि उच्शृन्खल निकाल्ने, तिज आउनु महिना दिन अघि देखि मनाउन थाल्ने , पर्वको नाममा घर परिवारमा समस्या सृजना गर्ने , देखासेखी जस्ता केही समस्या देख्न र सुन्नमा आइरहेको छ । यस्ता नकारात्मक पक्षलाई निरुत्साहित बनाउन सकेमा मात्र मौलिक परम्पराको जगेर्ना गर्न सकिन्छ।

७.यस चाडले समाजमा दिन सक्ने सकारात्मक संदेश के होला ?

मेरो बिचारमा सबै भन्दा बिशेष सकारात्मक सन्देश नारीहरुको एकताको रुपमा लिन्छु।हामी जहाँ रहेपनी अथवा जुन्सुकै ठाँउका भएपनी नेपाली महिला दिदिबहिनिहरु एकजुट भएर एकआपसमा दुस्ख सुख साटदैं आत्मियता बढाउने गर्छौं ।एक अर्का प्रतिको रिस राग त्यागेर रमाइलो नाचगान गरेर मिलनको सुरुवात गर्नुका साथैं सबैले एक अर्का प्रती सम्मान,सहकार्य, बिश्वास र सद्भाव देखाउनु आदि सकारात्मक पक्ष हो । यसले समाजमा राम्रो संदेश दिन्छ झै लाग्छ।
८.तपाईको संस्थाले कस्तो सामाजिक भुमिका निर्वाह गर्दै आईरहेको छ ?

हाम्रो संस्था एउता सामाजिक संस्था र सामाजिक उतरदायित्व बोकेको हुनाले पक्कै पनि कोरियामा नेपाली समुदायको हरेक सामाजिक गतिविधि र कृयाकलापहरुमा प्रत्यक्ष अप्रत्यक्ष सरोकार राखिरहेका नै हुन्छौं ।वुमन फर वुमेन महिला हित, अधिकार र आपत्कालिन घडीमा सहयोग साथ र राह्त प्रदान गर्नु नै प्रमुख उदेश्य रहेको छ।महिलाहरुको समस्या हल गर्न, सामाजिक सहकार्य, महिला शशक्तिकरण कार्यक्रम र महिला एकताको निम्ति कोरियामा रहनु हुने महिलाहरुको साझा चौतारिको रुपमा पनि यो स्थापित छ।

९.हाल संस्थाले संचालन गरिरहेको गतिविधि र भाबी योजना बारेमा पनि केही प्रष्ट पारिदिनु हुन्छ कि ?

संस्थाले महिलाहरुको काम छोडेर अथवा बिबिध कारणबस कम्पनी छोडेर बाहिर बस्नु पर्दा धेरै समस्या आएकोले गर्दा सौलस्थित दोङ्देमुनमा बिगत केही बर्ष देखि समस्यामा परेको नेपाली दिदिबहिनिहरुलाइ खान बस्न मिल्ने एउता सेल्तर संचालन गर्दै आइरहेका छौ।
प्रत्येक महिनाको अन्तिम आइतबर कोरियन संस्थाको सहकार्यमा निशुल्क मेडिकल क्याम्प पनि संचालन गर्दै आइरहेका छौ । अन्य आपत बिपतमा समस्यामा परेकोलाई उद्दार सहयोग र हरेक सामाजिक क्षेत्रमा सबैसँग सम्मान सहकार्य गर्दै अझ आउदा दिनमा सेल्टरलाई दिर्घकालिन ब्यबस्थित बनाउने र रचनात्मक कार्ययोजना तर्फ निरन्तरता दिने सोच छ।भाषा पनि पढाउने गरेका छौं ।

१०.अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा देश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाइ दिदिबहिनिहरुमा आउदै गरेको हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।आजसम्म संस्थालाई स्थापना गरेर यो अबस्था सम्म पुर्याउन अमुल्य सहयोग र देन पुर्याउने अग्रज सहकर्मी र शुभचिन्तक सबैमा आभार प्रकत गर्दछु।आउँदा दिनमा पनि यहाँहरुको सल्लाह सुझाब लिएर काम गर्दै जाने प्रण गर्दछु।कतिपय दिदिबहिनीहरुलाई वुमन फर वुमन छ भन्ने थाहा छैंन् तसर्थ सेप्टेम्बर ४ तारिख नेपाल हाउसमा महिला दिदिबहिनीहरुलाई उपस्थित भैंदिन निम्तो पनि गर्दछु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...