कोरियामा तीजको रमझम शुरु


सउल ,

शनिबार साँझ । सुवनको सांग्रीला रेष्टुरेण्टका संचालक लोक राई खुबै ब्यस्त थिए । किचनमा आलुको आचार, पकौडा, कुखरा र खसीको मासु, पुलाउ जस्ता परिकार पाक्दै थिए । उनले रेष्टुरेण्टमा अरु दिनको भन्दा बढि र नेपाली पाराका परिकार तयार पार्दै थिए । यो सबै चाजोपाँजो मिलाउनुको कारण थियो नेपाली चेलीहरुको तीजको अबसरमा दर खाने कार्यक्रम ।

साँझ छिप्पिदै गए पछि नेपाली महिलाहरुको भीड बाक्लिदै गयो । रातो सारी, लेहेंगा, चुरा पोते अनि सिन्दुरमा सजिएर उनीहरु तीज मनाउन तयार भएका थिए । वातावरण हेर्दा कोरियामा नभएर नैपालमा सामुहिक रुपमा दर खान महिलाहरु भेला भएका जस्ता देखिन्थे ।

विदेशी भूमिमा वर्षभरि गरेको दुख विर्सदै तीज मनाउन, नाच्न गाउन उनीहरु भेला भएका थिए । बुट्टेदार लेहेंगामा चिटिक्क परेकी रेश्मा राईले यो कार्यक्रमलाई संयोजन गरेकी हुन् । अरु बेला दुःख गरे पनि तीज नेपाली महिला दिदीबहिनीहरुको चाड भएकोले मनाउन लागेको बताइन् । ‘बर्षको एक पटक आउने चाडमा रमाइलो गर्नु पर्छ ।’ उनले थपिन् ।

केही नास्ता खाए पछि ठूलो स्वरमा तीजका गीत बज्न थाले । जम्मा भएका महिलाहरुले कम्मर मर्काइ मर्काइ नाच्न थाले । अरु दिन ब्यस्त भए पनि आज भिमा तुलाचन पनि नाच्नमा ब्यस्त थिइन । नाचेर थाकेपछि उनले सुनाइन ‘यो चाडले रमाइलो बनाउँछ । विदेशमा बस्ने हामी दिदी बहिनीलाई भेटघाट गराउँछ । मनका दुःखसुखका कुराकानी हुन्छ ।’ तुलाचनको भनाईलाई समर्थन गरिन सारा गुरुङले पनि । ‘यसरी नेपाली दिदीबहिनी भेट हुँदा नयाँ इनर्जी प्राप्त हुन्छ । छुट्टै आनन्द हुन्छ ।’

कोरियामा नेपाली महिलाहरुले एक हप्ता अघि नै तीज कार्यक्रम मनाए पनि नेपालमा भने सेप्टेम्बर ४ तारिखमा यो चाड मनाइदै छ । यस दिनमा नेपाली महिलाहरु पतिको सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै निरहार ब्रत बस्दछन् । उनीहरु नजिकैको शिवालयमा गई पुजा गरि तीज मनाउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...