बर्षा


‘बर्षाको बेलामा चर्केर घाम लागे दर्केर पानी पर्छ,’ आमा भन्थिन् । कहिले कही गोठालो जाने मलाई उनी सल्लाह दिन्थिन् सके घुम लैजा, नभए छाता लैजा नभए पनि प्लास्टिक लैजा । मलाई घाम लागेको बेला यस्तो कुरा बोक भन्ने उनको कुरामा दम देख्दैनथेँ । मलाई खाली हात दौडिदै हिड्न खुब मज्जा लाग्थ्यो । त्यसैले केही नबोकी दौडिन्थेँ ।
गोठमा दुई बेत भैसी सधै हुन्थ्यो । लइनो र बकेर्नो । यसो हुँदा घरमा दुध दही सधै हुने । गाउँ भरिका सबैका गोरु हुने । त्यसैले हाम्रो घरमा एक हल गोरु थिए । भैसीको पाडा पाडी गरि सात आठ ओटा गाईभैसी हेर्ने जिम्मा गोठालो जानेको हुन्थ्यो ।
घाम लाग्दा लाग्दै शैलुङ डाँडा तिरबाट बादलका उडेर आउँथ्यो । लौ मार्यो । पानी पर्छ कि के हो ? सोच्दा सोच्दै बादलले आकाश ढाक्थ्यो । घाम कता हो कता । पानी त नपर्ला । बर्षाका रुखका पातमा फ्याट फ्याट गर्दै ठूला ठूला थोपा पानी झर्न थाल्थ्यो । लौ कता जाने ? सल्लाको रुख मुनी पस्नु कि उतिसको ? मनले यसो सोच्दा सोच्दै पानी दर्किन्थ्यो । पानीको दुईचार थोपाले भिजाउँदै गर्दा आमा घुम ओडेर हातमा छाता बोकेर आउँथिन् स्यास्या गर्दै । छाता बोक भन्दा नबोक्ने । कुकुर । मेरो भन्नु केही थिएन । कसरी जानिन पानी पर्छ भनेर ?
बर्षाको बेला भरपर्दो ओडान घुम हुन्थ्यो । घुम गाउँमै बनाउन सकिन्थ्यो । सालको पात र चोयाबाट । हाम्रो गाउँमा सालको रुख थिएनन् । छैनन् । सालको पात टिप्न बेसीमा झर्नुपथ्र्यो । बा बेसीमा पुगेर पात टिपेर ल्याउथे । चोया गाउँमै पाइन्थ्यो । सालको पातलाई मिलाएर चोयामा राखिन्थ्यो । अनि तयार हुन्थ्यो पानी छेक्ने घुम ।
घुम ओड्नका लागि भरपर्दो भए पनि बोक्नको लागि भने झन्झटिलो हुन्थ्यो । एक त निक्कै भारी । अर्को म सानो फुच्चे । कस्ले दुःख गरोस ?
छाता बोक्न अलि सजिलो थियो । ओड्नका लागि घुम जति भरपर्दो नभए पनि । तर यो घुम जस्तो सजिलै हाम्रा गाउँमा तयार हुदैनथ्यो । छाता किन्नका लागि एक दिन हिडेर तामाकोशीबजार या मुडेबजार पुग्नु पथ्र्यो । अनि गतिलै पैसा पनि तिर्न पथ्र्यो । महंगो छाता बिग्रिए बाको बाघे झापु पाइने डरथ्यो । यत्रो रिक्स किन लिने ? छाता बोकेन कुरै खतम ।
मैले छाता बोक्दै नबोकेको भने होइन । तर ती मेरा लागि फापेनन् । बाले भरखरै बजारबाट छाता ल्याकाथे । कालो १६ वटा करंग भाको । ठूलो र महंगो । त्यो छाता बा भन्दा अरुलाई बोक्ने अनुमति थिएन । बा पानी नपरे पनि छातालाई ढाडमा बोक्थे । इस्टकोटमा झुन्ड्याएर ।
एक दिन के परे कुन्नी बाले छाता बोकेनछन् । मेरो पालो पर्यो भैसी चराउने । सधै झै आमाले पानी पर्दा ओड्ने केही लिन भनिन् । मैले बाको स्टकोटमा झुन्डिने छाता बोकेँ । बाकै शैलीमा । छाताले भुँइ छोयो । तै पनि मैले ढाडमै  अड्याएर बोके । आमाले केही भनिनन् ।
दिउँसो घाम लाग्यो । बोकेको छाता के गर्नु ? खोलेँ । ठूलो थियो । एक छिन ओढेँ । शितल भो । अनि छाता खोलेरै घुमाएँ रमाइलो लाग्यो । फेरी घुमाएँ झन रमाइलो लाग्यो । अनि त मेरो काम भैसी चराउनु होइन छाता घुमाउनु मात्रै भयो । दिन भरि छाता घुमाए पछि बेलुकी घर फर्किने बेलामा छाता बन्द गर्न खोजेको बन्द हुदैन् । जति बल लायो बन्द हुदै हुदैन । भए जतिको बल लाउँदा छाता त बन्द भयो भएको १६ करङले बाहिरको छाताको कपडालाई च्यद्दै निस्कियो । अव मसँग भएको बिकल्प भनेको रुनु मात्र हो । राएँ ।
डरत्रास थियो । के गर्नु ? गाईभैसी लान पर्ने । म रोको रोई । आमा ढिलासम्म भैसी गोठमा नआएकोले खोज्दै आउदै रैछिन् । म एकोहोरो रोएको छु रोएको छु । आमा त डराइछिन् । के भयो ?
मैले कही भनिन ।
के भयो ?
चुप ।
भुत लाग्यो कि के हो भुतेघारीमा एक्लै नजा भन्दा मानिनस् । कता दुख्यो ?
होइन ।
के भो त ?
बिहान बाको शैलीमा बोकेर आको छाता देखाएँ । महंगो छाता च्यतिदा भक्कु गाली अझ बढि थप्पर पनि पाइने हो कि भन्नेथ्यो । आमाले भनिन् ल ल नरो । नयाँ आउछ नी ।
अघिसम्म त्यत्रो मनमा डरथ्यो । कति बेर त आँखामा आँशु थिएन । मनमा डरथ्यो । त्यसैले ह्याँ ह्याँ भनेर पनि बसियो । बेकार रोइएछ ।
बेलुकी घरमा बाआए पछि आमाले मिलाएर भनिन् । दिउसो यो भैसी चराउँदा कस्सेर लडेछ । ढंग नै छैन । लडेर छाता नै खुस्काएछ । आमाले मिलाएर भनिन् । अझ थपिन कसो हात नै भाँचेन यो कुकुरले ।
बाले अरु बेला भए के भन्थे आमाले भाती मिलाएर भने पछि केही भनेनन् ।
प्लास्टिक बोक्न सजिलो तर ओड्यो ओडे जस्तै नहुने । ठूलो सानो सानो काँडाले पनि प्वाल पारि हाल्ने । त्यसैले पनि मलाई प्लास्टिक मन पर्दैनथ्यो ।
म स्कुल जाने बेला आमाले यी सबै गाईभैसी चराउने, घाँस काट्न, हामी खुवाउने, पाहुनापात मिलाउने, मेलापात गर्ने सबै भ्याउँथिन । उनी भन्थिन खुट्टा उमारी दिने मात्र हाम्रो काम हो । उम्रपछि त कता पुग्छन् कता । यता सहर तिर बर्षा के हिउँद के ? काम, काम भन्यो हिड्यो । उता तिरको बर्षा कहाँ हुनु यताको ‘फि’मा ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...