Advertisement
SKIP THIS

कोरियाबाट ‘सहयात्रा’ शुरु हुँदै


सउल, नेपाली साहित्य समाज'(ने सा स) दक्षिण कोरियाले यहि आउदो अगस्ट २८ तारिकको दिन कोरियाको राजधानी सउलमा ‘सहयात्रा सांगितिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । कार्यक्रममा उदयमान नवगायकहरु बेजोड प्रस्तुती सङ्गै कोरियामा रहेका १५ जना श्रस्टाहरुको सामुहिक एल्बम “सहयात्रा”को बिमोचन गरिनेछ ।
नयाँ सर्जक लगायत गायक गायिकाहरुलाई स्थापित गराउदै नेपाली साङ्गितिक क्षत्रको उचाइलाई अझ बढाउनु नै ” सहयात्रा”को मुल उदेश्य रहेको  ने. सा.स. कि अध्यक्ष धर्ती कल्पना राईले ब्यक्त गर्दै कार्यक्रममा उपस्थित भैदिनको लागि कोरियामा साहित्यप्रेमी गित सङ्गितप्रेमी लगायत सबै लाई अनुरोध गरेकी छिन । एल्बम बिक्रीबाट आएको आर्थिक सहयोगलाई कुल रकमको ६०% प्रतिशत कोरियाबाटै अनाथ बाल बालिकाहरुका लागि कृयाशिल संस्था ‘सेवक नेपाल’लाई प्रदान गर्ने र बाँकी रहेको ४०% रकम आफ्नै कोषमा राखेर नेपाली साहित्यिको बिकासमा खर्च गर्ने ने सा स को योजना रहेको कुरा ने. सा. स.का सचिव सुरेन्द्र कार्किले बताएका छन ।
CDM music creation ले तयार पारेको यस एल्बम भित्र धरती कल्पना, सुरेन्द्र कार्की, बिनोद वान्तावा, मिलन किराती, फणिन्द्र भण्डारी अर्पण , सकुन आँसु, गणेश पौडेल , पुर्बेली गाउले इन्द्रजित लावती, गंगा पौडेल ,सुशील राज रेग्मी, सायद कृष्ण राई, चन्द्र लामा, यल्जी बिबस, खगेन्द्र पराजुली र मणि भुसालका शब्दहरु छन भने DR अटु, राजकुमार बगर, राज शुक्र लिम्बू, मनोज साङ्सोन, रोबिन रेगम, राजेन्द्र परियार, बालन्द राई र राजेन्द्र बजगाइका सङ्गीत समेटिएका छन ।

सहयात्राको बारेमा कवि रमेश सायनले नेपाली संगीत र कलाको लागि खुशीको कुरा रहेको बताउदै कोरियाबाट संयुक्त रुपमा बृहत आकारमा गीति एल्बम आउनु यहाँको गीतकार, संगीतकार, गायकको कडा इच्छा शक्ति र मेहेनत रहेको बताए । उनले भने, हामी जहाँ पुग्छौं हाम्रो इच्छाहरु पनि सँगै पुग्छन् अनि रहरहरु पनि सँगै हिडछन् । यसले आत्मालाई खुशी बनाउँछ । यो ऐतिहासिक काम भएकोले यसले ठूलो महत्व राख्ने बताउदै कवि सायनले थपे, विदेशबाट संयुक्त रुपमा यति ठुलो आकारमा सांगीतिक सहयात्रा भएको पहिलो नै होला सायद ।
त्यस्तै अर्का कवि जीवन खत्रीले कोरियामा रहेका नेपालीहरुलाई माहुरीको संज्ञा दिदै भने, जसले देशको चाकामा निरन्तर फूलको रस भरेर मह बनाइरहेका छन्, उनीहरुले पाएको अलिकति फुर्सदलाई पनि सदुपयोग गरेर सामुहिक रुपमा एल्बम सहयात्राको काम गरेको थाहा पाउदा एकदम खुशी लागेको छ । यस्तो कार्यले नेपाली संगीतलाई साँच्चै योगदान पुर्याउनेमा विश्वस्त खत्रीले प्रवासमा रहेका हरेक माहुरीलाई समेत सृजनात्मक कार्यका लागि प्रोत्साहन मिल्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...