दयाहाङ राईद्धारा ‘बिर बिक्रम’ हेरीदिन कोरियावासी नेपालीलाई आग्रह
सोल-राइजिङ स्टार ग्रुपले चलचित्र ‘बिर बिक्रम ‘कोरियाको विभिन्न ठांउमा प्रर्दशन गर्ने भएको छ ।पहिलो शो जिन्जु(२१ अगस्टमा ,किम्हे र बुसान(२८ अगस्टमा )सो चलचित्र प्रर्दशन गर्नेभएको छ । त्यसैंगरी खजेदो( ४ सेप्टेम्बर) ,थेगु(१४ सेप्टेम्बर ) र सोल (१६ सेप्टेम्बर )प्रदर्शनी तयारी गरेको आयोजकले जनाएको छ ।
ख्वाङ्जु र मोक्पो, जेजु लगायत अन्य सहरको प्रर्दशनी तालिका भने चाडैं आउने गु्रपका अध्यक्ष संतोष कुमार राईले बताए ।अध्यक्ष राईले मनोञ्जनको साथमा समाजसेवा समेत गदैं आएको उल्लेख गरे ।
१५ महिनादेखी राईजिङ स्टार ग्रुपका साथिहरुको प्रत्यक्ष सहयोग तथा निगरानीमा ख्याङसामनाम्दो(०५५) जिन्जुमा ‘जिन्जु नेपाली शेल्टर’ सन्चालन गर्दै आइरहेको छ ।
नेपालमा भुकम्प पीडितका लागि औषधि बितरण,४ बर्षको मुटु रोगि भाई आशिश नेउपानेलाई सहयोग,सडक बालबालिकाका लागी लताकपडा तथा उपचार र हालै मात्र बाढी पीडितको लागी राप्ति समाज द. कोरियाले सुरु गरेको सहयोग अभियान मा ५,५५,५५५ वन सहयोग गरेको उनले बताए ।
त्यसैगरी काभ्रे सम्पर्क समिती द.कोरिया ले सुरु गरेको रामचन्द्र तिमिल्सिना बचाउ अभियानको लागी १,११,१११ वन सहयोग गरेको छ ।
दयाहाङ राईले कोरियाबासी सम्पुर्ण नेपालीमा ‘बीर बिक्रम’ हेरीदिन आग्रह समेत गरेका छन् ।
✋✊✌पहिलो शो जिन्जु(२१ अगस्ट (ख्याङ्नाम नेशनल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी खोसक बस टर्मिनलबाट २ मिनेटको दुरिमा)
✋✊✌किम्हेरबुसान(२८ अगस्ट (पशुपति प्रसाद,कालो पोथी लगाइएको हल नया प्रोजेक्टरमा देखाइने)
खजेदो-४ सेप्टेम्बर
थेगु-१४ सेप्टेम्बर
✋✊✌सौल- १६ सेप्टेम्बर (सौल साइबर युनिभर्सिटी सुयु लाइन न ४ तोङदेमुन बाट १५ मिनेट )