पहिलेको किम्हे शहर र अहिलेको सम्झना


दक्षिण कोरीयाको दक्षिणी भागमा पर्ने किम्हे शहरसंग कोरीया प्रबेश गरेका प्राय सबै नेपालीहरु परिचित भएको हुनुपर्छ। धेरै विदेशी कामदारहरु चहलपहल गर्ने भनेर चिनीएको किम्हेशहरमा नेपालीहरुको पनी बाक्लो जमघट रहने गर्दछ, अर्थात राजधानी सउलको दोङदेमुन पछी बढी नेपालीहरु जम्मा हुने ठाउँ किम्हे नै हो भन्दा दुइमत नहोला ।
सन २००८ मा जतिबेला म कोरीया प्रबेश गरे त्यही समय बाट नै पहिलो र परिचित ठाउँ, त्यही किम्हे शहर हुनगयो । साँच्चै भन्नुपर्दा मेरो कार्यस्थल बुसान शहर भएतापनी किम्हे नजिक भएकोले कोरीयाको पहीलो सम्बन्ध किम्हे नै बन्नपुग्यो । थोरै विदेशी त्यसमापनी दुर्लभ नेपाली भन्नुपर्छ त्यो बेला, नेपाली भेट्टाउनै गाहारो, लुम्बिनी र मुन्ड्रफबाट आएका केही प्रशिक्षार्थी कामदार र इपियसको पहिलो शुरुवाती भएको कारणले पनी हुनुपर्छ । पोखराका राजुपौडेल, धनकुटाका चन्द्र मगर,चितवनका पवन भट्ट अनी म एउटै कम्पनीमा एकै फ्लाइट आएका साथीहरु, कम्पनी वरपर चोकतिर हिंड्दा पनी नेपाली टोपी लगाएर अनी नेपाली गित गाउँदै हिंड्दथियौं, कुनै नेपाली साथी भेटीन्छकी भनेर, अहिले जस्तो लाग्छ। कोरीया बाट दुइ -तिनपल्ट नेपाल चिठी पठाउने यही हात हो अहीले कथा भनेजस्तो हुन्छ । अब म त्यो बेलाको किम्हे अर्थात नेपालीहरुको नजरमा रहेको त्यो बेलाको किम्हे शहर तिर प्रवेश गर्न अनुमती लिन चाहान्छु।
किम्हे शहरको नाम लिने वित्तिकै आदरणिय समाजसेवी यज्ञराज सुवेदी सर साथै किम्हे नमस्ते रेष्टुरेन्टका सन्चालक आदरणिय दाजु राजु तामाङको नाम शुरुमा नै लिनुपर्नेहुन्छ । त्यो बेला थोरै नेपालीहरु भएकोले एकले-अर्कालाइ सजिलै चिन्ने र नजिकबाट राम्ररी बुझ्न सकिन्थियो। हामी पहीलो इपियस भन्दा अघी कोरीया प्रवेश गरेका दाजुहरु- भुपेन्द्र खत्री,उद्द्व पाठक,दीपकराज रेग्मी, नविन शाही,सबैले यसरी चिन्नेगरेका पुन(मगर) दाइ,मनोज भारती,गंगा गुरुङ लगायतका अन्य नेपाली दाजुहरु हुनुहुन्थ्यो भने इपियसबाट त्यस समयमा आएका मित्रहरु – खेमराज कार्की, भुवन वस्नेत,मधुसूदन महत,मधु पान्डे,हरि थपलीया,निर्मल थपलीया, विरेन्द्र सुनार,महेश कर्मचार्य, दुर्गा दाहाल लगायतका अन्य हुनुहुन्थियो भने अलिपछी आएर प्रशान्तराज वानीया, रमेश उप्रेति, हरिकृष्ण श्रेष्ठ,अनिश गुरुङ,मिलन राइ, सुजता बस्नेत,मनिका श्रेष्ठ,इश्वर नेउपाने,इश्वर कठायत, केपी चौंलागाइ लगायतका मित्रहरु सक्रिय रहनुभएको अबस्था छ ।
कुरा गरौं यताबाट,आदरणिय यज्ञराज सुवेदी- नेपालदेखी कोरीया सम्म सबैले सुवेदी सर भनेर वोलाउने र चिन्ने गरिन्छ । हुन त कोरीयाको एन सि सि, एन आर एन, आदिजस्ता अन्य संस्थाहरुको संस्थापक, सल्लाहकार साथै सक्रिय ब्यक्तिको नाम हो यज्ञराज सुवेदी वा सुवेदी सर। कोरीयाको प्रमुख प्रतिपक्षी राजनितीदलको विदेश विभाग क्षेत्रको सभापति साथै सिनीयर पास्टर भनेर चिनीने एउटा ब्यक्तिको नाम हो सुवेदी सर । कोरीयन भाषाका ज्ञाता, समाजसेवी यज्ञ राज सुवेदी सर साथै भाउजु अन्जना अर्याल सुवेदी कोरीयाको जाडोमा हिटर तापेर दुइतिर बसीरहनुभएको अहीले जस्तो लाग्छ, जब हामी त्यहाँ पुग्थिऔं । भुपेन्द्र खत्रीले समाल्नु भएको किम्हेको एन सि सि शाखा जसले निकालेको पाक्षिक तथा मासीक पत्रीका, मेरो पनी लेख अाउने गर्दथियो, अहिले जस्तो लाग्छ ।
त्यसबेला किम्हे एन सि सिले राम्रो प्रभाब छोडेको थियो किनकी अरु संघ-संस्था नभएको अबस्था पनी थियो । नेपालको दशैं-तिहार, तिज आदी चार्ड र पर्वहरुमा सुवेदी सरको सक्रियता, सुवेदी सरको नेतुत्व बाँकी नेपालीहरुको सक्रियता र सहयोगी भुमीका अनी कार्यक्रमको सफलता भएको त्यो क्षण अहीले जस्तो लाग्छ। सुवेदी सरको आज्ञापालन सबैले एकसाथ गरेको त्यो पल, सुवेदी सरले अरुलाइ सहयोग गर्नुभएको त्यो समय,सुवेदी सरको प्रयोग गरी साथीहरुले लिएको फाइदा अहिले जस्तो लाग्छ मलाइ । म पनी जुन माहोल बाट टाढा रहन सकिन । थोरै भनेको जे पनी चिज हुन्छ रे भनेको सुनेको हो रहेछ, सुवेदी सर प्रतेक नेपालीहरुको प्रायजसो कोठामा पुग्नुहुने त्यो क्षण, सुवेदी सरलाइ सबैले दिएको मानसम्मान बयान गर्नै कस्तो मजाको, सुन्दै कस्तो आनन्दको , यो पनी मलाइ अहिले जस्तो लाग्छ ।
यी सबै हामी नेपालीहरुको लागी खुशीकै खवर हुन,उदाहरणीय हुन,वितेका राम्रा पहलहरु हुन । त्यो वेलाको किम्हेका नेपालीहरुको एकता साँच्चै नै कोरीयामा एक उदाहरणिय थियो । त्यस्तै किम्हेका पुराना ब्यबशायी, नमस्ते रेष्टुरेन्टका सन्चालक जो सोझा,मिलनसार, इमान्दर, समाजसेवी ब्यक्तिको नाम हो राजु तामाङ । एउटा मात्र नेपाली रेष्टुरेन्ट, नेपाली खाना खानुको मजा नै बैग्लै,फेरी पैशा नै नभएपनी खाना खानपाइने सजिलो ब्यबस्था,किम्हेमा नेपालीहरुको जुनसुकै कार्यक्रममा पनी राजु दाइको सहभागीता र सहयोग, सानोतिनो कार्यक्रम स्थल नै नमस्ते रेष्टुरेन्ट, नेपालीहरुको चहलपहल नै बेग्लै । त्यो बेलाको आनन्द र रमाइलो सम्झदा अहीले जस्तो लाग्छ ।
जिवनका आठौं वसन्तहरु भनेको कम हैन यती लामो समय सम्मको किम्हेको सम्बन्ध, अस्पताल,होमप्लस, टपमार्ट, कपडापसल,तरकारी र फलफुल पसल, मोबायल र कपालकाट्ने अनी खाना खाने ति सबै ठाउँहरुमा मलाइ कोरीयनहरुले चिन्ने, नामलिएर बोलाउने, आइज बस कफी खा भन्ने, केही समय नदेखेमा कहाँ घरगएर आएको भन्ने, घरपरीवारको बारेमा सोध्ने गर्दथे। किनकी म पनी सोझो मान्छे सबैलाइ मेरो बारेमा जस्ताको तस्तै भन्नेगर्दथिऐं। त्यसैले त्यो किम्हे शहर जसले मलाइ कोरीयामा चिनायो, त्यो किम्हे शहर जसले मलाइ हाँस्दै र खेल्दै अहिले सम्म हिंडायो,जसलाइ म नेपाल गएपछी त के बाँचुन्जेल सम्झीरहनेछु । सायद यही कारण होला म किम्हेको शुभ-चिन्तक बनेकोछु, आभारी बनेको छु ।
वाध्यता र परिस्थिति अनुसार मेरो कार्यस्थल परिवर्तन गर्दै अहीले किम्हेबाट अली टाढा पुगेको छु ।पहिलेको जस्तै नजिक रहन असक्षम भएको छु।तर पनी म किम्हेलाइ हेरीरहेको छु, हेरीरहनेछु । पहीलेको किम्हे र अहीलेको किम्हेमा धेरै परीवर्तन पाएको छु । नेपालीहरुको ठुलो संख्या,किम्हे माइग्रेन्ट हाउस,किम्हे मगरसंघ शाखा लगायतका धेरै संघ-संस्थाहरु,नमस्ते, दुर्गा र न्युलिटील नेपाली-इन्डीयन रेष्टुरेन्ट आदी,आदी ..। यो त साँच्चै खुशीको कुरा हो राम्रो कुरा हो । सबै मिलेर गए, सबै नेपाली एक भएर गए त्यो भन्दा ठुलो कुरा के हुन्छ र हाम्रो लागी ।
जसरी समय निरन्तर र परिवर्तनशील छ त्यसरीनै हरेक ब्यक्ती, संघ-संस्थामा परिवर्तन आएको छ, विकास भएको छ , सुधार भएको छ ।सबै आ-आफ्नै सुरमा र धुनमा मस्त र ब्यस्त रहेको अबस्था छ । साँच्चै भन्ने हो भने एकले-अर्कालाइ चिन्ने समय छैन यही होला थोरै र धेरैको महत्व, म पनी यसैमा बाँधीएको छु । म पनी परीवर्तन भएको छु, अहीले त्यही किम्हेको पाहुना भएको छु । म अलिकती पर भएपनी किम्हे अझ राम्रो भएको देख्न चाहान्छु, संख्यामा धेरै भएतापनी पहीलेको जस्तै सम्बन्ध र एकता भएको हेर्न चाहान्छु। मान्नेलाइ मान्नुपर्छ, जानेठाउँमा जानुपर्छ, खानेठाउँमा खानुपर्छ, पुराना- नयाँ सबैलाइ आ-आफ्नै स्थान दिनुपर्छ, ब्यक्तिगत स्वतन्त्रता आफ्नो हो तर स्वार्थमा भन्दापनी समाजसेवा र एकतामा किम्हे लाग्नुपर्छ । सत्य कुरा भन्न कोसंग डराउनु र के लुकाउनु पहीले देखी जसरी चलेको किम्हे त्यसरी नै चल्नुपर्छ, किम्हे सधैं अघी बढ्नुपर्छ। किम्हेको हरेक पाइलामा मेरो सम्बन्ध रहेको छ, माया बसेको छ, सुख र दुख अटेको छ, त्यो वेलाको किम्हेको सम्झना यसरी बसेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...