Advertisement
SKIP THIS

पत्रकारले नडराई विकृतीलाई उजागर गर्न सामाजिक अभियन्ताको आग्रह


फोनिज कोरिया संवाददाता
सउल

कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले नेपाली समाजमा देखिएका विकृती र विसंगीलाई नडराई उजागर गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ कोरिया शाखाले आइतबार सउलमा गरेको चियापान तथा अन्तरकृया कार्यक्रममा उपस्थित वक्ताहरुले सो धारणा राखेका हुन् ।

कार्यक्रममा उस्थित निष्पक्ष र सत्य तथ्यमा आधारित समाचार सम्प्रेसन गरी समाजलाई सही दिशामा अग्रसर गराउन सामाजिक अभियान्ताले सुझाव दिएका थिए । कोरियामा पेशागत नभए पनि अतिरिक्त समयमा गरिरहेको पत्रकारिताको  प्रसन्सा गर्दै ओझेल परेका पीडितको पीडालाई उजागर गर्न समेत उनीहरुले आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा  कोरियामा दैविक विप्ती , विरामी लगायत विभिन्न बहानामा संकलित आर्थिक अभियानको पारदर्शिता हुन नसको गुनासो गर्दै  संचारमाध्यमहरुको माध्यमबाट सार्वजनिक गराउनु पर्ने धारण सरोकारवालाहरुले नै उठाएका थिए । आइसिसी प्रतिनिधी केपी सिटौलाले कोरियाको माउ संस्था एनआरएनले नै आर्थिक संकलनको पारदर्शिता गर्न नसकेको गुनासो गर्दै पहिला आफैले सुधारको शुरुवात गर्नु पर्ने सुझाव दिए ।

साथै ओएन एफका अध्यक्ष सालिक ग्राह बसेलले आर्थिक संकलन गर्दा नेपालका पीडित भन्दा पनि कोरियाका पीडित नेपालीहरुलाई प्राथमिक्ता दिनुपर्ने धारणा राखेका थिए । उनले  विभिन्न शिर्षकमा उठाएका रकमहरु समबन्धीतसम्म पुगेको नपुगेको तथा सदुपयोग भए नभएको बारे अनुगमन निकाय पनि नभएको भन्दै कोरियमा पनि आर्थिक अवस्था हेरेर साच्चैनै अभाव भएकालाई मात्रै आर्थिक सहयोग संकलन गर्नुपर्ने बताए ।

कार्यक्रममा महासंघबाट कोरियामा पत्रकारीतालाई व्यवस्थीत, आधिकारीक र जिम्मेवार बनाउन यहाँका विभिन्न संघ संस्थाले कार्यक्रम गर्दा सबै मिडियालाई निमन्त्रण पत्र पठाउई जानकारी गराउन आग्रह गरे । साथै कुनै विवाद वा कुनै जानकारी गराउन परे पत्रकार सम्मेलन गरी वा विज्ञप्ती जारी गरी जानकारी गराउने परीपाटी बसाउन महासंघका अध्यक्ष खेम कार्कीले आग्रह गरे ।

कार्यक्रममा कोरियाका लागि नेपाली राजदूतबासका श्रम सहचारी देवराज ढकाल, एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री, एनआरएन कोरियाका संस्थापक तथा पूर्व उपाध्याक्ष एनसिसीका अध्यक्ष प्रेम शाह, जनजाति महासंघका अध्यक्ष चित्र बहादुर मोक्तान, महिलाका लागि महिलाका अध्यक्ष मल्लिका थकाली, एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुइ०, प्रवासी मजदुर संघका अध्यक्ष उदय राई लगायत विभिन्न राजनीति दल, क्षेत्रिय, जातिय संघ संस्थाका प्रतिनिधी र संचारकर्मीको उपस्थीति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...