हामी नेपाली जनमानसमा वास्तबमा नै परिचित शब्द हो यो ” नेता” भन्ने शब्द । सामान्य भाषामा नेता भन्नाले कुनैपनी संघ-संस्थालाइ अगुवाई गर्ने अर्थात अग्रस्थानमा बसेर काम गर्ने ब्यक्ति वा पद भन्ने बुझिन्छ । भएकै कुरा भन्ने हो भने, नेपाली जति धेरै संघ_संस्था र नेताहरुसंग परिचित र नजिक सायद अरु कुनै मानिस छैनहोला ।
देश-विदेशमा हेर्नुस त कतिछन् सामाजिक, धार्मिक,राजनितीक,क्षेत्रीय,जातीय आदी संघ-संस्था र तिनीहरुका अगुवाहरु । यसरी सामाजिक संघ-संस्था खोल्नु र तिनीहरुलाइ अगुवाई गर्ने नेताहरु हुनु भनेको वास्तवमानै राम्रो कुरा हो तर संख्यात्मक भन्दापनी गुणात्मक कुरा चैं मुख्य हो । अस्वास्थ्यकर र साँगुरो घेरामा भन्दापनी स्वास्थ्यकर र फराकिलो अबस्थामा रहनु अर्को प्रमुख कुरा हो । हुनत यी अगुवा भनाउँदा र नेताकहरुबाट वरपर रहेका सबै सर्वसाधरणहरुले ठुलो आशा गरेका हुन्छन त्यसैले ज्यान दिएर अघिपछी लागेकापनी हुन्छन। विभिन्न पक्ष विपक्षमा तेरो- मेरो गर्दै समर्थन र विरोधमा पनी लागेका नै हुन्छन । त्यसो त आफ्नो पक्षकाले गल्तिनै गरेपनी ढाकछोप गर्न र नेता भक्त हुन पनी पछी पर्दैनन ।
हाम्रो नेपालको वर्तमान अबस्थामा चलिरहेको राजनितीक हर्कद र ब्यबाहारहरुबाट झनै यो कुरा प्रष्ट भइरहेकोछ । राजनितीक लगायत अन्य बिभिन्न संघ-संस्थाका ठुला-साना, आउरे-भाउरे, नयाँ-पुराना,युवा-बुढा जस्तोसुकै नेता किननहुन आखीर ती नेता नै हुन । नत कुनै मापदण्ड नै चाहिन्छ नत उमेरको कुनै हदबन्धी नै, चाहेमा जोसुकै नेता हुन्छन हाम्रो नेपालमा । कोही धर्मको, कोही क्षेत्रको, कोही जातीको त कोही पार्टीको कसरी हुन्छ नेता त बनेर नै छाड्छन हाम्रो नेपालमा । नेतामा के-के गुण हुनुपर्छ, नेताले के गर्नुपर्छ कुनै मतलब छैन..देशको अबस्था जस्तोहोस अनि जनता जसरी बसुन तर नेता चैं बन्नैपर्छ हाम्रो नेपालमा ।
धर्मको नामबाट हुन्छकी, क्षेत्रको नामबाट हुन्छकी,जातीको नामबाट हुन्छकी, गरीवलाइ आशा बाँडेर हुन्छकी नेता चैं बन्नैपर्छ हाम्रो नेपालमा । कसैले गर्छन क्रान्तिका कुरा, कसैले गर्छन शान्तीका कुरा, कसैले गर्छन अधिकार र आशाका कुरा त कसैले गर्छन विकास र नयाँ कुरा .. खयर जेहोस तर नेता बन्नैपर्छ हाम्रो नेपालमा । ठुलो-सानो, कालो-गोहोरो, चुच्चो -नेप्टो र थेप्चो अनी महिला र पुरुष नै किननहोस त्यो नेपाली हो, त्यो नेता हो, त्यो हाम्रो हो । तर यी नेताहरुको ब्यबाहारमा खै वर्ग र गरिबका कुरा कहाँछन ..?? खै हिमाल देखी तराइ सम्मका पिछाडीएका र तलपरेका निमुखाका कुराहरु, कहाँ छन ..?? खै कहाँछन समग्र नेपाली र नेपालको हित र भलोका कुरा ..?? साँच्चीकै मुख र ब्यबाहारमा मेल खाएको छ त .. आज यो प्रमुख कुरा बनेकोछ । नेपालीहरुका नेता भनेपछी हाम्रा नेता भन्नैपर्यो, हेर्नुस त हाम्रा नेताहरु .. गरिबका झुपडीमा गएर के भन्छन..!! किसानका खेतहरुमा गएर के भन्छन ..!! मजदुरहरुका पसीना बगेठाउँमा गएर के भन्छन ..!! कुनै एउटा क्षेत्र र जातीमा गएर के भन्छन ..!! शहीद र बेपत्ता परीवारसंग गएर के भन्छन ..!! आफन्त र आफ्नाहरुसंग गएर के भन्छन ..!! अझ हेर्नुस चुनाव आएकोवेला हाम्रा नेताहरु के भन्छन ..!! अनी समग्र देश भित्र र देशबाहीर ( मन्त्री बन्ने बेलामा ) हाम्रा नेताहरु के भन्छन ..!! कस्ता आशा बाँड्छन, कस्ता नारा लगाउँछन, हेर्नुस त ..!!
सामान्य नेपालीले पनी सजिलै अनुमान लगाउन र भन्न सक्छन । ठाउँ र अबस्था अनुसार नत बोलीको एकरूपता हुन्छ नत ब्यबाहारको नै । झुट्टा कुरा र खोक्रा आशा बाँड्न मात्र त के, ताल पर्यो भने रुनपनी पछी पर्दैनन हाम्रा नेता । यसरी नाटक मन्चमा कलाकारले रुपबदले जस्तै आफ्नो बोली र ब्यबाहार बदल्ने नेताहरुलाइ दुइ जिब्रे नभनी कसरी एक जिब्रे भनौं त ..!! अनी सत्य र निष्पक्ष भाषामा भन्न पर्दा यीनीहरुसंग विश्वास नगुमे को संग गुम्छ त ..!! तिनीहरुले धोकानदीए कसले दिन्छ त ..!! यस्ता हर्कद र ब्यबाहारलाइ धिकार नमाने केलाइ मान्ने त ..!! यिनीहरुको पछी लाग्नु भनेको समयको वर्वादी, समग्र देश र जनताको नोक्सानी होकी हैन ..?? धेरै कुहेका आलुले थोरै राम्रा आलुहरुलाइ पनी बर्बादी पार्छन अब यो कुरा बुझ्नेबेला आएको छ ।
दिनको घाम जतिकै प्रष्ट छ, हेर्नुस त .. कुर्सीको लागी कस्तो तालमेल,कति सजिलो आलोपालो वा पालै-पालो रे, सरकार ढाल्न र बनाउन कति सजिलो बरु चर्पी बस्न समय लाग्छ । मन्त्रीको लागी भारतीय दुताबासमा हेर्नुस त कमिलाको लस्कर जस्तो भ्याइनभ्याइको लाइन । सरकारमा जानभनेपछी हेर्नुस त नेपालको खोला-नाला बेच्न र आत्माघाती सम्झौता गर्नपनी पछी नपर्ने ..!! मधेसी जनताको हितको लागी आन्दोलन गर्यो अनी सरकारमा गयो मन्त्री बन्यो बाँकी जस्ताको तस्तै .. खै मधेसी गरिब र बर्गीय हितको कुरा ..!! जस्ताको तस्तै । जातीय कुरा गर्यो नेता भयो मन्त्री बन्यो खै त्यहाँको बर्गहित र समनाताको कुरा ..!! यतिबर्षे र उतीबर्षे युद्धको नाम दियो, आखीर त्यहाँ कसले विरगति प्राप्त गर्यो,गरिबले हैन ..!! जस्ताको तस्तै छ शहीद र वेपत्ता परीवारको पिंडा । हरेक आश्वासन र लोभ बाँड्यो आखीर विलासीताको महल र कुर्सीको स्वादमा को दौडदैछ ..!! किन सबैलाइ चित्त बुझ्ने संविधान अझै नआएको आवास छ ..!! कोही नयाँ हुन्छु भन्छन, कोही पुराना नै ठिकै आखीर किन त ..!! अझै पनी संसदीय ब्यबस्था ठिक छैन भन्नेपनी छन आखीर किन त ..!! यस्ता आदी इत्यादी यक्ष प्रश्नको गुणदोस नेता र अगुवाहरुले लिनुपर्छ की पर्दैन ?? तिनीहरुको बोली र ब्यबाहारमा विश्वासनियता र एकरूपता हुनुपर्छकी पर्दैन ?? तिनीहरुले समग्र नेपाली जनता र समग्र नेपालको बारेमा सोच्नुपर्छ की पर्दैन ?? कि कुर्सीमा बस्ने र आफ्नो ढिकुटी मात्र भर्दाहुन्छ ..??
आज यो विषय प्रमुख र सोचनीय बनेको छ । नेता आफैंले पनी सोच्नुपर्ने बेला आएको छ । वास्तबमा नै ती ढाँट्ने र छल्ने दिनहरुमा परिवर्तन आएको छ । यसो भन्दै गर्दा कतिपय देश-भक्त र असल नेताहरुपनी छन् जसको आफ्नै स्थान छ तर समग्र ठुला र आशा भएकाहरुको यो दुइ जिब्रे हर्कद र ब्यबाहारबाट विश्वासनियता भने गुम्दै गएको छ । अन्ध-भक्त तरीकाले हामफाल्नु र समर्थन गर्नु भन्दापनी गम्भिर तरिकाबाट सोच्नुपर्ने अबस्था आएको छ । सबै कुरा नेतालाइ मात्र छोड्नुभन्दा पनी हरेक नेपाली युवाहरुले बुझेर अघीबढ्नुपर्ने भएको छ । हाम्रालाइ भन्दा पनी राम्रालाइ स्थान दिनुपर्ने बेला भएको छ । यो फोहोरी परम्पराबादी,अवसररुपी कुर्सीको यस्तो पेसेवर खेललाइ सधैंकोलागी अन्त्य गर्नुपर्ने बेला भएको छ ।