Advertisement
SKIP THIS

माछापुच्छ्रे भलिबल रनिङ्ग कपको तयारी


सामाजिक सेवा साथै खेलकुदमा पनि सक्रिय रँहदै आएको कास्की परिवार,द.कोरियाले “खेलकुदमा युवाहरुको सक्रिय सहभागिता” भन्ने उद्देश्यका साथ माछापुच्छ्रे रनिङ्ग कप, भाग-२ यही आउँदो अगष्ट २८ आइतबारको दिन सम्पन्न गरिने भलिबल प्रतियोगिताको तयारी तिब्र रूपमा गरिरहेको छ ।

प्रवासी भूमिमा रहेको सम्पूर्ण सम्पूर्ण कास्केलीहरु सदस्य रहने गरि वरिष्ठ सल्लाहकार श्री नवीन गुरुङ्गको संयोजकत्वमा गठन गरिएको मुल आयोजक कमिटीले यसको तयारी तिव्र गतिमा भैरहेको जानकारी दिएका हुन्  

यो कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफल पार्नको लागि गत आइतबार म्याग्दी परिवारले आयोजना गरेको भलिबल प्रतियोगिता स्थलमा बसेको सामान्य बैठकले विभिन्न उपसमितिहरु गठन गरिएको सचिव बिशाल गुरुङ्गले बताए जस अनुसार प्रचारप्रसार उपसमितिमा श्री सुरज गुरुङ्गको संयोजकत्वमा कृष्ण पुरी, विशाल गुरुङ्ग र  अमृत वास्तोलालाई चयन गरिएको छ भलिबल खेल संचालन उपसमितिमा गणेश घमालको संयोजकत्वमा शंकर गुरुङ्ग,  बिक्की गुरुङ्ग र  अमर सुनामलाई जिम्मा दिइएको छ त्यसै गरि नेपाली खानाको परिकार ब्यबस्थापन उपसमितिमा  पुर्ण चन्द्र अधिकारीलाई संयोजक तोकिएको छ भने रेष्टुरेन्ट बिक्रीवितरण उपसमितिको संयोजकमा  सगुन भट्टचनलाई चयन गरिएको छ त्यस्तै स्वयंसेवक उपसमितिको संयोजकमा दल गुरुङ्गलाइ जिम्मेवारी सुम्पिएको छ यसै गरि उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सम्पूर्ण कस्केलीहरुलाई सकृय रहन परिवारले अनुरोध गरेको  छ

समयको ब्यस्तता, गर्मीको मौसम र दर्शकहरुको सुबिधालाई मध्य नजर राख्दै नेपालीहरुको केन्द्रबिन्दु दोङ्गदेमुनको नजिकै पायक पर्ने, समयमै कार्यक्रम सम्पन्न गर्नको लागि डबल कोर्ट भएको सुबिधासम्पन्न  कभर्डहल भएको दोङ्गदेमुन गु छेयुग ग्वान, दाब्सिम्निमा कार्यक्रम गरिने कास्की परिवारका अध्यक्ष श्री खोम गुरुङ्गले बताए  सोही कार्यक्रममा खेलकुदको बिकासको लागि सहयोगको निमित्त भाग्यशाली बम्पर चिठ्ठा पनि राखिएको हुँदा सबैले सहयोग गरिदिन पनि अध्यक्ष गुरुङ्गले अनुरोध गरेका छन युवाहरुलाइ खेलकुदमा विशेष सहभागिताको मुल उद्देश्यले आयोजना गरिएको माछापुच्छ्रे भलिबल रनिङ्ग कप भाग-२ लाई पूर्ण रूपमा सफल पारिदिनुहुन कोरियामा कृयशील विभिन्न संघसंस्था, ब्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार, खेलाडी, बिद्यार्थी लगायत सम्पूर्ण नेपाली समुदायमा कास्की परिवार विनम्रताको साथ अनुरोध गरेको छ

उक्त दिन कोरियामा रहनुभएका महिला खेलाडीहरुलाई पनि उचित अवसर,प्रोत्साहन र मनोरञ्जनको लागि महिला भलिबल प्रतियोगिता र ३५ वर्ष माथिका पुरुष भेट्रान्स फ्रेन्डसीप म्याच रमाइलोको निम्ति खेलाइने हुँदा इच्छुक संघ-संस्थाहरुले सहभागी जनाइदिनुहुन पनि कास्की परिवार हार्दिक अपिल गरेको छ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...