कोरियामा गर्मीले ६ जनाको मृत्यु


फोनिज कोरिया संवादाता
सउल ,
दक्षिण कोरियामा गर्मीले हालसम्म ६ जनाको ज्यान लिएको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियाको तापक्र ३५ डिग्री सेल्सीयस भन्दा माथि हुन थालेपछि सरकारले गर्मी लहरको चेतावनी सार्वजनिक गर्दै सुरक्षित रहन आवहान गरेका छन् ।

गत बुधबार बुसानमा ५३ वर्षिय पुरुष मदिरा सेवन गरी कारमा सुती रहेकैबेला मृत भेटिएको छ । दिनको मध्यन्नमा कार भित्र ६० देखि ७० डिग्री तापक्रम हुनसक्ने भएकाले यसैबेला पुरुषको मृत्यु भएको अनुमान प्रहरी गरेका छन् । त्यस्तै जुलाई ८ तारिख ख्यागंबुकमा ८९ वर्षिय बृद्धा खेतबारीका काम गरीरहेका बेला गर्मीकै कारण मृत्यु भएको छ ।

जुन २३ तारिख पहिलो पटक उत्तर ख्योइ०सानमा गर्मीले एक जनाको मृत्यु भएको थियो । धेरै जसो गाउँमा बसोबास गर्ने बृद्ध बृद्धाहरु दिनमा खेतवारीमा काम गर्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै गत शुक्रबार ४ वर्षिय बालक स्कूल बसभित्र गर्मीका कारण बेहोस भेटिएको थियो । विहान ९ देखि साँझ ४ बजेसम्म बसमा छोडिएका बालकको शरिरमा ४२ डिग्री तापक्र पाइएको थियो । बस चालक र शिक्षकलाई विद्यार्थिको बेवास्ता गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

हाल कोरियाको तापक्र ३५ भन्दा बढी पुगेको र राती पनि ३० डि.से. रहने गरेको मौसम विज्ञान कार्यलयले जनाएको छ । गत वर्षभन्दा एक महिना अघि नै गर्मीका कारण मनिसको मृत्यु हुन थालेको सरकारले जनाएको छ । विषेश गरी अगष्ट महिनामा हुने गर्मी यसपाली जुलाईको मध्यतिर नै हुन थालेको जनगुनासो सुनदै आएका छन् । गर्मीकै कारण २०११ देखि १५ सालसम्म ५ वर्ष भित्र ४७ जनाको मृत्यु भएको छ भने ४ हजार २ सय ३९ जना विरामी भएको तथ्यंक सार्वजनिक भएको छ ।

गर्मी बढ्न थालेपछि कोरियामा प्राय कार्यलयहरुमा गर्मी विदा दिन थालिएको छ । मानिसहरु विदाको दिन घर बाहिर निस्कन थालेका छन् । धेरे जना मनिसहरु गर्मी छल्न समुन्द्र किनार र पहाडमा पुग्ने गर्छन । बुसानको ह्यान्दे विचमा विदाको बेला एक दिनमै करिब २ लाख मानसिहरु पुग्ने गर्छन ।  विदाको दिन ४ लाख भन्दा बढी कार सडकमा निस्केको हाइवे निगमले जनाएको छ । त्यस्तै एसी र पंखा अध्यधिक प्रयोग भएकाले ८० लाख किलोवार्ड विद्युतको माग हुने गरेको पनि विद्युतिय विभागले जनाएको छ ।

कोरियाको दक्षिणी भेगका थेगु, ख्वांगजु , देजन, उल्सान जस्ता शहरमा र जेजु टापुमा ४० डि.से. तापक्रम पुग्न सक्ने भएकाले त्यसक्षेत्रमा कार्यरत नेपालीहरु गर्मीबाट बच्ने उपाय अपनाउनु होल ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...