अनेसास कोरिया च्याप्टरले साहित्य र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरयो
![](https://www.fonijkorea.net/wp-content/uploads/2016/07/samman-1.jpg)
फोनिजक कोरिया संवाददाता
सउल
अन्तरष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले कोरियामा रहेका साहित्य र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरेको छ । भानुभक्तको २०३ औ जयन्तीको अवसरमा आइबार सउलमा कार्यक्रम आयोजना गरी सम्मान प्रदान गरको हो ।
नेपालमै आफ्नो साहित्यीक पहिचान बनाइसकेका तथा हाल कोरियामा रहेर पनि साहित्य सिर्जनामा तल्लिन चर्चित सर्जकहरु सूर्य खत्री घायल, रमेश सायन, यल्जी (लोकेन्द्र गुरुइ०) बिवस , नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष कल्पना धर्तीलाई सम्मान गरेका छन् भने नेपालदेखि विदेशमा समेत परिचित संगीतिक क्षेत्रका गीतकार तथा संगीतकार डि.आर. अटु त्यस्तै लोक संगीतिक क्षेत्रका गीतकार तथा संगीतकार सिपी मगर र गीतकार तथा म्यूजिक भिडियो सम्पादक सम लिम्बूलाई सम्मान गरिएको थियो भने पत्रकार तथा लेखक मञ्जु गुरुइ०लाई पनि सम्मान गरेका थिए ।
कार्यक्रममा आदिकवि भानुभक्तका बारे चर्चा गर्नुका साथै कविता मुक्तत र गजल बाचन गरेका थिए । धेरैजसो विदेश पिडालाई सर्जकहरुले आ आफ्नो सिर्जनामा पस्केका थिए । साहित्य अनुरागीहरुको उपस्थिती रहेको कार्यक्रममा जीवन खत्री , सरोज भण्डारी, अज्ञात पाल्पाली, रहेश शायन, गणेश पौडेल, बिनोद दाहाल, यल्जी विवस , गणेश घिमिरे, दिपेन्द्र भट्टराई , सिर्जना पस्केका थिए ।
कोरियाका कामको व्यस्तताका बाबजुद पनि साहित्य सिर्जनामा तत्लीन स्रष्टाहरुको गतिविधीले आफूलाई पनि प्रेरणा मिलेको अनेसासका अध्यक्ष मनोज डाँगीले बताए ।