Advertisement
SKIP THIS

कोरियामा पूर्वेली बनभोज


 

फोनिज कोरिया संवाददाता
सउल
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले कोरियामा रहेको पूर्वेलीहरुलाई समेटेर आइतबार बनभोज कार्यक्रम सम्पन्न गरेको छ । २ सय भन्दा बढी भेला भएको सो बनभोजमा कोरियाको कमाईलाई नेपालमा उचित लगानी गर्ने बारे सामान्य छलफल र विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलेर रमाएका थिए ।

शनिबार साँझदेखि नै तोकिएको बनभोज स्थल ख्यइ०गी दो नामयाइ०मा  पूर्वेलीहरु पुगी सकेका थिए । नेपालीहरुको बाक्लो उपस्थीती रहने दोइ०देमुन शहरबाट बनभोज स्थलसम्म पुग्न बसको व्यवस्था गरिएको थियो । सिम सिम पानी परेपनि बनभोजमा कुनै बाधा परेन । कोरियामा अहिले सम्म भएको बनभोज कार्यक्रम भन्दा पूर्वेली बनभोजमा धेरै जनाको उपस्थीति रहेको समाजका सचिव राजु थापाको दावि छ ।

समाजमा आवद्ध पूर्वाञ्चल क्षेत्रका क्षेत्रिय तथा जातियलगायत १६ संघ संस्थाका प्रतिनिधीहरु त्यस्तै समाजका सल्लाहकारका रुपमा रहेका कोरियाका राजनीतिक संगठनका नेतृत्वहरु पनि बनभोजमा सहभागि भएका थिए । ध्यान राईले बनभोजको संयोजकत्वको भूमिका निभाएका थिए भने सचिव राजु थापाले व्यवस्थापन । एनआरएन आइसीसीका प्रतिनिधी केपी सिटौला र एनसीसीका पूर्व अध्यक्ष लोचन राईको पनि उपस्थिती रहेको थियो ।

बनभोजमा आँखामा पट्टी बाँधेर घैटो फुटाउने खेलमा घौटो नपाए पछि बलको प्रयोग गरी  खेलेका थिए । त्यस्तै म्युजिकल चियर खेल पनि खेल्नुका साथै नाच गान गर्दै रमाइलो गरी मनोरञ्जन लिएका थिए । कोही भने नजिकैको खोलामा डुबुल्की मार्दै गर्मीको शितलमा  रमाइरहेका थिए ।

पूर्वाञ्चल क्षेत्रका कोरियामा रहेका क्षेत्रिय तथा जातिय  विभिन्न संघ संस्थावीच समुनात्यमक भूभिका निर्वाह गर्दै  नेपालमा  कोरियाको कमाईलाई कसरी सुरक्षितरुपमा लगानी गर्न सकिन्छ भन्ने उद्देश्यले पूर्वाञ्चल सरोकार समाज स्थापना भएको संयोजक काजी नेपालको भनाइ छ ।

picnik 1

picnik 5picnik 6

picnik 4picnik 2

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...