Advertisement
SKIP THIS

यसो गरे कसो होला ?


दावा शेर्पा

राष्ट्रिय अविष्कार केन्द्र्र हाम्रो मानव समाजले सभ्यतामा जतिको फड्को मारेको छ यदि भौत्तिक अविष्कार नभई दिएको भए यो संभव हुने थिएन। आज जति पनि विकसित राष्ट्रहरु छन् ती देशहरु भौत्तिक अविष्कारको सहायताले नै आज विकसित राष्ट्र भएका छन् भन्दा कसैको दुईमत नहोला।

एकाईशौं शताव्दिले नेटो काट्न लागि सकेको छ तर विडम्बना हाल सम्म हाम्रो मुलुक मा एउटा अविष्कार केन्द्र समेत स्थापना हुन सकेको छैन। आर्थिक अवस्था सवल भएका र क्षमता भएका डक्टर, वैज्ञानिक र ईन्जिनियरहरु त विदेशी भुमिमा विदेशलाई प्रगतिको बाटोमा लैजान बाध्य छन्। क्षमता भएर पनि आर्थिक अवस्था सबल नभएकाहरु आफ्नो क्षमतालाई कुणठित पारेर नेपाल मै बस्न बाध्य छन्। अनुसन्धान तथा अविष्कार जस्तो देशले गर्व गर्न सक्ने संस्था सरकारी स्तर बाट नै स्थापना हुनु पर्नेमा दु:खको कुरा हाम्रो देशको नेताहरुलाई आफ्नो र पार्टिको हित भन्दा अरु सोच्ने फुर्सद नै छैन।

कम्तिमा हाम्रो आफ्नै देशमा राष्ट्रिय अनुसन्धान तथा अविष्कार केन्द्रको माध्यमबाट प्राविधिज्ञहरु निर्माण गर्न सकेको खण्डमा भौत्तिक पुर्वाधारहरुको विकाशका लागि विदेशी प्राविधिज्ञलाई दिने मोटो रकम त विदेश तिर जान पाउदैन। राष्ट्रिय अनुसन्धान तथा अविष्कार केन्द्रको निम्ति तन-मन सहित दिलो ज्यान दिएर लाग्नु भएका हाम्रा आदरणिय महाविर पुन सर पटक पटक सरकारको ढोका चाहार्दा समेत कुनै प्रतिकृया नपाए पछि बाध्य भएर आज जनताको घर दैलोमा आउनु भएको छ।

हामिले हाम्रो लागि मात्रै नभएर हाम्रो सन्ततिहरुको निम्ति समेत पुन सरको सपना र हामिले देखेको सपना पुरा गर्न उहाँ लाई साथ दिन जरुरि छ। यो केन्द्र स्थापना गर्न थोरै पैसाले नपुग्ने हुनाले सम्पुर्ण नेपालिहरुले आफुले सकेको सहयोग गर्न जरुरि छ। थोपा थोपाले समुन्द्र बन्छ भने झै हाम्रो सानो सानो सहयोगले हाम्रो र हाम्रो आउने पिडिहरुको भबिष्य बन्छ भने हामिले किन सहयोग नगर्ने ? तसर्थ साथिहरु पुन सरले गरेको शुभ कार्यमा हामी कोरियामा वैदेशिक रोजगारिका लागि कार्यरत नेपालिहरुले समेत संगठित भएर आफुले सकेको केही सहयोग गरौ भन्ने मेरो धारणा हो।

तपाईहरुलाई मेरो विचार कस्तो लाग्यो ? सबैबाट तपाईहरुको प्रतिकृया को आशा गर्दछु। यदि राम्रो लागेको खण्डमा हामी पनि एउटा युनिट बनाएर छलफल गरेर आफुले सकेको सहयोग गरौं। ईच्छुक साथिहरुले मलाई सम्पर्क गर्न सक्नु हुनेछ। धन्यवाद!

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...