Advertisement
SKIP THIS

विश्वको टप सेभेन अक्टोगोन क्लबमा सउल साँझ हुने


कोरियन नयाँ बर्ष सलनालको अवसर पारी नेपकोर (नेपाल कोरीया )ले यही फेब्रुअरी ४ तारिख सोमबार सउल साँझको आयोजना गर्दैछ । सउल साझमा विशेष प्रस्तुति दिनका लागि स्वप्न सुमन दक्षिण कोरिया आउदैछन् । उनी नेपाली युवायुवतीमाझ निक्कै चर्चित छन् । कोरियामा रहनुहुने धेरै नेपालीले युवा गायक स्वप्न सुमनको प्रस्तुति हेर्न चाहनुभएको छ । त्यसैले हामीले उनलाई सउल साझका लागि पहिलो पटक कोरिया ल्याउदैछाै । नेपकोरकाे भनाइ छ ।
सउल साझमा युवा पप गायक स्वप्न सुमनसंगै दक्षिण कोरियाका चर्चित नेपाली डिजेहरु डिजे NOTTY, डिजे BIT र महिला डिजे SYNले थप मनोरंजन दिने नेपकोरले जनाएको छ । साथै अक्टोगोन क्लबकै कोरियन महिला डिजे CREAM र डिजे RXले नेपाली युवायुवतीलाई भरपूर मनोरञ्जन दिने नेपकोरको भनाई छ ।
विश्वका चर्चित क्लब मध्येमा पर्छ अक्टोगोन क्लब । विश्वमा चर्चित क्लबहरुको चार्टमा यो क्लब सातौ स्थानमा छ । यो क्लब सउलको भि आइ पी एरिया गांगनाममा छ । यसको डिजाइन आकर्षक छ साथै क्लबको साउण्ड सिस्टम, लाइट, ठूलो एलइडी स्क्रीन जस्ता सुविधाले यो क्लब चर्चित छ । त्यसैले अन्र्तराष्ट्रियस्तरको यस क्लबमा आई सउल साझ भव्य बनाइदिन अायाेजकले आग्रह गरेकाे छ ।

नेपकोरले इंटरनेशनल क्लब भएको कारणले गर्दा बिदेशीहरू पनि आउन सक्ने भन्दै नेपाल भ्रमण बर्ष २०२० को लोगो समेत टिकटमा राखी नेपाल घुम्न जान प्रोत्साहन गरिने जनाएको छ ।

कार्यक्रम ९ बजेबाट सुरू हुने र क्लबमा जानेहरुका लागि सवारी साधनको व्यवस्था गरिएको छ। उक्त डान्स पार्टीको टिकट दर कोरियन वन २५,००० र अनलाइन टिकेटिंग पनि उप्लब्ध गरिएको छ जसको दर कोरियन वन २०,००० रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...