प्रवासी नेपाली मञ्च कोरियाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न


फोनिज कोरिया सम्वाददाता
प्रवासी नेपाली मञ्च (ओएनएफ) ले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । आइतबार दक्षिण कोरियाको राजधानी सउलमा २०७३ सालको बडादशैं, तिहार, नेपाल सम्वत ११३७, छठ, ल्होसार तथा उधौलीलगायतका नेपाली चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो ।

ओएनएफका कार्यबाहक अध्यक्ष मिना थापा मगरको अध्यक्षतामा बसेको कार्यक्रममा उपाध्यक्ष दुर्गा न्यौपानेले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । महासचिव सिबलाल पन्थीले संचालन गरेको कार्यक्रममा एमआरएनए आइसिसि सदस्य बिनोद कुँवर, एनसिसिका पूर्व अध्यक्ष लोचन राई, नेपाली जनसम्पर्क समितिका संगठन प्रमुख प्रकाश वलि, एनआरएन अध्यक्ष राजु क्षेत्री, जनजाती महासँघका अध्यक्ष चित्र मोक्तान, ओएनएफका पूर्व अध्यक्ष गोबिन्द गाउले, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष खगेन्द्र बुढा मगर, संघिय समाजबादि फोरमका अध्यक्ष महेन्द्र राईलगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै सबै किसिमको चाडपर्वहरुको सम्मान गर्नु पर्ने तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको दिर्घायु सुस्वास्थ्य र प्रगतिको कामना गर्दै नेपाली चाडपर्वले नेपालीहरुको बिचमा सद्भाव र एकता कायम हुने विचार ब्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...