Advertisement
SKIP THIS

राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति


अप्रील ६ तारिख आयोजित NRNA दक्षिण कोरियाको एकता महाधिवेशनमा आफू लक्षित अभिव्यक्ति प्रति अर्का NRNA पक्षका अध्यक्ष वुद्धि गुरुङले आपत्ति जनाएका छन्। उनले यस प्रकारको व्यवहार केवल व्यक्तिगत सम्मानमाथिको गम्भीर आघात मात्र नभई सम्पूर्ण संस्थागत मर्यादा र प्रवासी नेपाली समाजको गरिमा माथिको कुठाराघात भएको ठहर गरेका छन्।

“यदि यस्ता प्रकारका अवाञ्छित गतिविधिहरू तुरुन्त रोकिएनन् र सार्वजनिक रूपमा माफी नमागिए, म आफूलाई कानुनी बाटो रोज्न बाध्य हुने स्पष्ट जानकारी गराउन चाहन्छु। “उनले थपेका छन्। ध्यानाकर्षण सहित फेसबूकमा लेखिएको उक्त स्टाटसमा कसैको नाम भने उल्लेख गरिएको छैन्। यद्यपी उनको यो स्टाटस अर्का NRNA पक्षका अध्यक्ष विपिन गुरुङ प्रति रहेको बुझ्न सकिन्छ।

वुद्धि गुरुङ पक्षले सर्वोच्च अदालतको आदेश र मर्म बिपरित रहेको भनि विज्ञप्ति जारी गरि एकता महाधिवेशनमा सहभागिता जनाएको थिएन्।

वुद्धि गुरुङद्वारा पोस्ट गरिएको स्टाटस जस्तको तस्तै यहाँ राखिएको छ।

घोर ध्यानाकर्षण
नेपाल सरकारका माननीय राज्यमन्त्री अरुण कुमार चौधरी तथा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष श्री शेष घलेज्यू सहित विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा आयोजित सार्वजनिक कार्यक्रममा, विधिसम्मत रूपमा आफ्ना एजेन्डा तथा कार्यक्रमका विषयमा सम्बोधन गर्नुपर्नेमा, अत्यन्तै दुर्भाग्यपूर्ण ढंगले सार्वजनिक मञ्चबाट महामहिम राजदूतसहित मलाई लक्षित गर्दै तुच्छ, अमर्यादित र आपत्तिजनक भाषा प्रयोग गरिएको घटनाप्रति म गम्भीर आपत्ति प्रकट गर्दछु।
यस प्रकारको व्यवहार केवल व्यक्तिगत सम्मानमाथिको गम्भीर आघात मात्र नभई सम्पूर्ण संस्थागत मर्यादा र प्रवासी नेपाली समाजको गरिमा माथिको कुठाराघात पनि हो। म यस घटनाको घोर भर्त्सना गर्दछु र भविष्यमा यस्ता खालका गैर-जिम्मेवार अभिव्यक्तिबाट परहेज गर्न सम्बन्धित पक्षहरूलाई अनुरोध गर्दछु।

म बारम्बार स्पष्ट रूपमा भन्ने गर्छु कि मेरो कसैसँग व्यक्तिगत दुश्मनी वा वैमनस्यता छैन। म जहिल्यै सामाजिक तथा संस्थागत विषयहरूलाई सभ्य, जिम्मेवार र प्रक्रियागत ढंगबाट समाधान गर्नुपर्ने पक्षमा उभिएको छु। तर पछिल्ला दिनहरूमा जसरी बारम्बार नियोजित रूपमा व्यक्तिगत आक्षेप र मानमर्दनको प्रयास भइरहेका छन्, त्यसले न त संस्थाको भलो गर्छ, न त व्यक्तिगत मर्यादाको रक्षा।

त्यसमाथि, गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९औं महाधिवेशनमा एउटै निर्वाचन प्रक्रियामा होमिएर कोरियाबासी आम नेपाली दाजुभाइहरूले आफ्नो अमूल्य मत प्रयोग गरी मलाई विश्वास दिएका थिए, तर सोही निर्वाचनमा पराजित भएका ब्यक्ती आफैं टिका लगाई आफैंलाई अध्यक्ष घोषणा गर्नु, कुनै औपचारिक छलफल वा समझदारी विना सर्वोच्च अदालतको परमादेशको मर्म विपरित ‘एकता महाधिवेशन’ को नाटक मंचन गर्नु र त्यसकै आडमा गालीगलौज तथा चरित्र हत्या अभियान चलाउनु, सम्पूर्ण नेपाली समाजलाई विभाजित बनाउने नियोजित प्रयासको पुष्टि हो।

यदि यस्ता प्रकारका अवाञ्छित गतिविधिहरू तुरुन्त रोकिएनन् र सार्वजनिक रूपमा माफी नमागिए, म आफूलाई कानुनी बाटो रोज्न बाध्य हुने स्पष्ट जानकारी गराउन चाहन्छु।

सम्पूर्ण कोरियावासी नेपाली समुदायमा शान्ति, एकता र सहकार्यको सन्देश फैलोस् भन्ने मेरो सदा चाहना रहेको छ। तर, बुद्धि गुरुङ यस्ता अन्यायहरू सामु चुप लागेर बस्नेछैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ।

बुद्धि गुरुङ
अध्यक्ष, गैरआवासीय नेपाली संघ
दक्षिण कोरिया

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...