Advertisement
SKIP THIS

कोरियाबाट राहत कोषमा ६ करोड रुपैयां जम्मा


फोनिज कोरिया सम्वादद

सोल, सोलस्थित नेपाली राजदूताबासले दोश्रो चरणको आर्थिक सहयोग रकम नेपाल पठाएको छ । गत बैशाख १२ गते गएको भूकम्पबाट पीडित परिवारको सहयोगका लागि कोरियन सहयोगदाता र कोरियामा बिभिन्न पेशा र ब्यवसाय गरेर बसेका नेपालीहरुबाट प्राप्त ५ करोड १० लाख रुपैयां रुपैयां मंगलबार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको हो ।

दोश्रो चरणको रकम कोरियका सरकारी निकाय,नगरपालिका, उद्योग, परोकारी संस्था तथा समुदायबाट ४ करोड रुपैयां र नेपाली समुदायबाट १ करोड रुपैया दूतावासको ‘महाभूकम्प उद्धार राहत कोष’ मा पनि जम्मा भएको उपनियोग प्रमुख राजाराम बर्तौलले जनाए । कोरियन समुदायबाट आएको रकम मध्ये कोरिया हाइड्रो तथा न्युक्लियर कम्पनि १ करोड रुपैयाँ, कोरियन एक्जिम बैंकबाट ५० लाख, थेगुस्थित अवैतनिक कन्सुलर डा यूनको सकृयतामा संकलित ५० लाख र अन्यबाट २ करोड रुपैयां जम्मा भएको हो ।

बिनाशकारी भूकम्पबाट नेपाली धनजनको अकल्पनीय क्षति भएपछि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले उपनियोग प्रमुख बर्तौलाको संयोजकत्वमा ‘महाभूकम्प उद्धार राहत कोष’ स्थापना गरेका थिए ।

दूतावासले पहिलो चरणको सहयोग गत शुक्रबार १ करोड ८२ लाख रुपैयांसहित २ सय थान टेन्ट, पन्जा, ९ सय थान कम्बल,चाउचाउ, औषधि तथा अति आवश्यक ९ टन सामग्री प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको थियो । दूतावासले सहयोगदाताहरुको नाम र विवरण केहि दिनपछि राजदूतावासको वेब साईटमा अद्यावधि गरिने पनि जना एको छ ।

भूकम्प पीडितका सहयोगका लागि हाल पनि कोरियन नागरिक तथा विभिन्न पेशा, ब्यवशाय गरी बसेका नेपालीहरुबाट नगद तथा राहत सामाग्री प्राप्त हुने क्रम जारी रहेको जनाउदै दूतावासले यस दुखद र जटिल परिस्थितिमा सहयोग प्रदान गर्नु शुभेच्छुकहरुप्रति आभार प्रकट गरेको छ ।

त्यसै गरी वालवालिकाहरुको लागि पाश्चराईज्ड दूध करिव १७ टन, ग्वाङ्गजु ईन्स्टिच्यूट अफ साईन्स एण्ड टेक्नोलोजीबाट प्राप्त भएको १ सय थान स्मार्ट फोन र १० थान वाईपाई क्याथे प्यासिफिक एअरको सौजन्यमा काठमाण्डौ पठाउने प्रकृयामा रहेको दूतावासले मंगलबार जारि गरेको प्रेस बिज्ञप्तिमा जनाईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...