Advertisement
SKIP THIS

एनसिसिलाई निर्णय फिर्ता लिन जनजाती महासंघ कोरियाको दबाब


जीबी लामा
सोल – आदिबासी जनजाती महासंघ दक्षिण कोरियाले चुसक कार्यक्रम बाडफाडमा तामाङ संघमाथि भएको विभेदकारी निर्णयलाई फिर्ता लिन नेपाली सम्पर्क समिति ( एनसीसी) लाई दबाब दिएको छ ।

 

सोलको दोंगदेमुनमा जनजाती महासंघका अध्यक्ष चित्र बहादुर मोक्तानको अध्यक्षतामा बसेको ११ जातीय संगठनको प्रमुख सहितको बृहत भेलाले चुसक कार्यक्रम बाडफाडमा तामाङ् संघले साँस्कृतिक कार्यक्रम गर्न पाउनु पर्ने निर्णयलाई कार्यान्वयन गर्न एनसीसीलाई दबाब दिएको हो । साथै निर्णय फिर्ता नलिए एनसीसी संगको कार्यगत एकता तोडदै जनजाती महासंघमा आबद्ध जातीय संस्थाहरुलाई लिएर अगाडी बढ्ने चेतावनी दिएको छ ।

उक्त भेलामा ११ ओटा जातीय संस्थाका अध्यक्ष, प्रतिनिधि तथा सल्लाहकार हरुले एनसिसिको कार्यक्रम बाडफाड पछी उत्पन्न परिस्थितिको बारेमा छलफल गर्दै , महासंघलाई आगामी दिनमा कसरि अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा आ-आफनो धारणा राखेका थिए । सहभागी अधिकाँशले जनजाती माथिको यो अवहेलना सहेर बस्न नहुने बताउँदै एनसीसी संगको कार्यगत एकता तोड्दै सम्पूर्ण जातीय संगठनलाई लिएर अगाडी बढ्न नेतृत्वलाई दबाब दिएको छ । साथै तामाङ् संघको साँस्कृतिक कार्यक्रम भव्यताका सफल पार्न सम्पूर्ण जातीय संस्थाले भरपुर सहयोग गर्ने एक्यबद्धता जनाएका थिए ।

 

महासंघको बृहत भेलामा निबर्तमान अध्यक्ष भक्त सेरचन, सल्लाहकारहरु लक्ष्मी गुरुङ , जुनु गुरुङ , लोचन राई , अमृत राई लगाएत ११ ओटा जातीय संस्थाका अध्यक्षमा तमु धिका प्रदिप गुरुङ , मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगर,  किरांत याक्थुम चुम्लुंगअध्यक्ष सन्तोष लिम्बु , थकाली सेवा समाजका अध्यक्ष भरत तुलाचन , तामाङ् संघ कोरियाका अध्यक्ष उईना सिं तामाङ् , किरात राई यायोख्या उपाध्यक्ष बाल कृष्ण बान्तवा , छन्त्याल परिवारका अध्यक्ष अमर छन्त्याल , थारु कल्याणकारी सभाका सदस्य शिब शंकर थारु , भुजेल समाज कोरियाका सचिब भेषराज भुजेल , फोनिज कोरिया लगायत अन्य जातीय संगठनको प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...