Advertisement
SKIP THIS

कोरियामा एक नेपालीको मृत्य


सज्जनकुमार सिंह

सोल-६ बर्षअघि ईपियस मार्फत कोरिया आएर अवैधानिक रुपमा काम गर्दै आएका कास्की लेखनाथ १२ का ३५ बर्षिय भवीश्वर गुरुङको आइतबार बिहान ५ बजे निधन भएको छ ।

 

 

शनिवार साझ बाहिर घुम्न निस्केर राति कोठामा फर्किएका गुरुङ सुतेको केहिबेरमा श्वास प्रश्वासमा समस्या भएपछि ऊनिसंगै कार्यरत साथिहरुले अस्पताल पुर्याएका थिए ।अस्पताल पुर्याएको ३० मिनेटमा गुरुङको मृत्यु भएको अस्पताललाई उदृत गर्दै उनिसंगै कार्यरत सहकर्मि हेमराज पौडेलले बताए ।

 

आनसान स्थित छजाङ छङइल नामक गाडिको पार्ट बन्ने कम्पनिमा एक हप्ताअघि बाट काम गर्न सुरु गरेका थिए ।
१२ जना अन्य नेपाली समेत कार्यरत उक्त कम्पनी आएको एक हप्ता बित्न नपाउदै उनको ज्यान गएको हो । उनको मृत्युबारे प्रहरिले अनुसन्धान गरिरहेको छ । मृतक गुरुङ २००९ मा कोरिया आएका थिए । मृतककको १ छोरा, एक छोरि र श्रीमती रहेको पनि सहपाठि साथिले जानकारि दिए ।

 

आइतबार बिदाका कारण दुताबासमा पनि सम्पर्क गर्दा कुनै सम्पर्क हुन् सकेन | अबैधानिक कामदार भएकोले कम्पनि र उनलाई बोलाउने साथिलाई समेत समस्या पर्ने गरेको छ ।

 

केही दिनअघि मोटरसाइकल दुर्घटनामा मृत्युभएका एक जना अबैधानिक नेपाली कामदारको शब नेपाल पठाउन समस्या भएपछि यहाँ कार्यरत नेपाली संघसस्थाले सहयोग अभियान थालेका छन । अबैधानिक कामदार निधन भएमा कोरियन सरकार मृतकलाइ नेपाल पठाउन सहयोग गर्दैन । मृतकको शब पठाउन कोरियन एक करोड वन लाग्ने बताईन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...