बागलुङ सम्पर्क समितिले भलिबल प्रतियाेगिता र छुसकमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने


सौल –

सज्जन कुमार सिंह

बागलुङ सम्पर्क समिति दक्षिण काेरियाले जुलाईकाे पहिलाे हप्ता भलिबल प्रतियेागिता  र आउदो  छुसकमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेकाे छ । साथै भलिबल प्रतियाेगिताका साथमा  भाग्यशाली चिठ्ठा पनि राखिने भएको छ | अाईतबार बसेकाे समितिकाे वैठकले भलिबल खेललाई सभ्य भव्य तबरले संचालन गरि सफल पार्न जिम्मेवारी बाडफाड गरेकाे छ ।जसअनुसार हल ब्यवस्थापनमा सस्थाका बरिष्ठ  सल्लाहकार त्रेय तारा केसि,छानु चन्द र दिपक पुनलाई जिम्मेवारी दिईएकाे छ । भलिबल खेल ब्यवस्थापनका लागि समितिका खेलकुद संयाेजक छानु चन्दकाे संयाेजकत्वमा भलिबल प्रशिक्षक तथा सस्थाका बरिष्ठ उपाध्यक्ष भगवान छन्त्याल,भलिबल टिम क्याप्टेन तथा सस्थाका उपाध्यक्ष अर्जुन थापा, लाेकेन्द्र भट्टचन,दिपक गाैतम लाई जिम्मेवारी दिईएकाे छ । समग्र खेलकाे अफिसियल तर्फ सस्थाका अध्यक्ष याम श्रीस,सचिव सज्जन कुमार सिंह,सल्लाहकार राम प्रसाद शर्मा,बिदुर शर्मा ,काेषाध्यक्ष जगेन्द्र थापा,सह काेषाध्यक्ष तेजन मल्ल ,याम खत्रीलाइ जिम्मेवारी दिइएकाे छ । खाजा  ब्यवस्थापनमा सस्थाका बरिष्ठ सल्लाहकार नवीन काला,सहसचिव टीका नेपाली र सास्कृतिक बिभाग संयाेजक केवि पुनलाई जिम्मेवारी दिने निर्णय गरिएकाे छ । भलिबल खेलमा प्रथम  हुने टिमले १० लाख वोन ,दोर्सो हुनेले ७ लाख  वोन पाउने छन् | चिठ्ठामा पनि अाकर्षक पुरुस्कार राखिएकाे छ ।

सस्थाले छुसककाे दाेस्राे दिन सेप्टेम्बर १५ मा बृहत् सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेकाेछ  । बागलुङ जिल्लाका अति बिपन्न समुदायकाे शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने गरि कार्यक्रम अायाेजना गर्न लागिएकाेले काेरिया स्थित सबै सघसस्था र नेपालीलाई कार्यक्रम सफल पारिदिन सस्थाले अाग्रह गरेकाे छ । सन २००१ मा स्थापना भई काेरियामा सक्रिय रुपमा सामाजिक काम गर्दै अाएकाे बागलुङ सम्पर्क समितिले स्वदेशमा र बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाएकाे छ । यसबर्षकाे सास्कृतिक कार्यक्रम मार्फत उठ्ने रकम बाट बागलुङ क्षेत्र नम्बर २ मा शिक्षा र स्वास्थ्यमा सहयाेग गरिने सस्थाका अध्यक्ष याम श्रीसले जानकारि दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...