प्रणय गजल (सवाइ)
साँध मिची तिमी तिरै सरौं जस्तो लाग्यो
आज थोरै प्रेमका कुरा गरौं जस्तो लाग्यो
लजाए झैँ तिमी झनै लज्जावती बन्दा
सित बनी तप्प त्यतै झरौं जस्तो लाग्यो
यौबनकी काली गङ्गा छल्किएर बग्यौ
सङ्गै हात समाएर तरौं जस्तो लाग्यो
मेहन्दी छ हत्केलामा नारी रैछ खालि
किनी चुरा खाली ठाउँ भरौं जस्तो लाग्यो
सुर्य खत्री “घायल.