अबको दुई हप्तामा भद्रगोल दर्शकले हेर्न पाउनु हुन्छ – कुमार कट्टेल (जिग्री) हास्य कलाकार


शुरुमा मेरी बास्सैबाट अभिनय यात्रा थालेका कुमार कट्टेल ( जिग्री) पछिल्लो चरण छोटो समय चर्चित हुन् पुगेको नेपाली टेलिसिरियल भद्रगोलका मुख्य कलाकार हुन् | मेरी बास्सै पछि सिस्नु पानी झ्याम्म नामक टेलिसिरियलको १८ औ भागसम्म निर्माण गरे पनि बिचैमा विविध कारणले बन्द हुन् पुग्यो | त्यस पछि भद्रगोल निर्माण गरे पछि जिग्रीलाई पछि फर्केर हेर्नु परेको छैन | एक स्टेज कार्यक्रमको शिलशिलामा कोरिया आएको बखत फोनिजकोरियाका लागि निश्चल काउचाले कट्टेलसंग गरेको कुराकानी :-
अहिले केमा ब्यस्त हुनुहुन्छ ?

 

 

 

अहिले सिरियल बाहेक बिभिन्न ठाँउमा हुने मेला महोत्सव सहभागी भईराखेका छु |  फिल्मको  स्क्रिप्ट पनि बनाईराखेका छौ | त्यस बाहेक समाजसेवा लगायतका कामहरुमै ब्यस्त छु |
भद्रगोल बिचैमा बन्द भो के कारण होला ?

 

 

 

भद्रगोल बन्द भएको होईन | अहिले धेरैतिर सोधिने प्रश्न पनि यहि हो | रोकिएको मात्र हो | अलि लामो समयसम्म रोकिए पछि बन्द भो भन्ने बुझाई छ | बास्तवमा भद्रगोल रोकिएको हो | देशको विषम परिस्थिति भुकम्प , नाकाबन्दीले गर्दा उद्योग धन्दा , ब्यापार फस्टाउन सकेका छैनन् | यस कारण केहि समय रोकिएको हो |
त्यसो भए भद्रगोल अब कहिले देखि सुचारु हुन्छ ?

अब ढिलोमा दुई हप्ता | हामी कोरियाबाट फर्केको लगत्तै दर्शकहरुले पहिलेकै अवस्थामा भद्रगोल हेर्न पाउने हुनेछ |

 

 

 

नेपालमा हास्य कलाकार जिउन सक्ने अवस्था छ कि छैन ?

सिरियल मात्र खेलेर बाच्न एकदमै गाह्रो छ | यस्तै देश विदेश हुने स्टेज कार्यक्रम र मेला महोत्सवहरुमा जान सकेको खण्डमा सजिलो छ | सिर्जनशील कलाकार हुन् सकेमा त्यति गाह्रो छैन जस्तो लाग्छ |

 

 

 

शुरुमा मेरी बास्सैमा खेल्नु हुन्थ्यो पछि सिस्नु पानी झ्याम्म र भद्रगोलमा आउनु भो | मेरी बास्सै छोड्नुको कारण ?

 

 

 

मेरी बास्सै खेल्दा खेल्दै म स्कटल्याण्डमा पढन गए | त्यस पछि ग्यापिङ भयो | फर्केर आईसके पछि मेरी बास्सैमा खेलको भए म मेरी बास्सैको कलाकार हुन्थे होला या धुर्मुस मेरो दाई भएको कारण जिग्री आफ्नो दाईको कारण हास्य क्षेत्रमा आयो भनेर आरोप लाग्थ्यो होला | मलाई म पनि सक्षम छु | छुट्टै गरेर पनि स्थापित हुन् सक्छु भनेर प्रमाणित गर्नु थियो | यसर्थ मैले केहि साथीहरुसंग मिलेर भद्रगोल बनाएको हु  | सफल पनि भए |
नेपाली चलचित्रमा अफर आए अभिनय पनि गर्नु हुन्छकी?
बीचमा ४/५ वटा चलचित्रमा अफर आए | म सिरियलमा बिजी भए |  राम्रो स्क्रिप्ट र टिम भेटिए न अभिनय गर्ने हो |हाम्रो  भद्रगोल टिमले स्तरिय हास्य नेपाली चलचित्र बनाउदै छ | चाडै नै नेपाली दर्शक सामु हामीले हास्य फिल्म लिएर आउदैछौ |

 

 

 

तपाईहरुको  नयाँ फिल्म कहिलेसम्म दर्शकले हेर्न पाउछन ?
हामीले २०७३ सालको दशैँसम्म प्रदशन गर्ने गरि तयारि गरि रहेका छौ |
हास्य व्यंग क्षेत्रमा आउन चाहने युवा पिढीलाई के भन्नु हुन्छ ?

 

 

 

हास्य व्यंग क्षेत्र एकदमै फराकिलो क्षेत्र हो | यसमा धेरै अप्सन ढोकाहरु खुला छन् | हामीहरुले पनि धेरै स्ट्रगल गरेर आएका हौ | हामी भन्दा धेरै अग्रजहरु हुनुहुन्छ | उहाँहरुले बनाएको बाटोमा हिडेका हौ | तपाईहरु पनि आउनुस स्वागत छ तर सिकेर आफुलाई माझेर आउनुस हाम्रो सहयोग र सपोर्ट सधै रहने छ |

 

 

 

शुरुमा पाँडे र जिग्रिको जोडी कसरी बन्यो ?

 

 

 

हामीलाई भेटाई दिने कान्तिपुर हाप्ताहिक पत्रकार बिदुर खतिवडाजीले भेटाई दिनु भएको हो | उहाँलाई म सम्झिन चाहन्छु | त्यस पछि पाँडे र म मिलेर संगै मिलेर काम गरौ भन्यौ | पहिले सिस्नु पानी झ्याम्ममा संगै काम गर्यौ | अहिले भद्रगोलमा गरि राखेका छौ |

पहिले केही म्युजिक भिडियो पनि भयो तर पछिल्लो चरणमा अफर नआएर हो या व्यस्तताको कारण खेल्न छोड्नु भयो नी ?

पहिले केही म्युजिक भिडियो खेले | धेरैको के प्रतिक्रिया आयो भने धेरैतिर हात हाल्नु भो आफुलाई मेन्टेन गर्न जान्नु भएन भन्ने कुराहरु पनि आए मैले त्यसलाई मनन पनि गरे | मेरो व्यस्तता पनि बढ्यो अहिले नगर्ने नै भनेर बसेको छु | काम गरे पछि दर्शकहरु राम्रो प्रतिक्रिया आए त गर्ने हो | त्यसमाथि भद्रगोलमा स्क्रिप्ट लेख्नु पर्ने खेल्नु पनि पर्ने भएको कारण पनि समय दिन सकिन |

 

 

कोरियाको पहिलो प्रस्तुति कस्तो लाग्यो |

 

 

 

एकदमै खुसि लागेको छ | धेरै नेपाली दाजु भाई र दिदी बहिनीहरु आउनु भएको रहेछ | उहाँहरुले जुन सपोर्ट गर्नु भो माया गर्नु भो | विदेशमा बसेर पनि भद्रगोललाई यति धेरै माया गर्नु हुदो रहेछ हामीलाई खुसीको कुरा हो |
हास्य कलाकारलाई दर्शकलाई हसाउन कतिको गाह्रो हुन्छ ?

हास्य विधा भनेको एकदमै गाह्रो विधा हो | अभिनय विधामा नौवटा रस हुन्छन त्यस माथि यो हास्य विधा एकदमै गाह्रो विधा हो | सामुन्ने बसेको दर्शकलाई हसाउनु भनेको चानचुने कुरा होईन | त्यसको लागि तयारी दर्शकको मनस्थिति हेरेर अभिनय गर्नु पर्ने हुन्छ | कोही घुमाउरो पारामा व्यंग गर्दा बुझ्दैनन र हास्दैनन भने केही दर्शकहरु बौद्धिक दर्शकहरु पनि हुन्छन | हास्य कलाकारले कति म्यासेज दियो बनेर मुल्याङकन गरिराखेका हुन्छन | समग्रमा सबैलाई हसाउन पक्कै सजिलो छैन | यो च्यालेन्जको बिषय हो |
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

 

 

 

यो मेरो पहिलो कोरिया भ्रमण हो | विदेशमा बसेर पनि भद्रगोललाई माया गर्ने धेरै दर्शक हुनुहुदो रहेछ खुसि लाग्यो | भद्रगोललाई यसरी माया गरि दिनु होला | हेरेर प्रतिक्रिया दिनु होला | विदेशमा बसे पनि नेपाली कला सस्कृति नभुल्नु होला | सधै माया गर्नु होला भन्दै फोनिजकोरियालाई बिशेष धन्यवाद दिन चाहन्छु |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...